साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरीकुरी !!

कोही हैन जो हिँजो साथमा थिए, निद्रामा म साथीहरूसँग थिएँ अहिले आँखा खुले म विपनामा त छु तर मेरो विपनाले नै मलाई गिज्याइरहेछ, भन्छ ढुक्कले मलाई कुरीकुरी !!

Nepal Telecom ad

शेषमणि आचार्य :

लाज लाग्यो
कुरीकुरी
गर्दागर्दै !
मैले सोचेँ
अब यसको अन्त्य हुने भो !
मलाई आशा थियो
सहिदहरूसँग !
मलाई आशा थियो
पसिना बगाउनेहरूसँग,
मलाई आशा थियो
जीवनको सपना देखाउनेहरूसँग
मलाई विश्वास थियो
जडौरी लिनेहरूको काँचुली फेरिन्छ भनेर !
मेरो सपना थियो
आँखाहरू देदीप्यमान हुन्छन्, भनेर,
मलाई शङ्का रहेन
मेरो देशको काँचुली फेरिन्न भनेर !
यसैले मैले उठाएँ मुड्कीहरू
मैले उचालेँ राता झण्डाहरू !
मैले समाएँ दरिला हातहरू
मैले देखेँ सुनको सपना बिहानी स्पर्शमा,
जब म झल्याँस्स भएँ,
पूर्वेली घाम सेतो भइसकेछ
मलाई केवल सबै सपना लाग्यो
मेरो कल्पनामा कसको आँखा लागेछ
कोही हैन
जो हिँजो साथमा थिए,
निद्रामा म साथीहरूसँग थिएँ
अहिले आँखा खुले म विपनामा त छु
तर
मेरो विपनाले नै
मलाई
गिज्याइरहेछ,
भन्छ ढुक्कले
मलाई
कुरीकुरी !!

०००

२०८०/०३/२४

शुक्लागण्डकी, दुलेगाैँडा  

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टाकर्ण

घण्टाकर्ण

शेषमणि आचार्य
यसपालि

यसपालि

शेषमणि आचार्य
खाइराइड

खाइराइड

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ३

ज्योतिषी बा- ३

शेषमणि आचार्य
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x