साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गधा

अनि म भन्न बाध्य हुनेछु, याे त गधा नै हाेइन रहेछ तर मैले नै अहिलेसम्म यसलाई गधा ठानिरहेकाे रहेंछु अनि जब एक दिन त्यसले बाटामा मलाई एक लात जमाउने छ या मेराे नजिकमा आएर पिसाब गर्नेछ ।

Nepal Telecom ad

विष्णु नागर :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

गधा यदि कुर्सीमा बसेकाे छ भने
पहिलाे पटक त कस्ताे लाग्छ भने
याे गधा त्यति साराे गधा चैं हाेइन रहेछ
जत्तिकाे यसलाई हामी ठान्दै थियाैं,
तर, फेरि पनि मेराे राय त के छ भने
अन्ततः हाे त याे गधा नै
र आज नभए पनि भाेलि त प्रमाणित हुन्छ नै
तर भाेलि पनि याे, गधा प्रमाणित भएन भने
हामी भन्नेछाैं, “हुन त याे गधा नै हाे
कुर्सीले यसलाई के सिकाइदिएछ भने
गधाले पनि कम्तीमा घाेडा त देखिनैपर्छ ।”
त्यसैले त अहिलेसम्म बाँचेकाे छ
अनि एक पटक जब याे गधा हाे भन्ने प्रमाणित हुनेछ
त्यसै दिनदेखि यसकाे खेल पनि बिग्रिने छ
त्याे दिन आउनुभन्दा पहिले
गधासित मेराे एउटा अर्जेन्ट काम आइपर्ने छ
र मनमनै गधालाई गधा नै मानेर
म यसकाे शरणमा पुग्नेछु
अनि गधा पनि मेरा सामु
इज्जतसित प्रस्तुत हुनेछ
अनि म भन्न बाध्य हुनेछु,
याे त गधा नै हाेइन रहेछ
तर मैले नै अहिलेसम्म यसलाई
गधा ठानिरहेकाे रहेंछु
अनि जब एक दिन त्यसले बाटामा
मलाई एक लात जमाउने छ
या मेराे नजिकमा आएर पिसाब गर्नेछ
अनि त
मैले पनि यसका बारेमा आफ्नाे विचार फेर्नेछु,
याे गधा नै हाे र शतप्रतिशत गधा हाे
तर म अझै पनि “ए गधा !” भनेर भन्न सक्ने छैनँ
अनि जब यसले मलाई भन्नेछ,
“ए ! बाटामा ठिकसित हिँड् ।”
तब साँच्चै के लाग्नेछ भने गल्ती त मेरै थियाे,
अनि सडकमा तलबाट हिँड्न सिकेर
जीवनभरिलाई आफ्नाे गल्ती सुधार्ने छु ।

०००
विष्णु नागरको कवितासंग्रह ‘हँसने की तरह रोना’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x