साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गज्जबको- बेरोजगारीको रोजगारी

चौथो छोराले हिजै चङ्खेको चिया पसलमा राजनैतिक नियुक्ति पाएको छ चिया गफवादीहरूलाई आकर्षित गर्न- गज्जबको छ ऊ राजनैतिक व्याख्याकार ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

उहाँका छोरा चार,
छन् चारै बेरोजगार
तैपनि जान्नु भएको छ
मिलाउन व्यवहार।
कसैले सोध्दा भन्नुहुन्छ
उज्याउँदै जिब्रोमा धार ।

मेरो यो पहिलो छोरा
जग्गाको दलाल !!
ओहो दलाल किन भन्ने ?
ए ! बोल्न गल्ती भयो
गर्छ जग्गाको व्यापार ।

दोश्रो त तपाईं चिन्नु नै हुन्छ
निर्विवाद अहम्वादमा लागेको छ
कसैले भने नभने पनि
स्वघोषित प्रसिद्ध साहित्यकार ।

तेस्रो पत्रकार हुन नपाएपछि
पत्रु समाचार खोज्दै
कालो सेतो पार्ने नामूद
भएको छ अलपत्रुकार ।

चौथो छोराले हिजै
चङ्खेको चिया पसलमा
राजनैतिक नियुक्ति पाएको छ
चिया गफवादीहरूलाई
आकर्षित गर्न-
गज्जबको छ ऊ
राजनैतिक व्याख्याकार ।

मेरा छोराहरू जस्तै अब
नातिहरू पनि हुँदैछन्
हरेक क्षेत्रमा पस्न सक्ने गरी तैयार ।

सोध्न पाल्नु भयो
हार्दिक आभार ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x