साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबु

प्यारा सन्ततिमा हाँसो देख्न पाए भने उनी बिर्सन्छन् दुःख सम्पूर्ण भन्छन् धन्य भयो जुनी ॥ वटवृक्षसरि बाबु छहारी हुन् निरन्तर बाबुको महिमागान पूर्ण को गर्न सक्छ र ! ॥

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

फाटेको लाउँछन् टोपी सन्तति न्यानु राख्तछन्
कर्तव्यबोधले बाबु पसिना नित्य पोख्दछन् ॥१

भारी क्विन्टलको बोक्ता थाप्लोमा डाम प्रष्ट छ
मियो हुन् घरका बाबु भन्दैनन् तर कष्ट छ ॥२

उठेका हातमा ठेला कुर्कुच्चा छन् चिराचिरा
मरुभूमि खनी पार्छन् बाबु नित्य हराभरा ॥३

कसैलाई नहोस् दुःख आफ्ना सन्तानमा भनी
गर्दछन् सञ्चिता बाबु थोपा थोपा गनीगनी ॥४

प्यारा सन्ततिमा हाँसो देख्न पाए भने उनी
बिर्सन्छन् दुःख सम्पूर्ण भन्छन् धन्य भयो जुनी ॥५

वटवृक्षसरि बाबु छहारी हुन् निरन्तर
बाबुको महिमागान पूर्ण को गर्न सक्छ र ! ॥६

०००
झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x