देवी पन्थीभुटरस : राजनीतिको दसौँ रस
जो कमजोर हुन्छ उसैको पक्षमा तिर चलाउने प्रतिज्ञा गरेर पिपलको रुखमुनि उभिएका बर्बरिकलाई भोलिपल्ट उसके कुटीमा साधुको भेषमा गएर उसको शिर दानमा माग्न कपटपूर्ण खेल थियो ।

देवी पन्थी :
कुनै खास कारणले खुसी हुनु आनन्द हो भने विनाकारण खुसी मस्ती हो । आजको दिनमा अभिभावकहरू छोराछोरीबाट आनन्द प्राप्त प्रयासमा छन् भने छोराछोरीहरू मस्ती लिने प्रयासमा छन् । मकै, भटमास, चिउरा, दही, महीको होइन पिजा, बर्गर, मम, चाउचाउ, चाउमिनको करा गर्छन् । खेत, बारी, धान, चामल, ढिकी, जातोको कुरा हराइसक्यो । उनीहरूको रस, आनन्द, मस्ती अर्कै त्यस्तै यस्तैमा छन् । राजनीतिमा मन्त्री कालो धन कमाउनमा आफ्नो अख्तियारीको दुरुपयोग गरेर आनन्द लिइरहेका छन् भने मन्त्रीका छोराले गाँजा, भाङ, चुरोट, रक्सी र युवतीको बलात्कार गरेर मस्ती गरिरहेका छन् । बलात्कार उनीहरूको मस्ती हो । कतैकतै बलात्कृत हुनु पनि मस्ती हुनसक्छ । छोटा लुगा, नसुहाउँदो मेकअप, अभिभावकको आखा छलेर जथाभावी जहीँतहीँ घुमघाम त्यसको घोतक हो । हिजोको आनन्द र आजको मस्तीलाई दर्साउन काव्यमा नौ रसहरू सिर्जना गरिएका छन् । अहिले राजनीतिमा एउटा रस झूटरस थपिएर दश रस भएका छन् । यो नवीन रसमा बांकी नौ रसलाई विस्तारै छाडेर दसौँ रसमा अधिकांश साहित्यकारहरू पनि थपिँदै गइरहेका छन् ।
धेरैले पढेको जानेको एउटा वैदिक सूक्ति छ – रसौ वै सः अर्थात् ती जो परमात्मा हुन् तिनै आनन्द हुन्, रस हुन् ।
रस संस्कृत भाषाको ‘रस’ धातुमा ‘अ’ प्रत्यय गाँसिएर बनेको व्युत्पन्न शब्द हो । यसको व्युत्पत्तिगत अर्थ स्वाद ग्रहण गर्नु हो । रसका प्रायोगिक क्षेत्र विविध छन्, दार्शनिक सन्दर्भमा यसलाई विभिन्न पदार्थको गणका रूपमा प्रयोग गरिएको पाइन्छ, आयुर्वेदमा रसलाई अमिलो, पिरो, तीतो, टर्रो, गुलियो, नुनिलो आदि छ किसिमका स्वादका रूपमा चर्चा गरिन्छ । व्यावहारिक परिप्रेक्ष्यमा रुचि र सन्तुष्टिका सन्दर्भमा यसको प्रयोग हुन्छ भने खाद्यपदार्थका प्रसङ्गमा झोलिलो तरल पदार्थको द्योतन रसले गर्दछ । यी विभिन्न प्रायोगिक सन्दर्भमा रसको प्रयोग भए पनि यो विशेषतः साहित्यिक सन्दर्भमा बढी प्रयुक्त छ । साहित्यका विविध विधाका रचनामा कुनै एउटा रसको प्रयोग गरिन्छ । विरले एकभन्दा बढी रसको मिश्रण पाइन्छ तर आजको राजनीतिमा प्रायः सबै नौ रसको प्रयोगका साथै दसौ रस कटरसको सर्वत्र प्रयोग भएको पाइन्छ । यसले एउटा अर्को क्षेत्रको उत्पत्ति गरेको छ, त्यो हो सत्यमा राजनीति अर्थात् झुटसाहित्य । विगतको इतिहास हेर्ने हो भने विश्वमा साहित्यले राजनीतिलाई डोर्याएको पाइन्छ तर वर्तमान अवस्थामा राजनीतिले साहित्यलाई डोर्याएको छ । धेरै साहित्यकारहरू राजनीतिक न्यानो सिरकभित्र धमाधम छिरिरहेका पाइन्छन् । अहिले प्रायः सबै देशमा साहित्यकार सरकारको पक्ष र साहित्य सरकारको विपक्षमा छन् ।
