नीलहरि काफ्लेदशैँ सकिएपछि
देखासिखी उ गर्छ चाडमा, समाज सामु छ धाक गतिला छैनन् रे उभन्दा अरु खै, मै ठालु ठान्ने साख उधारो किनेको छदैछ खसी यो, सक्नु छ लुछी पख आत्तियो साहुजी घरमै आएछ, कसरी तिर्ने अब।।

निलहरि काफ्ले :
सकियो चाड यो आएर सधैँ झैँ, बोकाई ऋण दशैं
रित्तियो गोजी यो खाएर अनि त,कन्तुर खाली जसै
हौसियो उ पनि खर्चालु बनेर,ले ले म तिर्छु सब
आत्तियो साहुजी घरमै आएछ, कसरी तिर्ने अब।।१
बाँचिन्छ मरिन्छ पछिल्लो साल त, फुकाई ऐले नै मन
अफ्ठेरो पर्दछ सोचेन पहिल्यै, फल्दैन रुखमा धन
बनाई निन्याउरो मुखले आज उ, दिनु छ फिर्ता जब
आत्तियो साहुजी घरमै आएछ, कसरी तिर्ने अब।।२
देखासिखी उ गर्छ चाडमा, समाज सामु छ धाक
गतिला छैनन् रे उभन्दा अरु खै, मै ठालु ठान्ने साख
उधारो किनेको छदैछ खसी यो, सक्नु छ लुछी पख
आत्तियो साहुजी घरमै आएछ, कसरी तिर्ने अब।।३
खन्यायो दक्षिणा मनले खोलेर, आशिष त्यस्तै उस्तै
भोड्का छ वाइन छ बियर छदैछ, मासु र हड्डी चुस्दै
पत्यायो साहुले नाम यो काफी भो, उबेला बोली भव
आत्तियो साहुजी घरमै आएछ कसरी तिर्ने अब।।४
०००
Subscribe
Login
0 Comments
Oldest







































