साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बार्दलीबाट जे देखियो

देशका बलिया खम्बा युवा छन् परदेशमा वृद्धवृद्धा बचेका छन् पहाडी घर देशमा । पढाइ ध्यानमा राखी बस्ती झर्छ मुकाममा झोले गुन्डा घुसेका छन् सरकारी कुकाममा ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

खाली बैठकका कक्ष माननीय उता जुटे
खाने बेला हुनै लाग्दा टुकुरा टुकुरा फुटे
कुम्ल्याएर करोडौंको सम्पत्ति परदेशमा
जनताको बिचल्ली यो देख्दैनन् घर देशमा ।

कहिले लाउँछन् आगो बन्द हड्ताल गर्दछन्
सत्ताको स्वादमा भुल्छन् देशको नाम भुल्दछन् ।
पाए जत्ति लिँदै जान्छन् कर्तव्य किन बिर्सने
संविधान यिनै लेख्छन् आफ्ना खातिर चाहिने ।

हत्या हिंसा रचाएर नाच्ने राक्षस चालमा
लोभी आँखा रसाएका कस्तो चाल छ पालमा ।
बोरामा सुन भित्रिन्छ भन्सार चुप्प बस्दछ
देशका बेचिए मान्छे साक्षी तस्कर बस्दछ ।

कानुनी राज खै छैन दाँयी गर्न मिले भयो
धारा ऐन जता जाओस् हाम गर्न पुगे भयो ।
कैयौं पल्ट यही लेख्छन् कैयौं पल्ट यी चेत्दछन्
देश बाँच्छ कि बाँच्दैन बाँदरे चाल गर्दछन् ।

पार्टीमा झगडा उस्तै लफडा गुट के कमी
सिद्धान्त पर सारिन्छ आफू सर्वज्ञ नै बनी ।
प्रजातान्त्रिक हो चाला देश प्रदेश खण्डित
आ आफ्ना डम्फू लौ ठोक नामी छौ सब पण्डित ।

देशका बलिया खम्बा युवा छन् परदेशमा
वृद्धवृद्धा बचेका छन् पहाडी घर देशमा ।
पढाइ ध्यानमा राखी बस्ती झर्छ मुकाममा
झोले गुन्डा घुसेका छन् सरकारी कुकाममा ।

धाँधलीले चुली नाग्यो अर्थतन्त्र गिरावट
नेताले कुटुरो कस्दै भाग्दै छन् ती फटाफट ।
नबुझ्ने जनता हामी यत्तिकै रनभुल्ल छौँ
बार्दलीबाट यो दृश्य हेरेर छक्क छक्क छौँ ।

०००

भरतपुर ५, चितवन
हाल : बैजनाथ -१, चिसापानी बाँके ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x