साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिकार

जुठोपुरोमा बाँच्न चाहने आशेहरू त निराश भएर उहिल्यै हिँडिसकेका थिए भनें एक झप्को निदाउँदा ननिदाउँदै सुँगुरहरू पनि आफन्त वियोगको पीडा बिर्सिसकेका थिए ।

Nepal Telecom ad

जीवन दाहाल :

साँझ साँझ पारेर फेरि चितुवाले सुँगुर(बनेल)को पाठो समात्यो र उत्निखेरै नजिकको रुखमा चढी पनि हाल्यो । अरु मांसहारीबाट आफ्नो भोजन जोगाउन र दाह्रा पलाएका वयस्क बुचाहरूको सम्भावित आक्रमणबाट स्वयं जोगिन पनि ।

चितुवाको दाह्रा, नङ्ग्राको पीडा र मृत्यु भयले पाठो ठुलो ठूलो स्वरले च्याँऽऽ ! च्याँऽऽ ! गर्दै जङ्गलै थर्काउने गरि रोयो । करायो । गुहार माग्यो र बेस्सरी छ्टपटाउँदै बल पनि गर्‍यो ज्यान छुटाउन । तर बलिस्ठ सत्रुको पन्जामा परेको निरीह पाठाको के लाग्थ्यो र ? कर्‍याककुरुक पारेर चितुवाले पाठाको घाँटीमा तिखा दाह्रा गाड्यो र तुरुन्तै किलकिले फोरी दियो ।

पाठाको चिच्याहट सुनेका सुँगुरहरू पहिले त आ-आफ्नो ज्यान जोगाउन तितर बितर हुने गरि भागे जताततै तर फेरि फर्किएर चितुवा चढेको रुखभन्दा केही पर गोलो घेरा बनाएर जम्मा भए ।
स्यालहरू चैँ रुखैको फेदमा उभिए चितुवातिर ठाडो घाँटी लागाएर, मुख मिठ्याउँदै । त्यसैबेला एउटा स्याल आकाशतिर मुख फर्कायो र करायो- “रहलपहल हाम्रो हो ऽऽ !”
अनि तुरुन्तै अर्काले थप्यो-“हो कक हो ऽऽ !”
अनि अझ अर्काले भन्यो-“ए हो ?”
त्यसपछि त के हुनु थ्यो र ? बाँकी रहेका सबैले एकै स्वरमा कोकोहोलो मच्चाउँदै हुईंयाँ चलाइ हाले-“हो ऽऽ हो ऽऽ हो ऽऽ !”
खाने मामलो न पर्‍यो ।

स्यालको बठ्याईं देखेर रिसले चुर भएका ब्वाँसाहरूले गुकक र्र गुककर्र गर्दै स्यालहरूलाई खेदे र स्याललाई पछि धकेले । फेरि ईकक हिकक हिकक हिकक गरेर हाँस्दै हायना(हुँडार)हरू आए र ब्वाँसा लखेटेर ब्वाँसाको ठाउँ लिए । झन्डै आधा रात सम्मै चितुवाले जिब्रो फट्कारी फट्कारी भोजन गर्‍यो बँदेलका मासुको । आसेपासेहरू मुख मिठ्याउँदै ठाडो घाँटी लगाउँदै रहे जुठोपुरोको आसमा र सोकाकुल सँगुरहरू चैँ घुँक्क घुँक्क गर्दै रुँदै बसे आफन्तको वियोगमा ।

शोकाकुल सँगुरहरू र अरु भोका मांसहारीहरूको भयले हो वा नाथेहरूले के पो नाप्लान र ! भन्ने उन्मादले हो भोजन गरिसकेर पनि चितुवा भुइँमा झरेन । रुखमै तनक्क आङ तन्कायो र भुसुक्क निदायो ।

जुठोपुरोमा बाँच्न चाहने आशेहरू त निराश भएर उहिल्यै हिँडिसकेका थिए भनें एक झप्को निदाउँदा ननिदाउँदै सुँगुरहरू पनि आफन्त वियोगको पीडा बिर्सिसकेका थिए । अनि सँगुरहरू पनि सदा झैँ आहारा(फोहर)को खोजीमा निस्किए ताँती लागेर ।

गाउँ सहरमा बस्ने सँगुरहरूको नियति पनि यस्तै चलिरहेको त छ नि हो नि होइन र !

०००
गौरादह-७, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x