साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अँध्याराेको खोजी

माग्दैन मान्छे निशिमा दवाई आवाज उच्चा कसिलो बनाई दे दे सधैं रात बना अँध्यारो हामी सबैको प्रीय रात कालो । श्रीकृष्णको जन्म भएर राति बोकी पुगाए अझ राति राति यस्तै अनौठा पल आउँथे कि नेपालमा रात उदाउँथे कि ?

Nepal Telecom ad

घनश्याम रेग्मी :

आयो बिहानी डर लाग्न थाल्यो
सन्त्रासले लाग्छ लघार्न थाल्यो
हिँड्छन् यता मानिस भीड गर्दै
मानौं समस्या बटबार गर्दै ।१

निस्कन्छ जो बाहिर आज मान्छे
पक्रेर लान्छे मुखमा घुसार्छे
बस्दो लुकी चाल कुनै न गर्दी
बाएर आँ आँ मुख घोर गर्दी ।२

सामान जम्मै दिनमा किनेर
ओसार्न पर्ने छिनमा लुकेर
देख्यो भने ठोक्छ पुगेर ताहीँ
नेपालका रक्षक भन्नु चाहिँ ।३

देखे उज्यालो मन थामिँदैन
दो चार गफ्फा नगरी भएन
हेरौं तमासा अब के हुने हो
खै ओखती क्यै यसको बने हो ।४

जात्रा र मेला सब मान्नुपर्ने
आफैं ठुला हौँ अझ भन्नुपर्ने
सिठ्ठी बजायो कुन हो नयाँ छ
डन्डा चलायो किन खै यहाँ त ?५

पारेर जम्मा सब पथ्थरादि
बर्साउने देख्छु जमात साथी
भो भो छिटै रात बना न दैव
सक्ने भए दे निशि लौ सदैव ।६

माग्दैन मान्छे निशिमा दवाई
आवाज उच्चा कसिलो बनाई
दे दे सधैं रात बना अँध्यारो
हामी सबैको प्रीय रात कालो ।७

श्रीकृष्णको जन्म भएर राति
बोकी पुगाए अझ राति राति
यस्तै अनौठा पल आउँथे कि
नेपालमा रात उदाउँथे कि ?८

०००

भरतपुर -५, चितवन
हाल – बैजनाथ १- चिसापानी , बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x