साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ भगवान बस्दछ

भगवान बचाउन मानवताको विरुद्धमा पनि उभिदिन्छ मान्छे । भगवानलाई यो पनि थाहा छ मान्छे रहेसम्म भगवान रहिरहने छ । र मान्छेलाई यो थाहा छैन भगवान रहिरह्यो भने कुनै दिन मान्छे नरहन सक्छ ।

Nepal Telecom ad

एम् .पी .कियरलेस :

भगवानमाथि प्रश्न उठाउने को हो ?
अहं ब्रह्मास्मि
तत्त्वमसि भनिरहँदा हुँदैन र ?
भगवान भएको महसुस ।
हामी मान्छे मान्छे नभएर
अमिबा हुनसक्थ्यौँ
कमिला हुनसक्थ्यौँ
अक्टोपस हुनसक्थ्यौँ
कुकुर हुनसक्थ्यौँ
चरा हुनसक्थ्यौँ
हामी जे पनि हुनसक्थ्यौँ
तर हामी मान्छे भयौँ ।


भगवानलाई महसुस गरिरहेका छौँ ।
भगवान जन्मेको माटो छ
स्वर्ग जाने बाटो छ ।
भगवानको तेस्रो आँखो छ ।
भगवान हिजो साँझ घाम सँगै अस्ताउन सक्थ्याे।
आज बिहानै भाले बिउँझाउने पनि भगवान नै हो ।
भगवान पहाड उचालेर बसिरहन्छ ।
भगवान विषपान पनि गर्न सक्छ ।
भगवान पाप मुक्त छ ।
दावा छ भगवान वीर्य बिनानै जन्मेको हो ।
भगवान बासना मुक्त छ ।
समय साक्षी छ
भगवानको घरमा स्त्रीलाई प्रवेश निषेध थियो ।
भगवान पवित्र छन् ।
बेला बेला
अबोध बालक

गर्भवती महिलाको
रगतले नुहाउँछ भगवान ।
हाम्रो पूर्वजले पनि
भगवानलाई रगतले नुहाइदिएको
गर्विलो इतिहास छ ।
भगवान प्रेम मुक्त छ ।
उसले प्रेम देखाउने प्रेमिकाको
नाक काटेको इतिहास छ ।
~दूध चुसेर स्त्री मारेको इतिहास छ ।
~ प्रेमिकाको अङ्गालो छोडेर हिँडेका
कयौं कथा छन् भगवानका ।
~भगवान अपलक भएर हेर्न सक्छ चिर हरणको दृश्य ।
~भगवानको जनेन्द्रिय स्त्रीको अस्तित्व
मेटाउन मात्रै काम आउने गर्छ ।
भगवानले महसुस गराएको छ ।
भगवान प्रेम मुक्त छ ।
भगवान नीराकार छ ।
~ चल्दै गरेको रेलमा चढ्न सक्ने उ मात्रै हो ।
– बारुदका गन्धमा फैलिएको उही हो ।
-उ घरमा आगाको मुस्लो भएर देखिन सक्छ ।
– उ म भित्र छिरेर मलाई
एक आत्मघाती हत्यारा बनाइदिन सक्छ ।
– सयौँ आमाको अस्तित्व एकै समयमा डगाउन सक्छ ।
भगवानको निरआकारलाई
महसुस नगरेको मानव रगत होला त ?
कुनै जनावर
पानी नपाएर,
खान नपाएर,
निदाउन नपाएर,
मरेको इतिहास छ ?
जनावरको सामूहिक हत्या
जनावरले गरेको सुन्नु भएको छ ?
जनावर आत्मघाती हत्यारा भएर हिँडेको
समाचार पढ्नु भएको छ ?
जनावर बलात्कार गर्दै हिँडेको देख्नु भएको छ ?
यहाँ यस्तो कसैले देखेको छैन ।
किनकि
भगवान मान्छले मात्रै महसुस गरेको छ ।
मान्छेले
सामुहिक हत्या गर्न
आत्मघाती हत्या गर्न
बलात्कार गर्नका लागि
चाडपर्व भनेर दिन तोकेको छ ।
किनकि मान्छे एक सर्वश्रेष्ठ प्राणी हो ।
मान्छेलाई थाहा छ
~भगवान वीर्य विरोधी हो ।
~भगवान बासना रहित छ ।
~ भगवान प्रेम मुक्त छ ।
~भगवान पवित्र छ ।
~भगवान निर आकार छ ।
~ भगवान अमर छ ।
किनकि मान्छे लागीपरेको छ
भगवानलाई अमर बनाउन।
भगवान बचाउन मानवताको विरुद्धमा पनि
उभिदिन्छ मान्छे ।
भगवानलाई यो पनि थाहा छ
मान्छे रहेसम्म भगवान रहिरहने छ ।

मान्छेलाई यो थाहा छैन भगवान रहिरह्यो भने
कुनै दिन मान्छे नरहन सक्छ ।

०००
२०८०-कार्तिक -०३
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हिसाब बराबर भयो

हिसाब बराबर भयो

महेन्द्र उपाध्याय
जे पनि हुनसक्छ

जे पनि हुनसक्छ

महेन्द्र उपाध्याय
गधाको यात्रा स्मरण

गधाको यात्रा स्मरण

महेन्द्र उपाध्याय
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x