साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘प्राज्ञहरू साहित्यिक पत्रकारिताकै परिणाम हौँ’- भूपाल राई, कुलपति

प्रज्ञा-प्रतिष्ठानले साहित्यिक पत्रिका सहयोग कोषलाई निरन्तरता दिँदै नेपाली भाषा र नेपाली मातृभाषा साहित्यिक पत्रकारिताका विशिष्ट र वरिष्ठ दुई जना साहित्यिक पत्रकारलाई जनही राशि रू. पचास/पचास हजारसहित पुरस्कृत एवम् सम्मानित गर्ने निर्णय गरेको हो ।

Nepal Telecom ad

काठमाडौँ, ०८० असार १४ । साहित्यिक पत्रकारिता विगतदेखि आगतसम्म आफ्नै दुःखमा बाँचिरहेको छ । छापा/विद्युतीय साहित्यिक पत्रिका मूलधारको विज्ञापन र सहयोगबाट बञ्चितीकरणमा परेको छ । साहित्यिक पत्रिकाले अनेकौँ प्रावधान पूरा गरेर बल्ल प्राप्त गर्ने एउटा लोककल्याणकारी विज्ञापनलाई नै ठुलै उपलब्धि मान्नुपर्ने विवशतामा बाँचेका छौँ । भिखारीले झैँ हात पसारेर साहित्यिक पत्रकारिता गर्नुपर्ने नियत आफैँमा एउटा दुःख हो । झनै कोभिडपछि जिरो अवस्थामा पुग्न लागेको साहित्यिक पत्रिकाले जेनतेने जीवनमरणको दोसाँधबाट उठ्ने प्रयास गरिरहेको छ ।

यस प्रयासलाई टेवा दिने प्रत्यत्न नेपाल प्रज्ञा-प्रतिष्ठानले गरिरहेको छ, यो विधागत रूपमा सह्रानीय कार्य हो । प्रेस काउन्सिल नेपाल र विज्ञापन बोर्डले पनि साहित्यिक पत्रिकाको चहर्‍याइरहेको घाउमा मल्हमपट्टि लगाउँदै छ । यद्यपि यो प्रयत्न प्रशस्त छैन । एउटा पानीपट्टि मात्रै हो । साहित्यिक छापा/विद्युतीय साहित्यिक पत्रिका स्रष्टा उत्पादनशाला हुन् । आधुनिकता विज्ञान र प्रविधिको विकाससँगै आधिकारिक रूपमा दर्ता भई सञ्चालनमा रहेका अनलाइन साहित्यिक पत्रिकाले पनि सहयोग र विज्ञापन नीतिगत रूपमा पाउनु पर्छ/पाउने नै छन् । शङ्का/प्रतिशङ्का गरिरहनु जरुरी छैन ।

हामी समग्र साहित्यिक पत्रिकाको प्रवर्द्धनका लागि दत्तचित्त भएर लाग्ने छौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानबाट साहित्यिक पत्रिकाले २०६२ सालदेखि प्राप्त गर्दै आएको न्यून अनुदानलाई पनि रोक्ने रे, “रे”को भरमा वास्तविकता नबुझी अफबाह फैल्याउने अनुमानित भविष्यबेत्ता पनि देखिए, तिनमा सत्यता थिएन, बरू भ्रमहरूको उत्तेजना फैल्याउने निच र घृणित स्वार्थ थियो । एउटा अप्रिय झुट थियोे । अन्ततः त्यो झुट टिकेन । बरु जीवनमरणको दोसाँधमा पुग्न लागेको साहित्यिक पत्रकारितालाई न्यून भए पनि टेवा दिने उद्देश्यले प्रज्ञा-प्रतिष्ठानले अनुदानको निरन्तरतालाई कायमै राख्ने भयो, साख जोगायो ।

अरको तर्फ माननीय कुलपति भूपाल राईको नेतृत्वमा रहेको प्रज्ञा-प्रतिष्ठानले नेपाली भाषा, साहित्यिक पत्रकारिता र नेपाली मातृभाषा साहित्यिक पत्रकारिता क्षेत्रका २ वटा पुरस्कार स्थापना गरेको छ । यो पुरस्कार जनही ५०/५० हजार दिने गरी स्थापना भएको छ । यी दुवै प्रयत्नबाट हामी अनुगृहीत हुनुपर्दछ । प्रतिष्ठानले साहित्यिक पत्रकारितालाई प्रोत्साहित गर्नु सह्रानीय कार्य हो । अरू सरकारी कार्यालय, तिनै तहका पालिका सरकारहरूले पनि प्रज्ञा-प्रतिष्ठानले जस्तै उदार मनोभावना राख्नु अनिवार्य छ ।

