साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एडमिसन

मिसेस तिमिल्सिना सामान्य रिसाएर बोलिन्- ट्युसन पढाइएन भने कसैलाई काखा कसैलाई पाखा त... । खितिति हाँस्दै सिष्टर करञ्जिया जुरुक्कै उठिन् -फर्म गरेर विदिन अ वीक सबमिट गर्नुहोला... अफिसमा । बेबी जन्मेको फिफ्टिन डेज भित्रमा स्कूलबाट जम्मै पेपर्स नर्सिङ होममा पठाइदिनेछौँ ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

छोरा-छोरी नजन्मिनु पनि पीर, जन्मिनु पनि पीर । बच्चा गर्भमा आएदेखि नै हरेक दम्पत्ति ती बच्चालाई कुन स्कूलमा एडिमसन गराउनुपर्ने हो त्यसको चिन्ताले प्रेसर बढ़ाउने गर्छन् । जुन सन्तान आइरहेछ तिनलाई कसरी मान्छे बनाउनु भन्ने कुरो सोच्दा सोच्दै टाउको रन्केर आउऩु, मुटुले ठाउँ छोडनु जस्ता घटनाहरू प्रत्येक दम्पत्तिले भोगेकै छन् । हरेक अभिभावक वा प्यारेण्टसको चाहना हुन्छ, एउटा राम्रो नाम चलेको यस शहरका स्कूलमा एडमिसनको निम्ति म्याराथान रेस चलेकै देखिन्छ ।

प्रत्येक प्यारेण्टसले एउटा नामी स्कूलमा आफ्नो सन्तानलाई पुर्‍याए । महाभारत एकडेमीकी प्रिन्सिपल करञ्जिया मीठो स्वरमा बोलिन्- तपाईंहरूको प्रब्लेम मैले राम्ररी बुझेँ मिष्टर एण्ड मिसेस तिमिल्सिना । यो समस्या तपाई प्यारेण्ट्सको मात्र होइन, तपाईंहरूजस्तै सो मेनी प्यारेण्टस यस शहरमा सेम प्रब्लेमले एफेक्टेड छन् । तपाईहरू मकहाँ आएर राम्रो गर्नुभयो ।

सिष्टर करञ्जियाले एउटा फारम दिँदै भनिन् – दिस इज एडमिसन फर्म…. वान थाउजेण्ड ।

खासमा राम्रो सल्लाह लिन आएका तर सिष्टर करञ्जियाले एकैचोटि एडमिसन फारम हातमा थमाइदिँदा ती प्यारेण्ट्स छक्कै परे । मिसेस तिम्लिसिनाले भनिन्- म्याडम… हामी सल्लाह मात्र लिएर आएका हौं । अहिले फारम लिएर के गर्नु ? नानी आउनु…. ।

कुरा काट्दै सिष्टर करञ्जिया बोलिन्- एडभान्स बुकिङ । अबको चार महिनापछि तपाईंको बेबी जन्मिनेछ । उसको निम्ति यो नामी स्कूलमा एउटा सिट एडभान्स बुक गरेर राख्नु परेन ? न्यू बर्न बेबी छोरो होस् कि छोरी त्यससित केही मतलब छैन । कारण मेरो स्कूल कृ-एजुकेसन हो । तपाईंको बेबी यहाँ एडमिसन् भए डाइरेक्ट टुवेल्भसम्म पढ्न पाउँछ । हाम्रो एक्सपिरियन्स टिचर्ससित ट्युसन पढ़े रिजल्टबारे नो एनि़ टेन्सन ।

मिसेस तिमिल्सिना बोलिन्- यो ठिकै हो म्याम । तर यो त नानी पाउनु कहिले कहिले डोको बुन्नु अहिले भन्या जस्तो भएन र ? चार महिनापछि डेलिभरी… थ्री प्लसमा एडमिसन् ।

-येस । जनवरीदेखि हाम्रो सेशन स्टार्ट हुन्छ । मेरो स्कूलमा मात्रै सिक्सटी सिटस् छ । अहिलेसम्म टोटल अस्सीवटा फर्म डिस्ट्रिब्यूशन भइसकेको छ । फर्स्ट कम फर्स्ट एडमिशनको आधारमा एडमिशन हुनेछ ।

सिष्टरको कुरा सुनेर मिष्टर तिमिल्सिनाले गम्भीर मुद्रामा प्रश्न गरे- म्याम, तपाईको स्कूलमा एडनिसनको यति धेर डिमाण्ड ? तर बेबी जन्मेकै छैन, उसको नाम…।

-डण्ट वरी मिष्टर तिमिल्सिना । बेबी नजन्मिउञ्जेल रेजिष्टरमा मम्मीको नाम लेखिनेछ ।

-हुन त भगवानको कानमा नपरोस्… यदि कुनै त्यस्तो एक्सिडेण्ट भइहाल्यो भने म्याम ?

