साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोकाले भन दाइँ हुन्छ कसरी ?

कोही जन्म लिएर यो मुलुकको आऊ न उद्धारमा खाँचो वीर सपूतको अझ भयो यो देश उद्धारमा ब्वाँसो झैँ सब देखिने गण यता कुर्सी समाते पछि बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

आफैंमा झगडा गरेर रथको पाङ्गो टुटाएपछि
खोलाखोल गरेर पोल तलका नाना उतारेपछि
नाङ्गो चल्दछ नाच यो सहरमा सत्ता नपाएपछि
बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।१

झुक्याई जनता लुटे मतहरू सप्ना सुनौला दिई
ऐना के अब जोडिइन्छ कलमा धागोहरूले सिई
आगो बल्दछ हर्हरी मुलुकमा भेडा कराएपछि
बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।२

आफू देव समान पूजित हुने गाडेर साथीहरू
माखो मार्न सकेन देश हितमा के गर्छ लाछी अरू
कालो भूत उठेर हिँड्दछ यता ठेक्का दिलाएपछि
बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।३

भन्थे क्रान्ति गरेर सभ्य युगको हाल्ने छु रेखीहरू
सारा देश विकासका सुपथमा खोल्नेछु झाँकी अरू
नेताले अलि धेर खोक्दछ यता चाला हराएपछि
बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।४

खोक्रो जर्जर देश भ्रष्ट पथका साथी मिले हेर ती
भेट्टायो कि लुटेर खान्छ जनको वास्ता कुनै छैन कि
मुर्कट्टासँग साथ गर्छ मुखिया कुर्सी समाएपछि
बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।५

होला देश विकास लौ अब भनी आशा गरेका थिए
होली वाइन जो पिएर मुनको पूजा गरेका थिए
कात्रोमा पनि खोल हाल्छ घुसको बौलाह मन्त्री कसी
बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।६

कोही जन्म लिएर यो मुलुकको आऊ न उद्धारमा
खाँचो वीर सपूतको अझ भयो यो देश उद्धारमा
ब्वाँसो झैँ सब देखिने गण यता कुर्सी समातेपछि
बोकाले भन दाइँ हुन्छ कसरी साँढे नपाएपछि ।७

०००
भरतपुर ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x