चेतनाथ धमलादुर्वासै दुर्वासा
आफनै यात्राको सुनौलो जग भत्काउन आफ्नै घरमा आगो लगाएर युवा ताप्नु र खरानी दल्न पनि दुर्वासाहरू पछि पर्दैनन् । सारा चिज जले पनि जलोस्, रित्तिए पनि रित्तियोस् तर पदमा टासिरहने माड लागिरहोस्, यो नै दुर्वासाको मति हो ।

चेतनाथ धमला :
दुर्वासा कति कति । तिनको रङ र भ्वाङ त्यतिकै ।
दुर्वासाका अध्यायहरू बुझी साध्य छैन । प्राचीन या आधनिक दुर्वासाको जिन्दगीमा रिस, आवेग र क्रोधको फाँकीले प्रत्येक ढुकढुकीहरू चिरिँदै आएका छन् ।
फरक यति हो- ऋषि दुर्वासा आसन बस्दथे, ध्यानमग्न हुन्थे । जसले बाधा पुर्याउँछ, त्यसलाई सरापले खुत्रुक्कै खसाल्दथे । तिनको सरापको विनिमय लाससँगै हुन्थ्यो, बस । त्यो क्रोध स्वचालित बन्दुकभै हुन्थ्यो । अहिलेका दुर्वासाहरू क्षणक्षणमा रङ्ग बदल्छन्, करुणा र स्नेहलाई आफ्नै खल्तीभित्र विराज गराउँछन् ।
आवेग, आक्रोश र कण्ठाको धन्दा चलाउँछन् । स्वार्थ नमिल्दा कैयौं पुस्ते न्वारानको बल निकाल्छन्, पानी बाराबार गर्छन् । गफमै वाकवाकी चुहाउँछन्, दुर्गन्ध फ्याल्छन् । तैपनि आफ्ना दुर्वाच्यहरू महानवाणी सम्झन्छन् र ठ्यास्स आसिन हुन्छन् । यो नै दुर्वासाहरूको काइदा हो ।
अचेल मञ्चीय माइकवाला दर्वासाहरू व्याप्त छन् । माइक नै भाँचिएला जस्तो गरी कैयन् झट्का मच्चिन्छन् । तिनको राग विराग र अतिरागले सगरमाथा नै लजाउन खोज्छ । तैपनि दुर्वासाहरू पेट बाउडिने गरी हसाउछन्, केके बोल्छन् बोल्छन् ? बोल्दा बोल्दै बतासिएर होसहवास गुमाउनु आधुनिक दुर्वासाहरू कर्तव्य ठान्छन् । जति झर्को लागे पनि, जति कान टट्ट्याए पनि बेप्रवाह हाँस्छन् । दुर्वाच्य छादका बाछिटाले भक्तजनका अनुहारलाई नै विरूप बनाइदिन्छ । ती अनुयायीहरूले ताली पिटिरहन्छन् र जिन्दावाद पनि भनिरहन्छन् । दुर्वासाका नियतिमा सल्किन र पल्किन भक्तहरूको आरती पनि गजबकै छ । घोर तपस्वी पौराणिक दुर्वासालाई रिसको आवेग नियन्त्रण गर्न दुबोको रस पियाउदै शीतल गराउनुपथ्यों, अनि शीताङ्ग हुन्थ्ये। आफ्नै कुलघरानामा आसीन हुन्थे। अहिलेका दुर्वासाहरूले लागुपदार्थ पिउँछन्, लट्ठ बन्छन्, लर्बरिन्छन् ।
त्रासदी कति कति । कतिखेर कोपर्ने हुन्, दार्ने हुन् । भित्रभित्रै कम्पित बन्नुपर्ने हुन्छ । अहिलेका दुर्वासाहरूलाई दुबोको रस होइन कि हरियो बिटा भए पुग्छ । अहिलेका दवासाहरू सर्वज्ञानी र ज्ञाता भन्न रुचाउछन् । छुनेबितिक्कै विज्ञताको स्वाङ रच्छन्। बेस्सरी थर्काउँछन्। आफ्नै घरको जा हल्लाउँछन् भत्काउँछन्। टुक्रा टुक्रा पार्छन् तैपनि बेस्सरी खित्का छोड्छन विजयोत्सवको उदघोष गर्छन् । जग हल्लिएको कुरा गर्नुहुन्न घाटी न्याक्स आइपुग्छन्, यस्तै टपरटुइयाहरूले नयाँ नयाँ दुर्वासा जन्माइरहेछन् । अपसोच । ती विषाक्त आवेगहरूलाई नै महान सद्गुरुका मन्त्र सम्झिन्छन् । अनि सबले आँखा नचिम्लिए घोक्याउन आउँछन् । यो नै आधुनिक दुर्वासाहरूको मूल मन्त्र हो ।
