साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि गोपालप्रसाद दाहालको ‘दोभान’ विमोचन

कवि लक्ष्मीप्रसाद निरौलाको प्रमुख आतिथ्य, पूर्व प्रदेश सभा सांसद अर्जुन राईको विशिष्ट आतिथ्य तथा प्रतिभा निकेतनका अध्यक्ष मेघनाथ तिमल्सिना, उर्लाबारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमी लगायतकाे समुपस्थितिमा विमाेचन कार्यक्रम सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

झापा, ०८० २ भदौ २ । दमक नगरपालिका- ५, निवासी पेसाले एक कुशल शिक्षक र सिर्जनाले कवि, गोपालप्रसाद दाहालको कविता विधाअन्तर्गत तेस्रो कृति ‘दोभान’ कविता सङ्ग्रहको विमोचन भएको छ । स्थानीय दीपेनी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रमलाई साहित्य कला सङ्गम, दमकले आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष कवि विष्णु नेउपानेको अध्यक्षता, कवि लक्ष्मीप्रसाद निरौलाको प्रमुख आतिथ्य, पूर्व प्रदेश सभा सांसद अर्जुन राईको विशिष्ट आतिथ्य तथा प्रतिभा निकेतनका अध्यक्ष मेघनाथ तिमल्सिना, उर्लाबारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमी, नवनासो साहित्य प्रतिष्ठान शिवसताक्षीका अध्यक्ष एवम् सञ्चारकर्मी दीलिप घिमिरे, काव्यनायक गोपालप्रसाद दाहाल, कवि उमानाथ भट्टराई, क्षितिज साहित्य प्रतिष्ठान विर्तामोडका उपाध्यक्ष दुर्गाप्रसाद सिग्ध्याल, शिवसताक्षी साहित्य कला सङ्गमका अध्यक्ष उमानाथ दाहाल, कवि एवम् गीतकार एनवी दाहाल नवीन, साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडका अध्यक्ष भगवती ढुङ्गेल, दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेम अधिकारी, दमक बहुमुखी सहकारी संस्थाका अध्यक्ष मोहन श्रेष्ठ, दोभानका कथ्य समीक्षक स्रष्टा शिव रेग्मी ’प्रणत’, आमन्त्रित स्रष्टाहरूमध्ये इलाम जिल्लाका शिक्षा क्षेत्रका पूर्व श्रोतव्यक्ति उपेन्द्रप्रसाद सापकोटा, सूर्योदय नगरपालिकाका छन्दोबद्ध कवि एवम् सञ्चारकर्मी नदी भट्टराई, कवि प्रतिमा क्षेत्री सिलिगुडी, कवि मोहन शर्मा- सिलिगुडी, नाट्यकर्मी जीवन गुरुङ- सिलिगुडी, कवि तारा फुयल, डुवर्स कालेङ्पोङ, हाल दमक निवासी नेपाली साङ्गीतिक आकाशका कालजयी गीतका स्रष्टा गायक एलपी जोशीलगायतका अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

मञ्चासिन अतिथिहरूलाई खादार्पण गरेपश्चात समूहबाट देशलाई सम्झने काम भयो राष्ट्रगान गाएर । त्यसैगरी उपस्थित महानुभावहरूलाई पुण्यप्रसाद ढकालद्वारा स्वागत गीत गाएर र कवि विन्दु दाहालबाट सम्भाषणको रूपमा सम्मान गर्दै प्रमुख अतिथिबाट तुलमा लेखिएका वाक्य पढी कार्यक्रमको घुम्टो खोलिएको थियो । स्रष्टा गोपालप्रसाद दाहालको तेस्रो कृतिका रूपमा प्रकाशित कृति दोभान कविता सङ्ग्र्रहको प्रमुख अतिथिलगायतले विमोचन गरेका थिए ।

कार्यक्रममा आजका काव्यस्रष्टालाई शुभकामना मन्तव्य र आमन्त्रित तथा स्थानीय स्रष्टाहरूबाट वैयक्तिक र विमोचित कृति दोभानका रचना वाचन गरिएको थियो । मूलतः सम्बन्धित व्यक्तिको कृतिभित्रबाट स्रष्टा गोपालप्रसाद दाहाललाई ऊर्जास्वरूप कविता वाचन गर्ने कविहरूमा हरि पराजुली- झापा, नदी भट्टराई इलाम, कृष्णप्रसाद काफ्ले- झापा, अम्बिका सापकोटा- झापा, बिन्दु दाहाल झापा, भगवती ढुङ्गेल- झापालगायत रहेका थिए ।

त्यसैगरी उमानाथ भट्टराई नेपाल र भारतबाट पाल्नुभएका सबै स्रष्टालगायतले शुभकामना दिनुभएको थियो । विभिन्न संस्थाका कार्यक्षेत्रको आधारमा र रचनावाचनका आधारमा स्थानीय तथा आमन्त्रित गरी जम्मा करिब तेह्र जनालाई संस्थाको लोगो अङ्कित मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम दिनको ठीक १२.०० बजे सुरु हुनु र बत्तीले पनि धोका दिनु एकै पटक भए पनि सहभागीहरूको धैर्य भने टुटेको पाइएन । त्यसैबिचमा छन्दोबद्ध कविता वाचनले पनि मन्त्रमुग्ध नपारेको होइन । सङ्ख्यात्मक र गुणात्मक दुवै पक्षबाट कार्यक्रम सफल भएको अनुभूति गरियो । यसमा स्थानीय तथा आमन्त्रित गरी करिब तीन दर्जन कविहरूको सहभागिता र सय भन्दा बढी अतिथि महानुभावहरूको उपस्थिति रहेको थियो ।

संस्थाको उपाध्क्ष बिन्दु दाहाल ‘मुकदर्शक’द्वारा स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारिएको कार्यक्रममा संस्थाको सचिवसमेत रहेका कवि एवम् गजलकार विवश वलिभद्र कोइरालाको सहजीकरण रहेको थियो ।

०००
-फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x