सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एउटा अविस्मरणीय साहित्यिक यात्रा 

विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्नुहुने नाटककार माधव पोख्रेलज्यूले आफ्नो मन्तव्य सहित एक कविता र एक गजल वाचन गर्दै कार्यक्रमको निरन्तरता रहोस् भन्दै शुभकामना व्यक्त गर्नु भो ।

Nepal Telecom ad
किशन पौडेल :
सबै यात्राहरू सहज हुँदैनन् तर कठिन यात्रा तय गरेपछि प्राप्त हुने गन्तव्य अत्यन्तै सुखद र सुन्दर हुन्छ ।

काभ्रेको सुदूर गाउँ, खानीखोलाको ताल ढुङ्गासम्मको हाम्रो साहित्यिक यात्रा अत्यन्तै रोचक र अविस्मरणीय हुन पुगेको छ । यात्रा सोचे जस्तो सहज थिएन तर नसोचेको खुसी मिलेको थियो । बाटो अत्यन्तै अप्ठ्यारो थियो । मान्छेहरू अत्यन्तै सरल र असल देखिन्थे ।

मकवानपुरको सदरमुकाम हेटौँडासँग काभ्रेको सुदूर गाउँ खानीखोलाको पुरानो सम्बन्ध हो। तीनताका खानीखोला- भोर्लेनी- हेटौंडा घोडाहरू मात्र चल्दथे र पैदल मार्ग मात्र थियो । भोर्लेनी दोभानको बागमती नदीमा पुल नहुनाले आजकल हेटौंडा भन्दा काठमाडौँ बनेपासँग खानीखोलाको निकट सम्बन्ध बिस्तार भएको रहेछ ।

आफ्नो गाउँमा पहिलो पटक साहित्यिक कार्यक्रम गर्ने सोच बनाउनु भएको रहेछ । अविरल साहित्य समाजका अध्यक्ष टीका अविरलजीले । तर कसरी सम्पन्न गर्ने भनेर उहाँ अन्योलमा हुनुहुन्थ्यो । हेटौँडामा साहित्य संस्थाहरू छन् भन्ने सुन्नु भएको रहेछ र सोध्दै खोज्दै हामीसँग जोडिन आइपुग्नु भएको थियो । उहाँको आग्रहलाई हामीले नकार्न सकेनौँ । बन्द कोठा र भव्य पार्टी प्यालेसमा हुने विविध साहित्यिक कार्यक्रमहरूमा त हामी सधैँ नै सहभागी हुँदै आएका थियौं र सम्पन्न पनि गर्दै आएका छौँ । दूर दराजमा पुगेर साहित्यिक कार्यक्रम गर्ने सोच आजकल साहित्य संस्थाहरूमा एकदम कम देखिन्छ ।

साहित्यिक कार्यक्रमलाई बन्द कोठाभित्र मात्र सीमित नराख्ने उद्देश्य राखेर मातृभूमि साहित्य समाज हेटौँडाको टिम त्यो गाउँमा साहित्यको सानो झिल्को बोकेर जान तयार भएको थियो ।

अध्यक्ष माधव पोख्रेलको नेतृत्वमा मातृभूमि साहित्य समाजका संस्थापकहरू देवराज खरेल, हयग्रीव आचार्य, राजबाबु पहाडी, कृष्णप्रसाद दाहाल, साथै हामी वैकुण्ठ लामिछाने, श्याम प्रसाद श्रेष्ठ र म किशन पौडेल, अविरल साहित्य संस्थाको आत्मीय निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै यात्राको लागि तयार भयौँ ।

असार ११ गते सोमबार बिहान ६ः१५ बजे नै हामी हेटौँडाबाट स्कार्पियोमा धरान- चतरा हाइवे हुँदै झुरझुरे तर्फ हानियौ । हामीलाई त्यहाँ पुग्न एक घण्टा पनि लागेन । हामी जानुपर्ने थियो खोला पारीको गाउँ हुँदै भोर्लेनी बजारबाट दोभान पारीको तालढुङ्गा ।

हाम्रो गाडी खोला पारी जान सकेन खोलामा पानी भरिएको थिए । हामीले हाम्रो स्कार्पियोलाई त्यही खोलावारि नै छोडी दियौँ र झोलुङ्गे पुल तरेर लाग्यौँ पारी । जसरी नि पुग्नुपर्ने थियो समयमा ।

