साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आशक्ति

“सुत्ने बेलामा पनि मोबाइल अँठ्याएर सुत्नु पर्ने कस्तो कुलत बसेको, स्वास्थ्यको ख्याल गर्नु पर्दैन !” बुढीले फतफताउँदै मेरो हातबाट मोबाइल तान्दै रहिछन् ।

Nepal Telecom ad

किशन पौडेल :

“भन ! मनुवा तिम्रो अन्तिम इच्छा के छ ?
म तिमिलाई लिन यमलोकबाट आएको हुँ !”

– “हे ! यम, महाराज, मेरो यो मोबाइल पनि साथमा नै लिएर जान पाऊँ ।”
– “मोबाइल साथमा लिएर के गर्छौ र ? माथि वाई फाई छैन !”
– “म डाटा प्याकेज लिन्छु नि प्रभु !”
– “यमलोकमा दूरसञ्चारको टावरले काम गर्दैन मनुवा ।”

– “मोबाइल र वाई फाई बिना त यो आत्माले पनि शान्ति पाउँदैन प्रभु ! जिन्दगीभर टाँसिएर एक पल पनि साथ छोडेन, म एक्लै त कसरी बस्न सक्छु होला र धर्मराज !”

– “हे ! मूर्ख आसक्ति मान्छे, यो क्षणभङ्गुर जिन्दगीलाई तिमिले कहिल्यै बुझ्न सकेन छौँ । तिमीभित्र अज्ञानताको ठूलो खाडल रहेछ । हिँड म सँग, तिम्रो माथि जाने बेला भैसकेको छ । छोड् अब मोह ।”

“म कतै जान्न यम! मलाई यही मर्त्यलोक नै प्रिय छ छोड् मेरो हात !”
ऐया….!!
“सुत्ने बेलामा पनि मोबाइल अँठ्याएर सुत्नु पर्ने कस्तो कुलत बसेको, स्वास्थ्यको ख्याल गर्नु पर्दैन !”

बुढीले फतफताउँदै मेरो हातबाट मोबाइल तान्दै रहिछन् ।

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x