साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्धी पुराण

सम्धी भए आड भरोस हुन्छ छैनन् कसैका किन लुट्न पर्छ समात सम्धी बलियो गरेर सम्पन्नताको अब सूत्र हेर । ठेक्दार छोरो किन औसधी त्यो समात सेना र कमाउ थुप्रो कुरा दुई हुन्छ भनेर भन्छौ सम्धी समाती कति हिँड्न सक्छौ ?

Nepal Telecom ad

घनश्याम रेग्मी :

यता छ खाली सिट सम्धिनीको
सम्धी भए के पद छोड्न हुन्थ्यो
छोरा र छोरी अझ भर्न बाँकी
तेस्रो अझै नम्बर काकु काकी ।१

दो चार टङ्की अझ भर्न बाँकी
हुने कुरा हुन् छलछाम ढाँटी
सामान किन्दा पनि चाट हात
रोगादि आए पनि दिन्छ साथ।२

साला मिलेमा अझ पोष्ट खुल्छन्
बेकार मान्छे किन कुन्नि रुन्छन्
साली छ खाली पदमा नभाकी
आफ्नै छ साली घरमा नगाकी ।३

बाँचुन् मरुन् मत्लब कत्ति छैन
पैसा र सामर्थ्य न भै भएन
ईश्वर हो होइन भन्छ कस्ले
मान्छे मरे भो किन रुन्छ उस्ले ।४

गरीब भै बाँच्न भनेर आयौ
टपक्क छापा मतमा लगायौ
तिहाइ तिम्रो मतले दिएको
खोसेर तिम्रो कसले छ खाको ।५

त्रिपाल जस्ता अझ तान्न बाँकी
कात्रो किने मिल्छ निकै न फाँकी
ठेक्का र पट्टा अब मिल्न सक्छ
मुहानबाटै सब छिन्न पर्छ ।६

सम्धी भए आड भरोस हुन्छ
छैनन् कसैका किन लुट्न पर्छ
समात सम्धी बलियो गरेर
सम्पन्नताको अब सूत्र हेर ।७

ठेक्दार छोरो किन औसधी त्यो
समात सेना र कमाउ थुप्रो
कुरा दुई हुन्छ भनेर भन्छौ
सम्धी समाती कति हिँड्न सक्छौ ?८

०००
हाल : बैजनाथ -१, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x