सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तस्बिरको तुजुक

तस्बिरको चेन हुन्छ । यसको पदसोपान हुन्छ । यो लिस्नो जस्तै हो । अझ भर्‍याङ् भने पनि हुन्छ । भर्‍याङ् सहितको तस्बिरले पनि तपाईंलाई छोएन भने हाम्लाई भन्नु केहि छैन । जय तस्बिर ! जय तस्विरको तुजुक !!

Nepal Telecom ad

शिवप्रसाद जैशी :

तस्बिर अर्थात फोटा । मानिसका फोटा । क्यामरा अर्थात तस्बिर खिच्ने यन्त्रले अर्को मानिसको सहायताले किचिक्क पारेर मानिसको आकृतिलाई दुरुस्त देखाउन गरिने काम । उहिलेको हेल्प आजकाल सेल्फ पनि हुन्छ । हेल्पको जमानमा रिलबाट धुलाएर एल्बममा सजाएर राखिन्थ्यो । आजकाल पनि त्यो पुरै मरी सकेको त छैन तर पहिलेको जस्तो शानसौकत त्यो हेल्पीको छैन । आफूलाई चाहिएको जस्तो आफै बनाउन मिल्ने सेल्फी अलि बढी मज्यातिलो छ आजभोलि । हेल्पीमा यन्त्र चालक प्रोफेसनल परेमा कम्ता गाह्रो हुँदैन । अलि माथि । दायाँ सर्नुहोस् बायाँ सर्नुहोस् । आँखा खोल्नु होस् । दात देखाउनु होस् । मन्द मुस्कानमा आउनुहोस् । चिज भन्नुहोस् । उताको यता यताको उता सर्नुहोस् । सानो ठुलो साँटिएर बस्नुहोस् । उभिनुहोस् । तपाईं अगाडि । तपाईं पछाडि । ठिक ठिक ठिक । अलि मिलेन टाउको सिधा गर्नु होस । ल रेडी। हुँदाहुँदा आँखाबाट पानी निस्किसक्छ । जिउ गलिसक्छ । किलिक्क हुँदैन । कम्ता गाह्रो हुन्छ । जे जसरी खिचे पनि उहिले दखाउने अहिले पोष्ट्याउने । काम उही कुरोको चुरो चाहिँ फरक । जमाना अनुसार तौरतरिका फरक हुने कुरालाई नकार्न मिलेन ।

सम्झनाको लागि खिचेर राखिने प्रमाण हो यो तस्बिर । आफूलाई आफैले हेर्ने माध्यम पनि । ज्यानको गवाह । ठाउँको साक्षी । परिस्थिथिले निर्धारण गरेको आकृति । ठुस्स परेको । हाँसेको । बैरागी भएको । उन्मुक्त तनाव रहित । तनाव युक्त । मुड अनुसार फरक । यो तस्बिर खिच्ने चलन नआउदासम्म मानिसले कहाँ देख्न पाए होलान् आफ्नो छाया कपि । यो अदभूत शक्ति आफ्नो तस्बिर आफैले हेर्ने र बेला बेलामा आफूमा आउने परिवर्तनको अवलोकन स्वयम आफैले गर्न सक्ने औजार, यन्त्र, माध्यम । दुब्लो, डल्लो, होचो, अग्लो के के परिवर्तन आउँछ ठ्याक्कै देखाउने छाया कपि अर्थात फोटो । उहिले उहिले फोटो खिच्ने क्यामराको उत्पति भन्दा अगाडि मानिसहरू काठ वा ढुङ्गामा मानिसको आकृति निकालेर राख्ने चलन हुँदो हो । कोहिकोही आफ्ना आफन्तको सम्झनामा अहिले पनि बनाउछन् । कसैले राम्रो काम गरे वापत समाजले त्यस्ता व्यक्तिहरूलाई अमर रहुन् भनेर शालिक निर्माण गर्न चलन छ । शासकहरूले आफ्नो प्रतिमा बनाउन लागाएर जयजयगान गराउछन् । मानिस न हो उसको दीक्षा र सदिक्षामा भर पर्छ । उसको मन र तुजुकमा भर पर्छ । उसले कहिलेकाहीँ आफ्नै तडित् देखाउन चाहन्छ । यो तस्बिर बडो गजबको चिज हो । यो आकृति हो । यो प्रकृति हो ।

