सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बोकाले भन दाइँ हुन्छ कसरी ?

कोही जन्म लिएर यो मुलुकको आऊ न उद्धारमा खाँचो वीर सपूतको अझ भयो यो देश उद्धारमा ब्वाँसो झैँ सब देखिने गण यता कुर्सी समाते पछि बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

आफैंमा झगडा गरेर रथको पाङ्गो टुटाएपछि
खोलाखोल गरेर पोल तलका नाना उतारेपछि
नाङ्गो चल्दछ नाच यो सहरमा सत्ता नपाएपछि
बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।१

झुक्याई जनता लुटे मतहरू सप्ना सुनौला दिई
ऐना के अब जोडिइन्छ कलमा धागोहरूले सिई
आगो बल्दछ हर्हरी मुलुकमा भेडा कराएपछि
बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।२

आफू देव समान पूजित हुने गाडेर साथीहरू
माखो मार्न सकेन देश हितमा के गर्छ लाछी अरू
कालो भूत उठेर हिँड्दछ यता ठेक्का दिलाएपछि
बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।३

भन्थे क्रान्ति गरेर सभ्य युगको हाल्ने छु रेखीहरू
सारा देश विकासका सुपथमा खोल्नेछु झाँकी अरू
नेताले अलि धेर खोक्दछ यता चाला हराएपछि
बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।४

खोक्रो जर्जर देश भ्रष्ट पथका साथी मिले हेर ती
भेट्टायो कि लुटेर खान्छ जनको वास्ता कुनै छैन कि
मुर्कट्टासँग साथ गर्छ मुखिया कुर्सी समाएपछि
बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।५

होला देश विकास लौ अब भनी आशा गरेका थिए
होली वाइन जो पिएर मुनको पूजा गरेका थिए
कात्रोमा पनि खोल हाल्छ घुसको बौलाह मन्त्री कसी
बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।६

कोही जन्म लिएर यो मुलुकको आऊ न उद्धारमा
खाँचो वीर सपूतको अझ भयो यो देश उद्धारमा
ब्वाँसो झैँ सब देखिने गण यता कुर्सी समातेपछि
बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।७

०००
भरतपुर ५, चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भर्ना गरेर आएँ

भर्ना गरेर आएँ

घनश्याम रेग्मी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
पिता माता हुन् हाम्रा चेतना-प्रभा

पिता माता हुन् हाम्रा...

घनश्याम रेग्मी
गन्तव्य नै हराए

गन्तव्य नै हराए

घनश्याम रेग्मी
गणतन्त्र गीत

गणतन्त्र गीत

होम सुवेदी
आदर्श नेता

आदर्श नेता

हृषीकेश बराल
भिडहरू !

भिडहरू !

महादीप पाेखरेल
क्रूर ओढार

क्रूर ओढार

अनिल श्रेष्ठ
परिवेश

परिवेश

हेमराज पन्त