साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्य शृङ्खला-१०)

सत्पात्री पठनीय शील गतिला छोरा रहुन् साथमा शिक्षाले परिपूर्ण ओजस बनुन् माधुर्य होस् गाथमा गर्दै उन्नति पौरखी सहृदयी प्रेमील सद्भावका बन्दामात्र सुयोग्य हुन्छ घर त्यो छोराहरू सप्रिँदा ॥

Nepal Telecom ad

कविराज घिमिरे :

आफ्नो हेरविचार गर्छ कसले बातो बसेको दिन
पानी प्याउँछ को हुरुक्क भइँदा सोच्तै नसोच्ने किन
गन्धा हुन्छ शरीर सुस्त कर यी हुन्छन् समाल्ने छ को
सोच्नुपर्छ अगाडि नै सबजना हुन् मित्र आफन्त जो ॥७४

अर्काको मन घोच्नु हुन्न कहिल्यै पर्दा विपत्ति स्वयम्
कल्ले गर्दछ चाह द्वेष बटुली हिँड्छन् बढाई अहम्
छोराको भर हुन्न जान्छ दुनियाँ छोरी पराई घर
बन्छे रक्षक त्यै वधू प्रतिपला घोत्लेर सोच्ने गर ॥७५

अत्यन्तै रमणीय सुन्दर सफा आनन्द स्वर्गादिको
मिल्ने होस् घरमा प्रवुद्ध महिला ल्याऊन् सुधा शान्तिको
हाँसो मन्द चलोस् मिठासपन होस् एकत्व होस् धारणा
प्रेमै-प्रेम छचल्कियोस् मन खुसी पूरा बनुन् चाहना ॥७६

सत्पात्री पठनीय शील गतिला छोरा रहुन् साथमा
शिक्षाले परिपूणर् ओजस बनुन् माधुर्य होस् गाथमा
गर्दै उन्नति पौरखी सहृदयी प्रेमील सद्भावका
बन्दामात्र सुयोग्य हुन्छ घर त्यो छोराहरू सप्रिँदा ॥७७

आमाको छ महत्त्व उच्च घरको संस्कार जन्माउने
आमाका पद मार्गमा शिशुहरू हुन्छन् नि पच्छ्याउने
आमाकै दुधमा प्रताप छ बढी संसारकै पोषण
आमा बन्नु छ शुद्ध बुद्ध मनकी थिच्तै कयौँ शोषण ॥७८

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x