साहित्यमा कलम चलाउनेहरूमध्ये हामी धेरैलाई ज्ञात भएकै करा हो- रस, छन्द, अलङ्कार, ध्वनि हाम्रो पूर्वीय काव्यशास्त्रका अनिवार्य तत्त्व हुन् । काव्यचिन्तनको पूर्वीय परम्परामा रस सिद्धान्त सर्वाधिक चर्चित र पुरानो सिद्धान्त मानिन्छ । रसका आधिकारिक र प्रामाणिक अधिष्ठाता भरतमुनि हुन् । उनले नाट्यशास्त्रको विवेचनाका क्रममा व्यक्त गरेको रससूत्र नै रस सिद्धान्तको आधारतत्त्व हो । श्रव्यकाव्य पढ्दा वा सुन्दा एवं दृश्यकाव्य हेर्दा वा सुन्दा जुन अलौकिक आनन्द प्राप्त हुन्छ, त्यसैलाई काव्यमा रस भन्ने गरिन्छ। रसद्वारा जुन भावको अनुभूति हुनपुग्छ त्यसलाई रसको स्थायी भाव भन्ने गरिन्छ। रसको अर्थ हो – निचोड, सारतत्त्व वा मुख्य भाव। काव्यमा जुन आनन्द प्राप्ति हुन्छ, वास्तवमा त्यही नै काव्यको रस हो । रम लौकिक नभएर अलौकिक वा आत्मिक हुन्छ । रस पूर्वानुभूति होइन, यो त तात्कालिक अनुभव हो । यद्यपि काव्य, नाटक वा सिनेमामा प्रस्तुत हुने विषयवस्तुको जानकारी पहिले नै हुनसक्छ, ज्ञात वा देखे-सुनेको हुनसक्छ तैपनि काव्य, नाटक वा सिनेमा हेर्दा केही नौलोपनको आभास र अनुभूति हुन्छ, नयाँ आस्वादनले पुराना अनुभूति हराउदै जान्छ, तात्कालिक अनुभति मात्र चरममा पुगेकै लाग्दछ । रसको यही अपूर्व रूप अप्रमेय र अनिर्वाचनीय मानिन्छ। रस काव्यको आत्मा हो र रसिलो वाक्य नै काव्य हो । रमणीय र आलङ्कारिक काव्यतत्त्वको अनुभूति भनेको मानव हृदयमा कुनै न कुनै भाव वा संवेदनालाई जागृत गराउन सक्दछ, त्यो नै रस हो । अर्को शब्दमा साहित्यबाट प्राप्त हुने मानसिक सन्तुष्टिको नाम नै रस हो । रस अन्तःकरणको त्यो शक्ति हो, जसका बलले इन्द्रियहरू क्रियाशील हुन्छन्, मनले कल्पना गर्दछ, स्वप्नका अनुभूति स्मृतमा जीवन्त हुन्छन् । रस आनन्दको प्रत्याभूति हो र यही आनन्द नै विराटपनको अनुभव हो । यो आनन्द नै अन्य समस्त अनुभवको अतिक्रमण पनि हो । रसका रूपमा जुन वस्तुको निष्पत्ति हुन्छ, त्यही वास्तवमा भाव हो । रसानुभूति भएपछि भाव रहदैन, केवल रस मात्र शेष रहन्छ, भावना रूपान्तरित हुन्छ ।
साहित्यमा शास्त्रीय रूपमा रसको विवेचना गर्ने प्रथम आचार्य भरतमुनि (ईसाको दोस्रो शताब्दी) लाई मानिन्छ । उनले काव्यको आवश्यक तत्त्वका रूपमा रसको प्रतिष्ठा गर्दै श्रृङ्गार, हास्य, रौद्र, करुण, वीर, अद बीभत्स र भयानक आदि आठओटा भेदलाई स्पष्टतः उल्लेख गरेका छन् । पछि उनैले शान्त नामक नवौ रसलाई पनि स्वीकृति दिए । यिनै हुन् नवरस । रसका चारओटा अङ्ग मानिन्छन् स्थायीभाव, विभाव, अनुभाव सञ्चारीभाव । प्रत्येक रसको स्थायी भाव बेग्लाबेग्लै छ । श्रृङ्गारका स्थायी भाव रति, हास्यको स्थायी भाव हास, रौद्रको स्थायी भाव क्रोध, करण स्थायी