साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तर माध्यमिक विद्यालय बुढ्यौलीपरक कविता प्रतियोगिता सम्पन्न

कार्यक्रम संयोजक दीनानाथ पोख्रेलको सभापतित्वमा र चर्चित हास्यव्यङ्यकार तथा एजिङ नेपालका प्रमुख कृष्णमुरारि गौतम (चट्याङ मास्टर)प्रमुख अतिथि हुनुहुन्थ्याे ।

Nepal Telecom ad

भक्तपुर, २०८० भदाै २५ । भक्तपुर बुढ्यौली साहित्य समाज र चाणक्य सेकेण्डरी स्कुल मध्यपुर ठिमीको संयुक्त आयोजनामा मध्यपुर ठिमी नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय बुढ्यौलीपरक कविता प्रतियोगिता सम्पन्न गरियो ।

कार्यक्रम संयोजक दीनानाथ पोख्रेलको सभापतित्वमा र चर्चित हास्यव्यङ्यकार तथा एजिङ नेपालका प्रमुख कृष्णमुरारि गौतम (चट्याङ मास्टर)प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल गणेश बाबू पोख्रेल विशेष अतिथि र अतिथिज्यूहरूमा राष्ट्रिय सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, भक्तपुर बुढ्यौली सा. स. का अध्यक्ष कविराज घिमिरे, अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारी, भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपाने, चाणक्य कलेजका प्रिन्सिपल वासुकिराज रेग्मी, सल्लाहकार विश्वनाथ ढुङ्गेल र निर्णायक मण्डलका सदस्य रामशरण कार्की, साहित्यकार तथा निर्णायक मण्डलका सदस्य पदम दाहाल, साहित्यकार तथा निर्णायक मण्डलका सदस्य सम्पत काफ्ले, समाजका पदाधिकारीज्यूहरूमा जुनू घिमिरे, श्याम माकाजू साहित्यकार कवि देवीप्रसाद मिश्र, धरणीधर गुरागाईँ, कृष्णप्रसाद पौडेल, शालिकराम दाहाल, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापति हुनुहुन्थ्यो ।

साहित्यका तथा समाजका सदस्य श्री जीवनाथ अधिकारीज्यूले स्वागत , सहभागी भाइबहिनीहरूलाई केही सल्लाह र सुरुमै आफ्नो कविता वाचन गरेर हललाई आकर्षण दिलाउनु भएको थियो । राष्ट्रिय गान गरी प्रमुख अतिथि लगायतले पानसमा दीप प्रज्ज्वलन गरेपछि प्रतियोगिता प्रारम्भ गरिएको थियो । बिचबिचमा कविहरूका रोचक कविता सुन्दा हल नै स्तब्ध बन्थ्यो ।

सहभागी जम्मा १८ विद्यालयका ३३ छात्राछात्रबिच अत्यन्त कडा प्रतिस्पर्धा भएको उक्त कार्यक्रममा भक्तपुर इङलिस सेकेण्डरी स्कुलमा कक्षा ८ मा पढ्ने छात्रा जेनिसा जोशी “दया गरौँ” शीर्षकको कवितामा पहिला भइन् ।

त्यसै गरी बालप्रेमी माध्यमिक विद्यालयका कक्षा ९ मा पढ्ने छात्र रामकृष्ण सेन्चुरीको “ज्येष्ठ नागरिक” शीर्षकको कविता दोस्रो र ॐ ज्ञान मन्दिर स्कुलकी कक्षा ९ मा पढ्ने छात्रा सृष्टि श्रेष्ठको “ज्येष्ठ नागरिक” शीर्षकको कविताले तेस्रो स्थान हासिल गर्न सफल भयो ।

पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने छात्राछात्रहरूको लागि
प्रमाणपत्र सहित पुरस्कार रु क्रमशः १५००।-१०००।- र ५०० । समाजको तर्फबाट प्रदान गरियो भने चाणक्य स्कुलबाट तीनैजनालाई थप एकएक हजार प्रदान गर्नुभएको थियो । सहभागी सम्पूर्णलाई प्रमाणपत्रको व्यवस्था गरिएको सो कार्यममा चाणक्य स्कुलकी छात्रा रेजिना भण्डारीले आफ्नो अप्रतियोगी कविता पनि सुनाएकी थिइन् ।

चाणक्य विद्यालयका प्रिन्सिपल गणेश बाबु पोख्रेलले अब शिक्षा जगत्मा पर्नसक्ने सङ्कटको बारेमा यथार्थ प्रस्तुत गर्नुभएको थियो भने चाणक्य कलेजका प्रिन्सिपल वासुकिराज रेग्मीले साहित्यको बारेमा चर्चा गर्नुभएको थियो ।

अन्त्यमा प्रमुख अतिथि कृष्णमुरारि गौतम (चट्याङ मास्टर) बाट सहभागी भाइबहिनीहरूलाई पाका व्यक्ति भनेकै भविष्यका तिमीहरू नै हौ र कसरी आफूले बुढाबुढीहरूको सेवा गर्नुपर्ने हो अहिले देखि नै ध्यान दिनू भनेर मार्मिक कुराको स्मरण गराउनु भयो ।

विजेता भाइबहिनीहरूलाई प्रमुख अतिथि लगायत अतिथिज्यूहरूबाट प्रमाणपत्र र पुरस्कार वितरण गरेपछि सभापतिज्यूले सबै सहभागीहरूलाई धन्यवाद दिँदै विशेष गरी चाणक्य विद्यालयप्रति आभार व्यक्त गरी कार्यक्रम अन्त्य गर्नुभयो । ११० भन्दा बढी उपस्थिति रहेको सो कार्यक्रम सञ्चालन समाजका सचिव डिल्लीप्रसाद मूलतिहुनबाट भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x