साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैँ दशा भो

बाटो हेरियो आएन हिजो साथीको फोन आयो "बा, ब्रो गयो" " के भन्यौ बाबू, बुझिन ?" "तिम्रो छोरो मेरो साथी यो संसारमा छैन मर्यो उसको बाकस आउने छ बुझेर लिन जानू हाम्रो दिन यस्तै बुझ्नू ।"

Nepal Telecom ad

विदुर केसी :

मालश्री धुन विरक्तियो
गाउँघर उजाडियो
पिङ हाल्न बाँस काटेनन्
बाबियो डोरी बाँधेनन्
पिङमा मच्चिने भएनन्
चिउरा कुटेनन्
खसी ढालेनन्
नेताजीकाँ खसी काटे
मार नछिनेको खसी कराय‍ो
उसको रोदनले आत्मा रोयो
गाउँमा युवा रित्तिए
हाम्र‍‍‍‍ो कान्छ‍ो पनि विदेशिय‍ो
खबर गरेथ्यो
दशैँमा आउन नपाउने भएँ
आईएमईबाट खर्च पठाउँछु
बाटो हेरियो आएन
हिजो साथीको फोन आयो
“बा, ब्रो गयो”
” के भन्यौ बाबू, बुझिन ?”
“तिम्रो छोरो मेरो साथी
यो संसारमा छैन मर्यो
उसको बाकस आउने छ
बुझेर लिन जानू
हाम्रो दिन यस्तै बुझ्नू ।”

०००
२०८० कात्तिक ८
नागार्जुन नपा १०, स्युचाटार (कलङ्की) काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x