आश्चर्य । स्वार्थ नमिले फललाई काँडा देख्छन्, स्वार्थ मिले ढललाई अमृत देख्छन् । यस्तो विचित्र छ – अहिलेका दुर्वासाको जीवनयात्रा । दुर्वासाहरूले हरदम माटोको गफ दिन्छन्, त्यागको प्रपञ्च रच्छन् ।
त्यागी भन्न पनि छोड्दैनन् । अलि आफ्नो कुरा सकियो कि त पिँध फर्काएर जान्छन् र छर्छन् सन्नाटा । यो गजबको त्याग दुर्वासाहरूको दुर्वाच्यकोशमा अटेसमटेस हुने रहेछ । जब दुर्वासा लामबद्ध हुँदै चिच्याउन थाल्छन् तर ‘तितरीको मुख बैरी’ भनेझैँ अलिकति सरम बोल्छन्, धडधडी पोख्छन् । अरु त के भन्नु र ? दुर्वासाको गालीशास्त्र शक्तिशाली हुन्छ र त बेला न कुबेला मौकामा चौका हान्छन् । को आफन्त, को पराइ वास्तै छैन । दुर्वासनाहरू छादिरहन्छन्, यस्तै र्याल र स्याल हुईयाले दिनचर्या गुजार्छन् । चौघेरा आआफ्नै हुन्छन्, तिनका रङ्गीन सोच, तस्विर र मुखौटाहरू उस्तै उस्तै नालीजस्तै हुन्छन् ।
दुर्वासाहरूले डाडु पन्यु कदापि अरूलाई सुम्पिदैनन् । बडो तेजमान र गतिशील मनुष्य देख्छन् आफूलाई । अरूलाई नीच र निरीह देख्न तिनको सक्कली रूप हो । बच्चादेखि बाउसम्म लय र ताल एउटै भएन र कतै गोडा र बोली अल्मलियो भने बच्चा होस् कि बुद्ध ठहरै पार्छन् । पीडा, उत्पीडन र विभेद गरेरै शिखरगमन गर्नु तिनको धाम बनेको छ । सन्तान, समर्थक, झन्डा, संस्था र मर्यादा सब चिज गुमोस् मतलब छैन। तर पद र पैसा त्याग्नु तिनका लागि मरेतुल्य हुनु हो। पद विचित्रको आसन रहेछ। दुर्वासाका निम्ति त जीवनै हो ।
आफनै यात्राको सुनौलो जग भत्काउन आफ्नै घरमा आगो लगाएर युवा ताप्नु र खरानी दल्न पनि दुर्वासाहरू पछि पर्दैनन् । सारा चिज जले पनि जलोस्, रित्तिए पनि रित्तियोस् तर पदमा टासिरहने माड लागिरहोस्, यो नै दुर्वासाको मति हो । अचेल दुर्वासाहरू असङ्ख्य जन्मिरहेका छन् र किन उल्टो फर्किरहेछन् ? के दुर्वासै दुर्वासा जन्माउन यो वर्तमान अभिशप्त भएको हो त के दुर्वासाहरूको कोशमा सुन्दर बिहानी छैन कि क्या हो । दुर्वासासँग प्रगाढ आस्था गर्नु त हरियो साँपको मुखलाई सुम्सुम्याउनु जस्तै हो नि । दुध खुवाए पनि हरियो साँपले एक दिन डस्ने नै छ । रूपमा जे होस्, नियतिमा खोट अर्जाप्नु भनेको दुर्वासना फैलाउँदै उग्लिनु र पिक्का हुनु हो। यस्तै नियतिभित्रको दुर्वासा दूर हुँदै हुँदै जाओस् ।
०००
ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest








































