साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शान्त समाज भाँड्न पाइन्न

हामीलाई उही पुरानै मिलेको समाज चाहिन्छ हुँदाहुँदैको शान्त समाज भाँड्न कहाँ पाइन्छ ? तिमी जेसुकै भन अरू कुरा केही पनि जान्दैनौं नयाँ संविधान र यो व्यवस्था हामी मान्दै मान्दैनौँ ।

Nepal Telecom ad

रामदेव पाण्डे :

हक र अधिकारका नाममा परम्परा मास्न पाइन्न
कथित तल्ला जातका हाँस्न र पोथी बास्न पाइन्न
कसले भन्छ विभेदमा पनि मिलेर बस्न सकिन्न
शान्ति र सौहार्दको भ्रमको खरानी घस्न सकिन्न ?
सर्त यत्ति हो ।

कथित ठुला र उपल्लाको अत्याचार सहनु पर्छ
विभेद र दमनबारे कसैलाई केही नकहनु पर्छ
चल्न सक्नु पर्छ ढोँगीले सिकाएको कर्मअनुसार
कथित उपल्लो जात र बहुमतको धर्मअनुसार
तर अचेल यस्तै छ ।

नारीलाई पनि पुरुषसरह अधिकार चाहिने रे
वर्षौंदेखि गर्दै आएको छुवाछुत गर्न नपाइने रे ?
जोसुकैलाई आफ्नै धर्म परम्परा मान्न दिनुपर्ने
के खाने के नखाने उसैलाई स्वयं छान्न दिनुपर्ने ?
यस्तो पनि काहीँ हुन्छ ?

समानताको आवाज उठाउनु धर्म छाड्नु हो
युगौँदेखि मिलेर बसेको समाजलाई भाँड्नु हो
जनता बन्न मन्जुर छैन पुनः प्रजा बन्न पाउनु पर्छ
मर्न मार्न सक्छौँ तर पुरानै व्यवस्था ल्याउनु पर्छ
खबरदार !

हामीलाई उही पुरानै मिलेको समाज चाहिन्छ
हुँदाहुँदैको शान्त समाज भाँड्न कहाँ पाइन्छ ?
तिमी जेसुकै भन अरू कुरा केही पनि जान्दैनौं
नयाँ संविधान र यो व्यवस्था हामी मान्दै मान्दैनौँ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x