साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मगन्ते

“जे गर्छस् गर् तर तेरो हजुरबुबा चिहानबाट उठेर आए पनि तँ खोर नगई फर्कदैनस् ।” यसो भन्दै उसले बर्साती फुकाल्नासाथ मेरा आँखाले अद्भुत दृश्य देखे- सामुमा ट्राफिक ठिटो उभिएर कुटिल मुस्कान छरिरहेको थियोे ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

“हात्तीको ज्यान भएकाले नङ्ग्र्रा खियाउनुपर्छ; हात पसारेर जग हँसाइँ गर्नुहुन्न ।” मेरा सामु हात पसार्ने ठिटालाई मैले प्याच्चै भनिदिएँ ।

त्यसबेला सिमसिमे वर्षा भइरहेको थियोे । परपर वस्तीका घरहरू ठिङ्ग उभिएर रुझिरहेका थिए । पुरानो बर्साती लगाएर सडक किनारमा त्यो ठिटो खडा थियो । पुसे ठण्डामा थरथर काँपिरहेका उसको ओठले सिठ्ठी च्यापेको थियोे । त्यही सिठ्ठीको आवाजले म रोकिएको थिएँ ।

“गन्तव्यमा हिँडेका गाडी रोक्दै हात पसार्न लाज लाग्दैन ?” मेरो प्रश्न सुन्नासाथ उसले चाबी फुत्त थुत्यो । एक्कासी मेरो मोटरसाइकलको सास उड्यो । उसको अजङ्गको रूप देखेर मेरो अनुहार पनि रस निचरेको कागती भयो ।

“सडकमा धेरै मान्छे देखेँ तर तँजस्तो उल्लु देखिनँ ।” आक्रोशयुक्त उसको बोली सुनियो ।

मेरा हातगोडा धामी बस्न थाले । मनमा ढ्याङ्ग्रो बज्ने क्रम रोकिएन ।

लुटिन लागेको अनुभूत गर्दै हिम्मतले भनेँ- “चाबी दिने कि गुहार मागूँ ?”

“जे गर्छस् गर् तर तेरो हजुरबुबा चिहानबाट उठेर आए पनि तँ खोर नगई फर्कदैनस् ।” यसो भन्दै उसले बर्साती फुकाल्नासाथ मेरा आँखाले अद्भुत दृश्य देखे- सामुमा ट्राफिक ठिटो उभिएर कुटिल मुस्कान छरिरहेको थियोे ।

०००
२०८०-०३-१२
सिद्धार्थटोल, बेलुका-२, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x