हामीले नजिकै होला भन्ने सोचेर थोरै पैदल यात्राको अनुभव लिने विचार गरेका थियौँ। आकाशमा घाम चर्की रहेको थियो । हामी मिठो गफ गर्दै गन्तव्यको मुहान चियाउँदै लम्किरहेका थियौं । कोहि अगाडि थिए कोहि पछाडि थिए ।
घटौँको पैदल यात्रापछि पनि गन्तव्यको टुङ्गो थिएन । स्थानीय व्यक्तिहरूलाई हाम्रो एउटै जिज्ञासा हुन्थ्यो अब कति टाढा पर्छ भोर्लेनी भनेर सोध्यो जसले पनि अब आधा घण्टा लाग्छ भन्दथे । तर हामी दुई घण्टाको पैदल मार्ग पुरा गरिसकेका थियौँ । पसिनाले हामी निथ्रुक्क भैसकेका थियौँ । बाटोमा भेटिएका रमाइला दृश्यहरू मोबाइलमा कैद गर्दै लम्की नै रहेका थियौं ।
थकित हुँदै मैले संस्थाका अध्यक्षलाई फोन गरेँ –
“अध्यक्षज्यू हामी समयमा आइपुग्न नसक्ने भएका छौँ है।”
अध्यक्षज्यूले भरोसा दिँदै भन्नू भो –
“हामी दोभान पारि एम्बुलेन्स लिएर स्वागत गर्न बसेका छौँ हजुरहरूलाई । बागमतीमा पुल छैन हामी त्यहाँ आउन सक्दैनौँ हामीले हजुरहरूलाई बोक्न ट्याक्टर पठाइदिएका छौँ भन्नु भो ।

हिँड्दा हिँड्दा थाकी सकेका गोडाहरूले अब ट्याक्टर चढ्ने अवसर पाएको थियो । कोही अगाडि कोही पछाडि ट्याक्टरमा बस्यौँ । स्कार्पियोको स्वाद ट्याक्टरले कहाँ दिन्थ्यो र । हामी बुर्लुक बुर्लुक उफ्रिरहेका थियौँ । सकसपूणर् ट्याक्टरको एक घण्टाको यात्रापछि बल्ल हामीले दोभान भेट्यौँ । ट्याक्टर भाइलाई धन्यवाद दिँदै बागमतीको भिरालो किनार हुँदै दोभानमा रहेको झोलुङ्गे पुल तरेर पारि पुग्यौँ ।

हाम्रो प्रतीक्षामा एउटा एम्बुलेन्स र गाउँपालिकाको बुलेरो बसेको रहेछ । हामीलाई लिन साहित्यिक संस्थाका अध्यक्षज्यू आउनु भएको रहेछ । हामी अब बुलेरो र एम्बुलेन्समा चढेर लाग्यौँ तालढुङ्गा तर्फ । बाटो अत्यन्तै डरलाग्दो देखिन्थ्यो । ठाउँमा ठाउँमा फोरह्विल गियर लगाउदै कुशल चालक भाइले हामीलाई खानीखोला गाउँ आधा घण्टामै पुर्याई दिनु भो ।

खानीखोला गाउँ पालिकाका अध्यक्ष र स्थानीय जनप्रतिनिधिहरू हाम्रो स्वागत गर्न अधैर्य देखिनु हुन्थ्यो । घण्टी फूलको मालाले स्वागत गर्दै तातो दालभात तरकारीले सत्कार गर्नु भो ।

खाना खाएर कार्यक्रम सुरु गर्दा एक बजिसकेको थियो । माहौल अत्यन्तै आकर्षक देखिन्थ्यो । टाढा टाढाबाट साहित्यिक कार्यक्रम हेर्न र सुन्न आउनेहरूको भिड देखिन्थ्यो । साहित्य भनेको के हो ? यो साहित्य कार्यक्रम कस्तो हुन्छ ! धेरैमा यो जिज्ञासा देखिन्थ्यो ।

हेटौँडाका यति धेरै साहित्यिक मनहरूसँग आत्मीयता साट्न पाउँदा खानीखोला गाउँ पालिकाका अध्यक्ष
श्री इन्द्रबहादुर थिङ्ग (छिन्ताङ) अत्यन्तै हर्षित देखिनु हुन्थ्यो । उहाँले भन्नु हुन्थ्यो-
“यो हाम्रो गाउँ र यो हलभित्र साहित्यिक कार्यक्रम गरेको पहिलो पटक हो ।” उहाँ आफैँ साहित्यिक चेत भएको व्यक्तित्व हुनुहुँदो रहेछ ।

