साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो, म गद्दार हुँ

आऊ मलाई समाऊ ए सभ्य मानव म मेरा गलतीहरू स्वीकार्न चाहन्छु देऊ दण्ड मलाई देशद्रोहको देऊ फाँसी मलाई किन कि हो, म देशको गद्दार हुँ ।

Nepal Telecom ad

प्रेम नेउपाने प्रहर :

स्वाभिमानी देशको स्वावलम्बीय कदमहरूमा
उट्पटाङ्गका कुरा तेस्र्याएर
जनमानसमा व्यर्थका अफवाह फैलाउने
हो, म देशको गद्दार हुँ ।

भलबाड़ी हावा हुरी भूकम्प
अनेकौँ प्राकृतिक प्रकोपहरू
जिउने अनेक रहर भएर पनि
अकाल मृत्यु भएका ती निर्दोष
बेवारिस लाशहरू
हाहाकार र चित्कारले गुञ्जायमान आकाश
यसबेला प्राप्त हुने सरकारी राहत
अनेक बहानाले सुटुक्क गरि
आफ्नै भण्डार भरेर
जन मानसमा अन्योलता भरेर
आफू नुनको सोझो हुन खोज्ने
हो, म देशको गद्दार हुँ ।

सिमानामा हरदम खटिरहने
देखिरहन्छु म सिपाहीहरू
मेरै एक रातको मीठा सपना दिलाउनेहरू
मेरै निम्ति छातीमा
गोली खाएर
शहीद बन्दछन्
अनि म उनै वीर सिपाहीका परिवारमा
अधिकारका कुरा गर्दै
उनीहरूकै अधिकार हनन गर्न खोज्ने
हो, म देशको गद्दार हुँ ।

मेरा देशका कतिपय गुप्ती कुराहरू
गोप्य योजना र महत्वपूणर् कदमहरू
म मेरो सानो झोपड़ीभित्र
‘अन्तरजाल’का तानाबाना मिलाउँदै
सामाजिक सञ्जाल माध्यम बनाउँदै
देश विदेश भरी साझा गरि
म मेरै देशको अस्तित्वसँग खेलवाड गर्दै
म बदनाम गर्न लागिपरेको
हो, म देशको गद्दार हुँ ।

पहाड़ पाखा र कन्दरादेखि बग्दै बग्दै
हिमालहरूको हार बनेर
सजिएका सुन्दर यी खोला नाला झरना र नदीहरू
यी वन्य सम्पदाहरू
म रम्न सकिन यो सुवाषित सौन्दर्यमा
यसैले त नित्य म बाँध हालेर
यो निर्मल चञ्चल जल परिधिलाई
सधंै धमिल्याउन चाहने
हो, म देशको गद्दार हुँ ।

मेरा बाबाले देखाउनुभएका
पसीनाको मूल्य अनि
आमाले सिकाउनु भएको
संस्कारलाई पर पन्साएर
भौतिक सुख सम्पदामा रम्न हिँड्दै
पश्चिमी सभ्यता अपनाएर
मेरा पौराणिक मान्यतालाई
उपहास गर्ने म
हो, म देशको गद्दार हुँ ।

आऊ मलाई समाऊ
ए सभ्य मानव
म मेरा गलतीहरू स्वीकार्न चाहन्छु
देऊ दण्ड मलाई देशद्रोहको
देऊ फाँसी मलाई
किन कि
हो, म देशको गद्दार हुँ ।

०००
रुम्तेक, सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिउँदो लाश

जिउँदो लाश

प्रेम नेउपाने प्रहर
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x