साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले देखेँ, अनि लेखेँ

देशमा विकासमा भन्दा पहिचानका लागि हिंसा बढेको देखेँ नदी बेचिएको भन्दै हिमाल रोएको देखेँ । न्याय पाइन भन्दै छोरी रोएको देखेँ आफू मृत्यु शैय्यामा भएकोले न्याय मरेको भन्दै आमा रोएको देखेँ ।

Nepal Telecom ad

अन्जु शर्मा :

मैले सबै कुरा देखेँ
अनि कविता लेखेँ
त्यसैले त भनिन्छ
जहाँ पुगेनन् रवि
त्यहीँ पुगे कवि ।

कोठीमा साइँली र माइँली
बेचिएको देखेँ
हर्के र बिर्खेले खाडीमा
दम तोडेको देखेँ
काजी र मुखियाले
बाल र यौन शोषण
गरेको देखेँ
खास कुरा
कवि भएरै देखेँ ।

नेताहरूकै आडमा
कर्मचारी भ्रष्ट भएको देखेँ
भ्रष्ट चोख्याउन नेता स्वयं
बजेट बोकेर
विदेशिएको देखेँ ।

मैले त चित्र विचित्र देखेँ
वकिलहरू झगडा लगाउन
लागिपरेको देखेँ
पुलिसहरू चोरसँग मिलेमतो
गरेको देखेँ ।

त्यसैले देशमा
विकासमा भन्दा
पहिचानका लागि
हिंसा बढेको देखेँ
नदी बेचिएको भन्दै
हिमाल रोएको देखेँ ।

न्याय पाइन भन्दै
छोरी रोएको देखेँ
आफू मृत्यु शैय्यामा भएकोले
न्याय मरेको भन्दै
आमा रोएको देखेँ
हो मैले कवि भएरै देखेँ ।

०००
रातोपुल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x