साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ताप र यसको शक्ति

तापको चापले सन्तुष्टि लेभल पनि मापन गर्ने गर्दछ । निश्चित दुरी निश्चित समयमा पार गर्न कति डिग्रिको ताप दिने भन्ने कुरा दुरी तय गर्ने व्यक्तिलाई थाहा हुनु पर्छ । आवश्यकता भन्दा बढी ताप उत्पादन भयो भने इन्जिन अनियन्त्रित दौड लगाएर दुर्घटना सम्म हुनसक्ने सम्भावना हुन्छ ।

Nepal Telecom ad

अशोककुमार शिवा :

ताप भन्ने बित्तिकै तातो भन्ने बुझिन्छ । तापलाई न्यानो, तातो र रापिलो तातो गरी तीन वर्गमा राख्न सकिन्छ । न्यानो तापले आद्र्रतालाई सन्तुलित बनाई राख्दछ । तातोले आद्रतामा केही असन्तुलन पैदा गर्दछ । रापिलो तातोले वातावरणलाई सुख्खा बनाउँछ । जीवन र जगतमा तापको साह्रै ठूलो महत्व रहेको हुन्छ । तापको सन्तुलनका कारण पृथ्वीमा अनेकन जीव तथा वनस्पतिहरू उत्पत्ति हुन्छन् भने अधिक ताप भएमा जीव तथा वनस्पतिको नास भएर मरुभूमीकरण हुन्छ ।

तापको स्रोतको पहिलो आधार घर्षण हो । कुनै दुई वस्तुलाई एकापसमा घर्षण (घोट्ने कार्य) गर्दा ताप पैदा हुन्छ । यसरी पैदा हुने तापमा शक्ति उपार्जन गर्ने क्षमता हुन्छ । शक्तिको कारणले तापबाट अग्नि उत्पादन गर्न सकिन्छ । उत्पादित अग्नि शक्तिको राम्रो स्रोत हुने हँुदा यसले इन्धनको समेत काम गर्दछ । आदिमकालमा आदि मानवहरूले जब यो तापबाट अग्नि निस्कने कुरा थाहा पाए त्यसैबेला देखि उनीहरुले आफ्नो खानेकुरा पकाएर वा आगोमा पोलेर खान सिके ।

तापको शक्तिको ज्ञान भएसँगै बिस्तारै पानी उमालेर निस्किने शक्तिबाट चल्ने वाष्पइन्जिन बनाएर रेलगाडी कुदाए । पछि बिस्तारै वाष्पइन्जिनबाट कोइला र कोइलाबाट तेल बालेर चलाउने इन्जिन बनाएर गाडी तथा हवाईजहाजको आविस्कार गरे । यसरी हेर्दा संसारमा पहिलो शक्ति भनेको ताप नै हो भन्ने बुझ्न केही गाह्रो पर्दैन । अब ताप केमा कति प्रयोग गर्ने भन्ने चाहिँ काम र त्यसको दायरालाई आधार मानेर तय गर्न सकिन्छ । कुनै कुरालाई निश्चित तापक्रम बनाई राख्नु छ भने त्यसलाई चाहिने ताप कति हो त्यो थाहा हुनु नितान्त आवश्यक कुरा हुन्छ । सामान्य उदाहरण हेर्दा पानी उमाल्न १००८ सेल्सियस ताप आवश्यक पर्छ । त्यो भन्दा तलको तापले पानी उम्लन सक्दैन । त्यस्तै कुनै एउटा इन्जिन निरन्तर चलाउन पनि निश्चित तापक्रमको निर्धारण गरी सोको निरन्तरता गर्नुपर्ने हुन्छ ।

ताप वृद्धिको सङ्केत के होला त भन्ने पनि लाग्न सक्छ । हामी पानीलाई तताउन जब आगोमा राख्दछौ पानीले तापसँगै एकप्रकारको आवाज निकाल्न थाल्दछ । तापक्रम बढेसँगै त्यो आवाज पनि ठूलो ठूलो हुदै जान्छ र जब पानी उम्लन्छ केहीबेरमा त्यो आवाज आफै मत्थर हुन्छ । त्यो अवस्थालाई हामी पानीको उम्लाईको चरमावस्था भनेर बुझ्दछौ । यो त भयो पानी तताउँदाको चरमावस्था । मानिसको शरीरमा पनि पन्चतत्वको मिश्रण भएको हुन्छ । त्यो पककाच तत्वमा एक तत्व अग्नि पनि हो । पन्चतत्वको शरीरलाई विभिन्नादि क्रियाकलापको लागि विभिन्न तापशक्तिको जरुरी पर्दछ । शरीरको कुनै भागमा दर्द होस र दर्दको निवारणार्थ तापको आवश्यकता होस् वा कुनै भागलाई निरन्तर सञ्चालन गर्नको लागि तापको आवश्यक परेको होस त्यस अवस्थामा आवश्यकतानुसारको तापको मापन पुगेकै हुनुपर्दछ । अपुग तापले वा अधिक तापले अपेक्षाकृत सफलता हासिल गर्न सकिदैन ।

तापको चापले सन्तुष्टि लेभल पनि मापन गर्ने गर्दछ । निश्चित दुरी निश्चित समयमा पार गर्न कति डिग्रिको ताप दिने भन्ने कुरा दुरी तय गर्ने व्यक्तिलाई थाहा हुनु पर्छ । आवश्यकता भन्दा बढी ताप उत्पादन भयो भने इन्जिन अनियन्त्रित दौड लगाएर दुर्घटना सम्म हुनसक्ने सम्भावना हुन्छ । सकुशल नै दुरी तय गरेता पनि यात्राका यात्रुको हृदय अनियन्त्रित तवरले धड्किरहेको हुन सक्छ । ईन्जिनको गति र दुरीलाई समायोजन गरी आवश्यक उर्जा दिई गन्तव्य तय हुनु चाहिँ सर्वोत्कृष्ट यात्रा हुन्छ । हुन त आधुनिक जमानामा सुपरसोनिक विमानहरूको परिकल्पना गरी विमानहरू निर्माण गरी छोटो समयमा लामो दुरी पार गर्ने गरिएको छ । तर यस खालको सुपरसोनिक विमानबाट छिटो दुरी तय गर्नु भन्दा मध्यम रफ्तारको विमानमा यात्रा गर्नु यात्रुको सन्तुष्टिलेवललाई बिचार गर्दा उपयुक्त होला भन्ने लाग्दछ ।

०००
गल्कोपाखा , काठमाडाैंं।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x