आजकाल तलबी तस्बिर पनि हुन्छ भन्ने गाईगुईँ सुनिन्छ । तलबी तस्बिर एउटै मानिसको हुँदैन । एक जना जागिरदारले अरु थुप्रै महासेठहरूसंँग तस्बिर खिचेर पुलको काममा पनि तस्बिर आएका थुप्रै प्रमाणहरू उत्खनन् नगरिकनै सतहमै देखा परेका छन् र पर्दैछन् । प्रमाण साक्षी चिनोको रुपमा र अवस्था परिवर्तनको सूचकको रुपमा खिचिएका र राखिएका तस्बिर जस्तो तलबी तस्बिर हुँदैन । यो तस्विर स्वशान र अवसानका लागि त हुँदै हुँदैन । आफू जीवित हुदा हेर्ने स्वशान र आफ्नो शेषपछि आफ्ना सन्तानको सम्झनाका लागि राखिने अवसान तस्बिर भन्दा बिल्कुल पृथक हो तलबी तस्बिर । यसको अर्थ परशान अर्थात अरुलाई देखाउने शान हो ।

यो तस्बीर अलि अगाडि नै तस्बिर जमानमा गफमा पनि देखा पथ्र्यो । महाराजलाई भेट्न गएको सोध्नै परेन देख्ने बित्तिकै महाराजले चिनिबक्स्यो । महाराज बडो गजबको हुनुहुँदो रहेछ । मलाई दख्ने बित्तिकै मुस्कुराई बक्स्यो अनि उपरखुट्टी लगाएर अलिकति दाहिने पट्टी ढल्केर नलीले हुक्का तान्दै र हुक्काको आवाज निकाल्दै सोधिबक्स्यो र भनिबक्स्यो- के कति कामले आइपुग्यौ ? ल भन तिमीलाई पर्ने समस्या मबाट तिमीले खोजेको म गर्न तयार छु भनिबक्स्यो भन्दै सुल्पाको स्वाबी निचोर्दै स्वाट्ट एक सर्को तानेर माथि आकाशतिर धुँवा फ्याक्दै बेजोडको फुर्तिकासाथ देखा पथ्र्यो ।

तकदिरको कुरा हो बाबै तकदिरको कुरा । मेरो चिनामा नै लेखेको कुरा जो कोहीले कसरी पाउँछ महाराजको दर्शन । यस्तो तमक त्यो तस्बिर जमानामा भावमा देखा पथ्र्यो। मानिसको गोलो घेरामा सकेसम्म बढि मानिसको बगालमा प्रवचनको रुपमा यो देखा पथ्र्यो । यो नदीमा तैरिने डुङ्गा जस्तो ओल्लो छाल र पल्लो छाललाई मिलाएको अभिनय गरेर आफ्नो अर्थपूणर् काम फत्ते गथ्र्यो । यो तस्बिर अहिले पनि आगोको बिऊ राख्ने जस्तो पूणर्तया लोप भैसकेको छैन । बरु यसले नबिनतम तस्बिरको सहायको भूमिका निर्वाह गरेको पाइन्छ । यसो गर्दा डेमो राम्रो हुन्छ भन्ने भनाई प्रयोग कर्ताहरूको छ । तन्देरीहरूलाई दुरुत्साहित र परजीवीहरूलाई उत्साहित गर्न यसको भूमिका अनुकरणीय छ ।

धुलाउने जमानामा यो कोटको गोजीमा बस्न रुचाउँथ्यो । फ्याट्ट गोजीबाट निस्कन्थ्यो । सुटुक्क प्रभावित पार्नु पर्ने मनुवालाई देखा पथ्र्यो । मोलमोलाई हुन्थ्यो । जागिर पानीको कुरा हुन्थ्यो । गिभ एण्ड टेक । लिने दिने । द्रव्य, जिनिस वा यस्तै कुनै मनोरन्जन अथवा माग र आपूर्तिको नियम अनुसार चल्थ्यो ।

