साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे (श्रृङ्खलाबद्ध कविता- १०३)

जमात भ्रष्ट उग्रका, मिलेर लुट्न पल्किए । बनेर ठालु राष्ट्रको, कराल बन्न तम्सिए ॥ घमन्ड छुद्र कर्मले, विलाप छर्छ दानव । बनेन पूज्य ईशझैँ, दुसाध बन्छ मानव ॥

Nepal Telecom ad

के.पी. पौडेल :

चलेछ उग्र काण्डको, विशेष नाट्य ताण्डव ।
इमान धर्म बेचियो, विकार बोक्छ मानव ॥
जताततै दलालको, मिलेमतो भयो अब ।
ल देशको भँडारमा, रमेछ आज मानव ॥ -१

बढेछ आज रुग्णका, दशा व्यथा र क्रन्दन ।
छिमेकको प्रभावमा, परेर गर्छ शासन ।
ल दाजु भाइ लड्दछन्, विकास रोक्दछन् सब ।
कुतर्कको प्रभावमा, परेर नाच्छ मानव ॥ -२

असत्यको छ कल्पना, विभक्तको छ योजना ।
अनन्तको छ चाहना, गुमेछ सौम्य भावना ॥
दया विवेक सत्यता, कठै कता गयो सब ।
विचारले र तर्कले, चलेन आज मानव ॥ -३

ठुला ठुला अचम्मका, दशा व्यथा उमार्दछन् ।
ल भाइ भाइ लड्दछन्, गुहार माग्न व्यस्त छन् ॥
अखण्ड राष्ट्र वीरको, गुमेछ आज गौरव ।
हुँडार उल्लु कालझैँ, बनेछ आज मानव ॥ -४

कथा छ आज राष्ट्रमा, दशा व्यथा अभावको ।
दुसाध भ्रष्ट उग्रमा, छ दृष्टि त्यो खराबको ॥
ल साधु निम्न वर्गमा, कडा दशा बढ्यो अब ।
असभ्य दुष्ट भूतझैँ, हराम बन्छ मानव ॥ -५

जमात भ्रष्ट उग्रका, मिलेर लुट्न पल्किए ।
बनेर ठालु राष्ट्रको, कराल बन्न तम्सिए ॥
घमन्ड छुद्र कर्मले, विलाप छर्छ दानव ।
बनेन पूज्य ईशझैँ, दुसाध बन्छ मानव ॥ -६

०००
बट्टार,नुवाकोट, हालः- बालाजु,काठमाडौं
मोबाइल नं.- ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x