-रिस्क त लिनैपर्छ नि । नो रिस्क नो गेम । बाइचान्स त्यस्तो केस भइहाल्यो भने तपाईंको एडमिशन फर्मको पैसा रिफण्ड हुन्छ नि ।

-यो सहरमा झरीका च्याउ जस्तै थुप्रै ईङ्गलिस मिडियम स्कूलहरू छन् । तर यो महाभारत एकेडेमीलाई कसैले उछिन्न सकेको छैन । यहाँ एडमिसनको निम्ति लाख रुपियाँ दिँदा पनि एडमिसन पाइँदैन । तपाईंहरू कुरा गर्नुहुन्छ मिष्टर एण्ड मिसेस तिमिल्सिना…. बेबी हुने सम्भावना देख्ने बितिकै प्यारेण्टस आएर सिटको निम्ति एडभान्स बुकिङ गर्छन् । कति चाहिँ इन्गेजमेण्ट भएको भोलिपल्ट नै मेरो स्कूलमा आएर सन्तानको भविष्यमा निम्ति सिट बुकिङ गरेर जान्छन् ।

प्यारेण्टस् दोधार स्थिति देखेर सिष्टर करञ्जियाले भाषण छाँटिन्- पैसा हुनेहरूको सोसाइटीमा एउटा बेग्लै स्ट्याटस छ । के तिनीहरूका बेबीहरू पिउन र चौकिदार तयार पार्ने स्कूलमा पढ़ोस् भन्ने चाहन्छन् ? डू यू वाण्ट लाइक द्याट ? टेलिङ् भेरी फ्र्याङ्कली आई एण भेरी मच प्राउड दिस महाभारट एकेडेमी चौकिदार र पिउन प्रडक्शन गर्ने कारखाना कदाचित होइन । रेमेम्बर इट ।

-द्याट आई नो भेरी मच सिष्टर । अच्छा तपाईंको स्कूलमा मेरो भविष्यगत सन्तानलाई एडमिसन गर्नु हो भने कति जस्तो लाग्ला ?

– त्यो भइहाल्छ… तर एउटा कण्डिशन छ… बेबीलाई टुवेलसम्मै हाम्रो टिचर्ससित प्राइभेट ट्युसन पढ़ाउँछु भने एग्रिमेण्टमा साइन गर्नुपर्छ…. बोथ प्यारेण्टसले ।

– मिसेस तिमिल्सिना बोलिन्- म्याम् … आई एम भेरी सरी…नभन्नु पर्ने कुरा भन्दैछु … डण्ट थिङ्क अदरवाइज… मैले केमिष्ट्रीमा माष्टर्स गरेकी छु । मेरो मिष्टर ईङ्लिस लिटरेचरमा पीएचडी एण्ड गोल्ड मेडालिष्ट पनि । हाम्रो बेबीलाई हामीले नै गाइड गर्दा हुन्न र ?

– द्याट इज योर्स पर्सनल म्याटर हो । अनि इण्डियाको कुरो छोड़िदिउँ.. अक्सफोर्डबाटै माष्टरस्, पीएचडी, गोल्ड मेडालिष्ट आयो भने पनि मेरो स्कूलमा एडमिसन भएपछि मेरै स्कूलकै टिचर्ससित ट्युसन पढ़ाउनैपर्छ । दिस इज भेरी मच कम्पलसरी ।

मिसेस तिमिल्सिना सामान्य रिसाएर बोलिन्- ट्युसन पढाइएन भने कसैलाई काखा कसैलाई पाखा त… । खितिति हाँस्दै सिष्टर करञ्जिया जुरुक्कै उठिन् -फर्म गरेर विदिन अ वीक सबमिट गर्नुहोला… अफिसमा । बेबी जन्मेको फिफ्टिन डेज भित्रमा स्कूलबाट जम्मै पेपर्स नर्सिङ होममा पठाइदिनेछौँ । एउटा राम्रो भिजिटिङ कार्ड पनि पाउनुहुनेछ स्कूलको तर्फबाट ।

हीरा लाएको औंली देखाउँदै सिष्टरले मिष्टर एण्ड मिसेस तिमिल्सिना कालो हात अघि बढ़ाइन् । दुवैसित हात मिलाउँदै भनिन्- बाई…गुड लक । मे गड ब्लेस यू वोथ ।

०००
खोलाचन्द फाप्री, सिलगडी भारत  

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x