साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विसङ्गति

किनकि स्वामी जगतगुरुले हिन्दीमा प्रवचन दिए । तर पनि रुद्र पण्डित आक्रोशित छन् नातिले हिन्दी च्यानल हेरेर नेपाली बोल्न बिर्सियो ।

Nepal Telecom ad

रोहित दहाल :

श्यामप्रसाद मुसुक्क मुस्कुराउँछन्
किनकि
उनको छोराले विदेशमा जागिर पायो ।
श्यामप्रसाद खुसी छन्
किनकि
छोराले वेटर काम गरेर पैसा पठायो ।
श्यामप्रसाद काममा घिन र हीन हुन्न भन्छन्
किनकि
छोराले विदेशमा गाईको मासु पस्कियो ।
तर पनि श्यामप्रसाद क्रुद्ध हुँदै भन्छन्
देश त हिन्दू राष्ट्र नै हुनुपर्छ ।

राधाकुमारी सँगिनीसँग फुर्ति लाउँछिन्
किनकि
छोरीले अष्ट्रेलियाको नागरिकता पाई ।
राधाकुमारी गजक्क परेकी छिन्
किनकि
छोरीले यताको जग्गा बेचेर उतै पैसा लगी ।

राधाकुमारी सुख भन्दा ठाउँ ठुलो हुन्न भन्छिन्
किनकि
छोरीले उनलाई पनि उतै आउन भनी ।
तर पनि राधाकुमारी मुर्मुरिंदै भन्छिन्
नेताहरूले राष्ट्रियता समाप्त पारे ।

रुद्र पण्डित प्रसन्न छन्
किनकि
भारतबाट स्वामी जगतगुरु आए ।
रुद्र पण्डित पुलकित छन्
किनकि
स्वामी जगतगुरुले सुन्दर प्रवचन दिए ।

रुद्र पण्डित धर्ममा सन्देश भन्दा भाषा ठुलो हुन्न भन्छन्
किनकि
स्वामी जगतगुरुले हिन्दीमा प्रवचन दिए ।
तर पनि रुद्र पण्डित आक्रोशित छन्
नातिले हिन्दी च्यानल हेरेर नेपाली बोल्न बिर्सियो ।

०००
विराटनगर, मुनालपथ, मोरङ
हालः चाँगुनारायण न.पा.- २, दुवाकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x