साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ताप र यसको शक्ति

तापको चापले सन्तुष्टि लेभल पनि मापन गर्ने गर्दछ । निश्चित दुरी निश्चित समयमा पार गर्न कति डिग्रिको ताप दिने भन्ने कुरा दुरी तय गर्ने व्यक्तिलाई थाहा हुनु पर्छ । आवश्यकता भन्दा बढी ताप उत्पादन भयो भने इन्जिन अनियन्त्रित दौड लगाएर दुर्घटना सम्म हुनसक्ने सम्भावना हुन्छ ।

Nepal Telecom ad

अशोककुमार शिवा :

ताप भन्ने बित्तिकै तातो भन्ने बुझिन्छ । तापलाई न्यानो, तातो र रापिलो तातो गरी तीन वर्गमा राख्न सकिन्छ । न्यानो तापले आद्र्रतालाई सन्तुलित बनाई राख्दछ । तातोले आद्रतामा केही असन्तुलन पैदा गर्दछ । रापिलो तातोले वातावरणलाई सुख्खा बनाउँछ । जीवन र जगतमा तापको साह्रै ठूलो महत्व रहेको हुन्छ । तापको सन्तुलनका कारण पृथ्वीमा अनेकन जीव तथा वनस्पतिहरू उत्पत्ति हुन्छन् भने अधिक ताप भएमा जीव तथा वनस्पतिको नास भएर मरुभूमीकरण हुन्छ ।

तापको स्रोतको पहिलो आधार घर्षण हो । कुनै दुई वस्तुलाई एकापसमा घर्षण (घोट्ने कार्य) गर्दा ताप पैदा हुन्छ । यसरी पैदा हुने तापमा शक्ति उपार्जन गर्ने क्षमता हुन्छ । शक्तिको कारणले तापबाट अग्नि उत्पादन गर्न सकिन्छ । उत्पादित अग्नि शक्तिको राम्रो स्रोत हुने हँुदा यसले इन्धनको समेत काम गर्दछ । आदिमकालमा आदि मानवहरूले जब यो तापबाट अग्नि निस्कने कुरा थाहा पाए त्यसैबेला देखि उनीहरुले आफ्नो खानेकुरा पकाएर वा आगोमा पोलेर खान सिके ।

तापको शक्तिको ज्ञान भएसँगै बिस्तारै पानी उमालेर निस्किने शक्तिबाट चल्ने वाष्पइन्जिन बनाएर रेलगाडी कुदाए । पछि बिस्तारै वाष्पइन्जिनबाट कोइला र कोइलाबाट तेल बालेर चलाउने इन्जिन बनाएर गाडी तथा हवाईजहाजको आविस्कार गरे । यसरी हेर्दा संसारमा पहिलो शक्ति भनेको ताप नै हो भन्ने बुझ्न केही गाह्रो पर्दैन । अब ताप केमा कति प्रयोग गर्ने भन्ने चाहिँ काम र त्यसको दायरालाई आधार मानेर तय गर्न सकिन्छ । कुनै कुरालाई निश्चित तापक्रम बनाई राख्नु छ भने त्यसलाई चाहिने ताप कति हो त्यो थाहा हुनु नितान्त आवश्यक कुरा हुन्छ । सामान्य उदाहरण हेर्दा पानी उमाल्न १००८ सेल्सियस ताप आवश्यक पर्छ । त्यो भन्दा तलको तापले पानी उम्लन सक्दैन । त्यस्तै कुनै एउटा इन्जिन निरन्तर चलाउन पनि निश्चित तापक्रमको निर्धारण गरी सोको निरन्तरता गर्नुपर्ने हुन्छ ।

ताप वृद्धिको सङ्केत के होला त भन्ने पनि लाग्न सक्छ । हामी पानीलाई तताउन जब आगोमा राख्दछौ पानीले तापसँगै एकप्रकारको आवाज निकाल्न थाल्दछ । तापक्रम बढेसँगै त्यो आवाज पनि ठूलो ठूलो हुदै जान्छ र जब पानी उम्लन्छ केहीबेरमा त्यो आवाज आफै मत्थर हुन्छ । त्यो अवस्थालाई हामी पानीको उम्लाईको चरमावस्था भनेर बुझ्दछौ । यो त भयो पानी तताउँदाको चरमावस्था । मानिसको शरीरमा पनि पन्चतत्वको मिश्रण भएको हुन्छ । त्यो पककाच तत्वमा एक तत्व अग्नि पनि हो । पन्चतत्वको शरीरलाई विभिन्नादि क्रियाकलापको लागि विभिन्न तापशक्तिको जरुरी पर्दछ । शरीरको कुनै भागमा दर्द होस र दर्दको निवारणार्थ तापको आवश्यकता होस् वा कुनै भागलाई निरन्तर सञ्चालन गर्नको लागि तापको आवश्यक परेको होस त्यस अवस्थामा आवश्यकतानुसारको तापको मापन पुगेकै हुनुपर्दछ । अपुग तापले वा अधिक तापले अपेक्षाकृत सफलता हासिल गर्न सकिदैन ।

तापको चापले सन्तुष्टि लेभल पनि मापन गर्ने गर्दछ । निश्चित दुरी निश्चित समयमा पार गर्न कति डिग्रिको ताप दिने भन्ने कुरा दुरी तय गर्ने व्यक्तिलाई थाहा हुनु पर्छ । आवश्यकता भन्दा बढी ताप उत्पादन भयो भने इन्जिन अनियन्त्रित दौड लगाएर दुर्घटना सम्म हुनसक्ने सम्भावना हुन्छ । सकुशल नै दुरी तय गरेता पनि यात्राका यात्रुको हृदय अनियन्त्रित तवरले धड्किरहेको हुन सक्छ । ईन्जिनको गति र दुरीलाई समायोजन गरी आवश्यक उर्जा दिई गन्तव्य तय हुनु चाहिँ सर्वोत्कृष्ट यात्रा हुन्छ । हुन त आधुनिक जमानामा सुपरसोनिक विमानहरूको परिकल्पना गरी विमानहरू निर्माण गरी छोटो समयमा लामो दुरी पार गर्ने गरिएको छ । तर यस खालको सुपरसोनिक विमानबाट छिटो दुरी तय गर्नु भन्दा मध्यम रफ्तारको विमानमा यात्रा गर्नु यात्रुको सन्तुष्टिलेवललाई बिचार गर्दा उपयुक्त होला भन्ने लाग्दछ ।

०००
गल्कोपाखा , काठमाडाैंं।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x