स्थानीय जनप्रतिनिधि गाउँलेहरूको आत्मीय सत्कारले हामी पनि अत्यन्तै हर्ष विभोर भएका थियौं । सबै थकानहरू हराइसकेको थियो । हामी अत्यन्तै खुसी साथ भरिभराउ हलभित्र खादा र मालाको आतिथ्य सत्कारले प्रफुल्ल भएका थियौं ।

प्रा.कृष्णप्रसाद दाहालले साहित्यिक मन्तव्य मार्फत साहित्यको बारेमा प्रकाश पार्दै अलिकति साहित्यको उज्यालो झिल्को फालिदिनु भो । अग्रज कवि मुक्तककार देवराज खरेलको छन्दयुक्त कविताले हल शान्त भयो । संस्थापक अध्यक्ष हयग्रीव आचार्यले मातृभूमि संस्थाले गाउँपालिकासँग समन्वय गरेर आगामी साहित्यिक कार्यक्रममा हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै दुई मुक्तकले हल गुञ्जायमान पारिदिनु भो ।

प्रा.राजबाबु पहाडी सरले मुक्तक र कविता वाचन गर्दै जनमनहरूलाई सम्बोधन गर्नु भो । कवि वैकुण्ठ लामिछानेले दमदार बिम्बयुक्त कविताले गणतन्त्र प्रति प्रश्न उठाउँदै शासकहरू प्रति प्रहार गर्दै गर्दा भरिभराउ हल एकदम सचेत देखिन्थ्यो स्थानीय शिक्षक शिक्षिकाहरू पनि सोचमग्न हुनु भएको देखिन्थ्यो । किशन पौडेलले भुईं मान्छेहरूका मुक्तक र स्थानीय ठाउँको पीडालाई सम्बोधन गर्दै गजल वाचन गर्दा तालीले हल गुन्जेको थियो । लघुकथाकार श्यामप्रसाद श्रेष्ठले अहिलेका राजनीतिक जनप्रतिनिधिहरूप्रति तीखो प्रहार गर्दै एउटा चोटिलो लघुकथा प्रस्तुत गर्नुभएको थियो ।
अन्त्यमा मातृभूमि साहित्य समाजका अध्यक्ष एवम् कार्यक्रममा विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्नुहुने नाटककार माधव पोख्रेलज्यूले आफ्नो मन्तव्य सहित एक कविता र एक गजल वाचन गर्दै कार्यक्रमको निरन्तरता रहोस् भन्दै शुभकामना व्यक्त गर्नु भो ।

स्थानीय बाल बालिकाहरू र शिक्षक शिक्षिकाहरूले पनि कार्यक्रममा जोडदार रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि इन्द्रबहादुर थिङ्ग हुनुहुन्थ्यो भने अविरल साहित्य समाजका अध्यक्ष टीका अविरलले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।

खादा, माला, खाजा, सम्मान पत्र ग्रहण गरेपछि हामीलाई हेटौंडा फर्किन हतार भैसकेको थियो ।
घडीको सुइँले ५ बजिसकेको सङ्केत दिइरहेको थियो । गाउँमा बस्नको लागि सबैको जोडदार आग्रह हुँदाहुँदै पनि हामीलाई फर्किनु पर्ने बाध्यता थियो । हामी बाटो सम्झेर आत्तिइरहेका थियौं । पुनः हाम्रो यात्रा एम्बुलेन्सबाट सुरु भएर ट्याक्टर हुँदै झुरझुरेमा हाम्रो प्रतीक्षामा बसेको स्कार्पियो सम्म आइपुग्दा रातीको ८ बजिसकेको थियो ।

मिठो आतिथ्यता र भव्य कार्यक्रमको लागि खानीखोलाका सम्पूणर् जनमनहरू प्रती हार्दिक आभार व्यक्त गर्दछौं । धन्यवाद ।

०००
हेटौँडा-४
२०८०/०३/१०
Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
सम्मानित आदेश

सम्मानित आदेश

किशन पाैडेल
आशक्ति

आशक्ति

किशन पाैडेल
सधैँ उस्तै छ

सधैँ उस्तै छ

किशन पाैडेल
योगदान

योगदान

किशन पाैडेल