तस्बिरको उत्पति सरसम्पर्कका आधारमा हुन्छ । यो पुल हो । ठुला मानिस देख्यो । यसो मेसो मिलायो । सँगै उभियो क्लिक गर्‍र्यो । हेल्पी सेल्फी आवश्यकता अनुसार प्रयोग गर्‍यो । हेल्पी भन्दा सेल्फी छिटो छरितो भए पनि सकेसम्म पुरै भागको आवश्यकताले हेल्पी नै राम्रो मानिन्छ । यसमा लुगा लवाई, हेराई, टँसाई, बसाई र उठाईको आकारको बडो ठुलो भूमिका हुन्छ । आजकाल यो तस्बिर मोबाइलमा सेभ हुन्छ । औपचारिक तस्बिरभन्दा अनौपचारिक तस्बिरको भूमिका बढी हुन्छ । ओछ्यानमा खिचेको, हाम पाइण्ट लगाएर खिचेको, अँगालो हालेर खिचेको तस्बिर बढी भरपर्दो मानिन्छ । देखाउनेलाई विश्वास दिलाउन र देख्नेलाई विश्वास गर्न यो अनौपचारिक तस्बिर बढी दुबै पक्षको बीचको कडीको रुपममा देखा पर्छ ।

मानीयहरूसँग ताननीयहरूले खिच्ने । मन्त्रीसँग सन्त्रीले खिच्ने । आसेले पासेसँग खिच्ने । अनि त्यो तस्बिर लिएर खेतिपाती गर्ने गाईगोठालासँग बिऊ बिजन मिलाइदिने अलिखित भर्पाईको रुपमा देखाइन्छ । अलिअलि पढेका र धेरै पढेकासँग जागिरको रुपमा देखा पर्छ । अनि परदेश गएर कमाउने रमाउनेहरूसँग बैदेशिक रोजगार दाताको रुपमा देखा पर्छ । भन्छ- हर्नुहोस् म झुट हो ? म सत्य हो । नपत्याउने ? भन्दै तस्बिरको सहयोगी तन्त्र मानव देखा पर्छ । ब्रिफिङ् रि ब्रिफिङ् गर्छ । प्रमाण पेश गर्छ । सँगैको डमि मानवलाई देखाउँछ । उसले पनि तस्बिरको बखान राम्रै गर्छ । भन्छ- हजुर यो जमाना फोगटको होइन । यो जमानमा आफ्नै बलबुताले त इन्द्र, चन्द्र, सूर्यले पनि गर्न सक्दैन ।

म सक्छ भन्नु भ्रम हो । भ्रम पाल्ने भए हाम्रो भन्नु केहि छैन । ब्रम्हा, बिष्णु र महेश्वर त के तिनका जिजु बराजुले पनि सक्दैन । सक्ने भनेको यो तस्बिरले हो । यो दोस्तीको तस्बिर हो । यो दोस्तीभित्र ती हिन्दु धर्मका त्रिमूर्ति, बौद्ध धर्मका बुद्ध, मुस्लिमका अल्लाह र क्रिश्चियनका इसु कसैको केहि दाल गल्दैन । दाल गलाउने हो भने यो तस्बिर हेर्ने । बुझ्ने । अनि लेनदेना पक्का । तलमाथि यताउति कुनै कुरै छैन । मर्जी आफ्नो । हामी यता नभए उता । कति छन् कति । यस्तो अभावको जमानामा के को कमी ! बुझ्नु होस् । न पत्याए यो यो तस्बिर हेर्नु होस् । यो तस्बिर देश चलाउनेको तस्बिर हो । देश चलाए पनि खान त पर्‍यो नि ! खानाको पनि लिस्नो हुन्छ । तलदेखि माथिसम्म । भोकै बस्न मिल्दैन । सकिदैन । यो तस्बिरै भोक मार्न हो । यसले दोहोरो भोक मार्छ । देख्ने र देखाउने दुबैको । फाइदै फाइदा । विन विन ।

तस्बिरको चेन हुन्छ । यसको पदसोपान हुन्छ । यो लिस्नो जस्तै हो । अझ भर्‍याङ् भने पनि हुन्छ । भर्‍याङ् सहितको तस्बिरले पनि तपाईंलाई छोएन भने हाम्लाई भन्नु केहि छैन । जय तस्बिर ! जय तस्विरको तुजुक !!

०००
कैलाली, हाल- काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बैँसका बेबी

बैँसका बेबी

शिवप्रसाद जैशी
खान्छौँ त, जे बाँकी छ !

खान्छौँ त, जे बाँकी...

शिवप्रसाद जैशी
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी
विरासत

विरासत

अशोककुमार शिवा
सम्झौता

सम्झौता

श्रीप्रसाद पाेखरेल