हाम्रो क्षेत्राधिकारको गणितीय दृष्टिकोणभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल र विज्ञापन बोर्ड नै हुन् । यद्यपि यिनीहरूको प्रयत्न भने एकपाइलो हिँडेकाहरूलाई अघि बढ्न धकेल्नेमात्र हो, तीव्रगतिमा हिँड्नुपर्ने भने आफैँले हो । तसर्थ कुनै पनि मूल्यमा यी सहयोगलाई भुल्न सकिन्न तर दुःखसाथ भन्नुपर्छ, यो सहयोग पर्याप्त छैन । तर इतिहास बचाउँदै रुपान्तरणकारी साहित्यिक पत्रकारिता गर्नु छ । नयाँ जागरण र चेतना छर्नु छ । यी त आफ्नै कुरा भए,यद्यपि प्रज्ञा-प्रतिष्ठानले साहित्यिक पत्रकारितालाई जुन टेवा दिने प्रयास गरेको छ,

नेपाल साहित्यिक पत्रकार संघको १७ स्थापना दिवस समारोहलाई प्रमुख अतिथिको रुपमा संवोधन गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले “हामी नेपाल प्रज्ञा-प्रतिष्ठानका सम्पूणर् प्राज्ञहरू साहित्यिक पत्रकारिताकै परिणाम हौँ । यसैबाट फुलेका, फलेका र प्रस्फुटित भएका हौँ । तसर्थ, मेरो नेतृत्वको प्रज्ञा-प्रतिष्ठानले साहित्यिक पत्रिका सहयोग कोषलाई निरन्तरता दिँदै नेपाली भाषा र नेपाली मातृभाषा साहित्यिक पत्रकारिताका विशिष्ट र वरिष्ठ दुई जना साहित्यिक पत्रकारलाई जनही राशि रू. पचास/पचास हजारसहित पुरस्कृत एवम् सम्मानित गर्ने निर्णय गरेको हो । यसैगरी विद्युतीय साहित्यिक पत्रकारिताका बारेमा पनि के के प्रयत्न गर्न सकिन्छ, यसबारे पनि योजना बनाउने नै छौँ ।” भन्नुभयो ।

कुलपतिको यस भनाइले साहित्यिक पत्रकारितामा झन् नयाँ आशा पलाएको छ । यसबारेमा प्रेस काउन्सिलका पूर्व सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष रोचक घिमिरेले “प्रज्ञा-प्रतिष्ठानले साहित्यिक पत्रिकालाई दिँदै आएको अनुदान/सहयोगलाई निरन्तरता दिँदै साहित्यिक पत्रकारिताका विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत गर्ने निर्ण गरेकोमा यो आफैँमा महत्त्वपूर्ण कदम हो” भन्नुभयो ।

त्यसैगरी नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालले “प्रज्ञा-प्रतिष्ठानको वर्तमान नेतृत्वले साहित्यिक पत्रकारिताका प्रतिभाहरूलाई प्रोत्साहित गर्ने गरी पुरस्कार स्थापना गर्नु एउटा उपलब्धि हो । साथै, साहित्यिक पत्रिकाको अनुदान रोकियो रे भन्ने भ्रम फैल्याउने पनि छन् । तर विगतमा साहित्यिक पत्रिकाले प्राप्त गरेको अनुदानले पनि निरन्तरता पाउने भएको छ, यो सकारात्मक दृष्टिकोण हो” भन्नुभयो ।

यसै सन्दर्भमा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् फित्कौली डटकमका प्रधान सम्पादक नरनाथ लुइँटेलले “अबको दशक कागज विहिन पत्रकारितातिर उन्मुख भइरहेको र अनलाइन साहित्यिक पत्रपत्रिकाले पनि लोकप्रियता आर्जन गरिरहेको वर्तमान अवस्थामा सरकार, प्रज्ञा प्रतिष्ठान र राजकीय निकायहरूले प्रदान गर्ने सेवा सुविधा र प्रोत्साहन कार्यमा अनलाइन साहित्यिक पत्रपत्रिकालाई ‘इग्नोर’ नगर्न” आग्रह गर्नु भएको छ ।

त्यसर्थ चाहे प्रिन्ट होस् वा विद्युतीय, साहित्यिक पत्रकारिता, यसको उन्नयनमा हामी सबै जुटौँ । प्राज्ञिक पत्रकारिताको विकासमा सक्रिय रहौँ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x