साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चेतनाको तह बुझ्न आर्यघाट जानु पर्छ

कतै मरेपछि पनि सताउँछ कि सोचेर त्यसैले राम्रोसँग डढाएर समिधा पखालेर पक्का पक्की बिदाबारी गरेर विचरा उनीहरू ढुक्क भएर फर्कन्छन् ।

Nepal Telecom ad

देवी पन्थी :

लास आइपुग्नु पूर्व
हतार-हतार मान्छे
मोटरसाइकल चलाएर
महङ्गो ट्याक्सी चढेर
या बस चढेर
तँछाडमछाड गर्दै
हतारिएर
आत्तिएर
आर्यघाट पुग्ने गर्छन्
तँ पहिलो
कि म
पहिलोको
प्रतिस्पर्धा गर्छन् ।

पहिलो हुने
होडबाजीमा
बागमतीको
पुलमाथि
लाममा
उभिएर
एकटक
आँखा बिछाएर
हेरिरहन्छ्न्
लासको बाटो !

यस्तैयस्तै
मानिसको
भीड बढ्दै जान्छ
शव दाहकले
मान्छेको
अनुहार र
उपस्थिति हेरेर
अन्दाज लगाउँछ
आइरहेको लास
नेताको हो !
सामन्तको हो
या
सन्तको हो !
समाजसेवीको हो !
पत्रकारको हो !
साहित्यकारको हो !
भ्रष्टको हो !
इमानीको हो
या
बेइमानको हो !

आजका मान्छेको
चेतना
अनौठो छ-
लासमाथि
राजनीति गर्छन्
लास पनि
धनी गरीब
राजा या रङ्क
नारी पुरुष
छुट्ट्याएर
व्यवहार गर्छन्
मानौ लासले
को आयो ?
को आएन ?
हेरिरहेको छ !
चिनिरहेको छ !

आर्यघाट पुगेको मान्छे
कि सुध्रिन्छ
कि बिग्रिन्छ
कि बौलाउँछ।

जिन्दगीको अर्थ
धनसम्पत्ति
आफन्त
साथीभाइ
छिमेकी
शत्रु मित्र
र आम मान्छेको
महत्त्व
बुझ्नु नबुझ्नु
उसको चेतनामा
भरपर्छ।

डढिरहेको लास
उडिरहेको धुवाँ
बगिरहेको पानी
जलिरहेको दाउरा
रोइरहेका आफन्त
बगिरहेका आँसु
चीत्कार
क्रन्दन
आफैंमा
एउटा बृहत्
ग्रन्थ बनेर
पाना पाना
पल्टिरहेको हुन्छ
जीवनको दर्शन
बुझाउँदै
पढाउंँदै
घोकाउँदै
सिकाउँदै !

इमानी
सत्यवादी
पत्रकार
साहित्यकार
किसान
हली र
गरिबका मलामी
थोरै हुन्छन्
ढिलो आउँछन्
छिट्टै फर्किन्छ्न्- १

सामन्त
शोषक
भ्रष्ट
नेताका
मलामी
हतार गर्दै
छिट्टै आउँछन्
ढिलो फर्किन्छ्न् -२

यसको पनि कारण होला
सामन्त
शोषक
भ्रष्ट
नेताको
लास
मसान र
आत्मादेखि
पक्कै पनि
जनता डराउँछ्न्
कतै
मरेपछि पनि
सताउँछ कि सोचेर

त्यसैले
राम्रोसँग
डढाएर
समिधा पखालेर
पक्का पक्की
बिदाबारी गरेर
विचरा
उनीहरू
ढुक्क भएर
फर्कन्छन् ।

यस्तो छ…
आर्यघाट पुगेका
नेपाली मलामीको
चेतना स्तर !!!

०००
२०८२/११/०५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x