साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिउँदो लाश

न उ बाँचेको सार छ न म बाँचेको सार छ न हामी बाँचेको सार छ । अब कान कानमा शंख बजाइरहुन् मच्छरहरू घण्ट बजाइरहुन् झ्याउँकिरीहरू यो सुनसान देशमा ।

Nepal Telecom ad

प्रेम नेउपाने प्रहर :

सपना उड्यो अनन्तमा
विपना रुमल्लियो एकान्तमा
दोबाटोमा अल्झिए यी पाइलाहरू
लक्ष्यविहिन यात्री बनेको छु यसघडी
चेतनाशुन्य मष्तिष्क लिएर
मान्छे जस्तै बनेको छु
मरेर बाँच्न होइन
बाँचेर मर्नलाई
म जिउँदो छु
घोप्ट्याएर
थोरै रहेको आशाको गाग्री
लावारिस म हिंडि़रहेको छु
दुनियाँ हिंड्न छोड़ेको
विरानो गल्लीमा
एक्लै एक्लै
फगत एक्लै ।
सिमसार र खोल्सा सुकेका छन्
यहाँ हिउँद लागेको छ
एकहुल काकाकुल कराइरहेछन् जिन्दगीको प्यास मेटाउन
क्षतविक्षत बनेको गाउँमा
मिसाइल र बमले खण्डहर
बनेपछि एउटा अलौकिक शहर ।
म स्वर्ग ठान्थेँ
आफू हुर्केको पाखा
जहाँ पत्थर जस्तै मुटु पाल्ने
राक्षसको राज रहेछ
मेरो जस्तै मुखौटो धारण गरी
रक्त पिपासुहरूको।
भो, अब आकाश चर्किए हुन्छ
अब धरती च्यातिए हुन्छ
मुल सड़कमा सिनो खोज्दै
गिद्धहरू घुम्न थालेपछि
न उ बाँचेको सार छ
न म बाँचेको सार छ
न हामी बाँचेको सार छ ।
अब कान कानमा
शंख बजाइरहुन् मच्छरहरू
घण्ट बजाइरहुन् झ्याउँकिरीहरू
यो सुनसान देशमा ।

०००
रुम्तेक, सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हो, म गद्दार हुँ

हो, म गद्दार हुँ

प्रेम नेउपाने प्रहर
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x