साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ र हाम्रो कर्तव्य

सम्मान गर्नलाई हामी अगाडि बढ्दा होला अनन्त राम्रो नाता बुझेर गढ्दा हामी अवश्य हुन्छौं सम्पूर्ण वृद्ध भोलि घोच्ने असाध्य तीखा त्यागौँ असभ्य बोली ।

Nepal Telecom ad

बिन्दु दहाल ‘मूकदर्शक’ :

हुन् ज्येष्ठ श्रेष्ठ हाम्रा सम्पत्ति जान्नुपर्छ
विज्ञान ज्ञान दिन्छ्न् हुन् देव ठान्नुपर्छ ।
छर्छन् प्रकाश नौलो पार्छन् सबै उज्यालो
ती दिव्य ज्योति आभा सत्कर्मका दियालो ।

भोकै बसेर आफ्ना सन्तानलागि मर्छन्
ती वृद्ध ज्येष्ठ सारा कर्तव्य जे छ गर्छन्
हुन् गेहका छहारी माधुर्य प्रेम दिन्छन्
के गर्नुपर्छ मैले भन्ने रहस्य चिन्छन् ।

मानौं कि सूर्य जस्तै हाम्रो भविष्य नाता
जोडिन्छ ज्येष्ठमा हुन् पानी र अन्नदाता
सङ्कष्ट हर्न सक्ने दीक्षा समुच्च ज्ञान
इच्छा गरौं सबैले ती ज्येष्ठ छेउ जान ।

झारेर आँसु कोही रुन्छन् कि हेर्नुपर्छ
हाँसेर बाँच्न पाऊन् माया छ बेर्नुपर्छ
भोका अनाथ जस्तै आत्माविलाप गर्ने
कोही भए सघाऔँ सेवा छ यो नमर्ने ।

सम्मान गर्नलाई हामी अगाडि बढ्दा
होला अनन्त राम्रो नाता बुझेर गढ्दा
हामी अवश्य हुन्छौं सम्पूर्ण वृद्ध भोलि
घोच्ने असाध्य तीखा त्यागौँ असभ्य बोली ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x