साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यापार सन्तुलन

देशको व्यापार अपरम्पार छ किड्नी व्यापारको मारामार छ सके बालखैमा बेच नसके युवा भएपछि बेच श्रमिक बेचे पनि भो बालख बेचे पनि भाे अहिले किड्नी व्यापार चलेको छ ।

Nepal Telecom ad

होम सुवेदी :

युवाहरू हो
कसैलाई नाफा भयो
कसैलाई व्यापारघाटा भयो
देशको व्यापार सन्तुलनमा टाटा भयो
विदेशी मुद्राको भकारी भर्नु छ
यसैले पैसा कमाउन
एउटा नयाँ प्रबन्ध गर्नु छ
सल्लाह छ
परिवार नियोजन बन्द गर
विकासका लागि
नयाँ प्रबन्ध गर
देशमा डलर छर
खोलो तर
छक्क पर
उताबाट यता सर
छोरा जन्माऊ
छोरी जन्माऊ
जीवन मोजमा कटाऊ
आफू ता बेचिएकै थियौ
आफू बेचिने काम मन्द गर
नयाँ प्रबन्ध गर
देशमा डलर छर
बेडा तर
घरै बस
बिहे गर
माया गर
परिवार नियोजन बन्द गर
छोरा छोरी जन्माने प्रबन्ध गर
सके तिम्ल्याहा जन्माऊ
नसके जम्ल्याहा जन्माऊ
छोराछोरी कमाऊ
यही बाटो समाऊ
गीत गाऊ
माया लाऊ
छोराछोरी पाऊ
किड्नी व्यापार चलाऊ
सकेसम्म धेरै बिहे गर
छोराछोरी जन्माऊ
असन्तुलित व्यापार घटाऊ
मनको सन्देह हटाऊ
विदेश नबस यतै आऊ
देशमा व्यापार घाटा छ
देशको व्यापार अपरम्पार छ
किड्नी व्यापारको मारामार छ
सके बालखैमा बेच
नसके युवा भएपछि बेच
श्रमिक बेचे पनि भो
बालख बेचे पनि भाे
अहिले किड्नी व्यापार चलेको छ
यसको व्यापारबाट
धेरैको घर चलेको छ
चुलो जलेको छ
डलर र भारु फलेको छ
यसैले प्रेम गर
नानी जन्माऊ
किड्नीको राम्रो छ भाउ
देशको व्यापार सन्तुलन नगुमाऊ
प्रेम गर
देशमा व्यापार घाटा छ
नानी जन्माऊ
किड्नीको राम्रो छ भाउ
व्यापार सन्तुलन नगुमाऊ
फर्केर छिटो आऊ ॥

०००
भद्रपुर झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x