साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैँ सकिएपछि

देखासिखी उ गर्छ चाडमा, समाज सामु छ धाक गतिला छैनन् रे उभन्दा अरु खै, मै ठालु ठान्ने साख उधारो किनेको छदैछ खसी यो, सक्नु छ लुछी पख आत्तियो साहुजी घरमै आएछ, कसरी तिर्ने अब।।

Nepal Telecom ad

निलहरि काफ्ले :

सकियो चाड यो आएर सधैँ झैँ, बोकाई ऋण दशैं
रित्तियो गोजी यो खाएर अनि त,कन्तुर खाली जसै
हौसियो उ पनि खर्चालु बनेर,ले ले म तिर्छु सब
आत्तियो साहुजी घरमै आएछ, कसरी तिर्ने अब।।१

बाँचिन्छ मरिन्छ पछिल्लो साल त, फुकाई ऐले नै मन
अफ्ठेरो पर्दछ सोचेन पहिल्यै, फल्दैन रुखमा धन
बनाई निन्याउरो मुखले आज उ, दिनु छ फिर्ता जब
आत्तियो साहुजी घरमै आएछ, कसरी तिर्ने अब।।२

देखासिखी उ गर्छ चाडमा, समाज सामु छ धाक
गतिला छैनन् रे उभन्दा अरु खै, मै ठालु ठान्ने साख
उधारो किनेको छदैछ खसी यो, सक्नु छ लुछी पख
आत्तियो साहुजी घरमै आएछ, कसरी तिर्ने अब।।३

खन्यायो दक्षिणा मनले खोलेर, आशिष त्यस्तै उस्तै
भोड्का छ वाइन छ बियर छदैछ, मासु र हड्डी चुस्दै
पत्यायो साहुले नाम यो काफी भो, उबेला बोली भव
आत्तियो साहुजी घरमै आएछ कसरी तिर्ने अब।।४

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x