भाव शोक, वीरको स्थायी भाव उत्साह, अद्भुतको स्थायी मा विस्मय, बीभत्सको स्थायी भाव जुगुप्सा, भयानकको स्थायी भाव भय तथा शान्तको स्थायी भाव सम मानिन्छ । भरतले आठओटा रसका देवता क्रमश विष्णु प्रमथ, रुद्र, यमराज, इन्द्र, ब्रह्मा, महाकाल तथा कालदेवलाई मानेका छन् र शान्त रसका देवता नारायण बताइन्छ । दसौ रस झुटरसको स्थायी भाव उत्तेजना र देवता कृष्णलाई मान्न सकिन्छ ।
श्रीकृष्णले गरेको छल या कपटपूणर् राजनीति धर्मको रक्षाका निम्ति थियो भनिएको छ । महाभारतको युद्धमा उनले गरेका पाँचओटा कपटका निम्ति उनी अहिलेसम्म आलोच्य छन् । पहिलो हो धनुवाणका सर्वश्रेष्ठ कलाकार भीमपुत्र बर्बरिकको छलपूर्ण हत्या । जो कमजोर हुन्छ उसैको पक्षमा तिर चलाउने प्रतिज्ञा गरेर पिपलको रुखमुनि उभिएका बर्बरिकलाई भोलिपल्ट उसके कुटीमा साधुको भेषमा गएर उसको शिर दानमा माग्न कपटपूर्ण खेल थियो । दोस्रो कपट थियो इन्द्रलाई साधुको भेषमा कणर्कोमा पठाएर दानवीर कणर्को कवच र कुण्डल दानमा माग्न लगाएर कणर्लाई कमजोर बनाउनु र कौरवपक्षलाई कपटपूणर् तरिकाले क्षीण बनाउनु । तेस्रो कपट भीष्मको हत्या । कृष्णले कपटपूणर् तरिकाले भीष्मको कमजोरी पत्ता लगाएपछि अन्ततः शिखण्डी खडा गरेर हतियार राखेर विश्राम गरेको बेला अर्जनद्वारा आक्रमण गराएर भीष्मको हत्या गर्छन् । भीष्मको कमजोरी त्यो थियो कि उनी कनै नपुंसक लिङ्गीसँग युद्ध गर्दैनथे, अर्थात् हतियार उठाउदैनथे ।
चौथो कपट थियो अश्वत्थामाको हत्याको गलत प्रचार । भीष्मको हत्यापछि द्रोण कौरव पक्षका सेनापति बनाइए। यसबाट पाण्डव हाने निश्चित भएपछि श्रीकृष्णले द्रोणपुत्र अश्वत्थामा युद्धमा मारिएको अफवाह फैलाए । द्रोण दुखित भएर भुइँमा लडे । हतियार फ्याकेको अवस्थामा कृष्णको इसारामा द्रौपदीका भाइ धृष्टद्युम्नले तरबारको धारले द्रोणको शिर उडाइदिएर मारे । पांची कपट थियो कणर्को हत्या । रथको चक्का खाल्डोमा फसेको अवस्थामा कणं निहत्था भएका थिए । यो अस्त्रहीन अवस्थाको मौका छोपी कृष्णको इसारामा अर्जुनले कणर्को हत्या गरे । श्रीकृष्णलाई गुरु मानेर विश्वका कैयौँ देशमा कुटरसले भरिएको साहित्यको प्रयोग राजनीतिमा गरियो । अमेरिकाबाट सन् १९६० मा सुरु गरिएको उत्तरआधुनिक साहित्य यसको बलियो उदाहरण हुन सक्दछ । यही रसको प्रयोग गरेर जुल्फीकर अलीभुट्टो, सद्दाम हुसेन (सपरिवार), राजीव गान्धी, इन्दिरा गान्धी, मदन भण्डारी, राजा वीरेन्द्र (सपरिवार) आदिको हत्या भएको हो । तसर्थ यो दसौँ रस खतरनाक रस हो । अहिले अनुसन्धानमा रहेको कोरोना महामारी पनि उत्तरआधुनिक सिद्धान्तअन्तर्गतको दसौँ रस हुन सक्दछ । अनुसन्धान जारी राखौँ । अस्तु !
०००
विराटनगर, मोरङ, प्रदेश नं. १, नेपाल
Subscribe
Login
0 Comments
Oldest







































