शेषमणि आचार्यकुरीकुरी !!
कोही हैन जो हिँजो साथमा थिए, निद्रामा म साथीहरूसँग थिएँ अहिले आँखा खुले म विपनामा त छु तर मेरो विपनाले नै मलाई गिज्याइरहेछ, भन्छ ढुक्कले मलाई कुरीकुरी !!

शेषमणि आचार्य :
लाज लाग्यो
कुरीकुरी
गर्दागर्दै !
मैले सोचेँ
अब यसको अन्त्य हुने भो !
मलाई आशा थियो
सहिदहरूसँग !
मलाई आशा थियो
पसिना बगाउनेहरूसँग,
मलाई आशा थियो
जीवनको सपना देखाउनेहरूसँग
मलाई विश्वास थियो
जडौरी लिनेहरूको काँचुली फेरिन्छ भनेर !
मेरो सपना थियो
आँखाहरू देदीप्यमान हुन्छन्, भनेर,
मलाई शङ्का रहेन
मेरो देशको काँचुली फेरिन्न भनेर !
यसैले मैले उठाएँ मुड्कीहरू
मैले उचालेँ राता झण्डाहरू !
मैले समाएँ दरिला हातहरू
मैले देखेँ सुनको सपना बिहानी स्पर्शमा,
जब म झल्याँस्स भएँ,
पूर्वेली घाम सेतो भइसकेछ
मलाई केवल सबै सपना लाग्यो
मेरो कल्पनामा कसको आँखा लागेछ
कोही हैन
जो हिँजो साथमा थिए,
निद्रामा म साथीहरूसँग थिएँ
अहिले आँखा खुले म विपनामा त छु
तर
मेरो विपनाले नै
मलाई
गिज्याइरहेछ,
भन्छ ढुक्कले
मलाई
कुरीकुरी !!
०००
२०८०/०३/२४
शुक्लागण्डकी, दुलेगाैँडा
Subscribe
Login
0 Comments
Oldest







































