साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बरू देख्ने लजाइयो

देखेर षोडशी सत्ता चुह्याई र्‍याल तप्तप बृद्धआश्रममा बस्ने सन्यासी गर्छ यो हठ जसरी पनि त्यै राम्री षोडशी बधु चाहियो मानेन लाज माग्नेले बरू देख्ने लजाइयो ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

कुहियो भ्यागुतो एक प्रदूषित कुवा भयो
अगुवा जो थियोे ऐले त्यै बाटो हगुवा भयो
काले काले मिली भाले देशलाई बनाइयो
मानेन लाज हग्नेले बरू देख्ने लजाइयो ।

काटियो केकझैं देश चाटियो र चटाइयो
भन्दै हर्ष बढाईं हो निर्धा जीव कटाइयो
मन्साउन भनी ब्वाँसा महाभोज लगाइयो
मानेन लाज खानेले बरू देख्ने लजाइयो ।

गर्‍यौँ आदेश तामेली जे जे गर्न खटाइयो
खोक्दा मालिकले वा वा भन्दै ताली ठटाइयो
कैले बाँदर नाचियो कैले सर्प नचाइयो
मानेन लाज नाच्नेले बरू देख्ने लजाइयो ।

किन्दा हजारको वस्तु लाख करोड हालियो
बेच्दा करोडको माल कौडीका मोल फालियोे
समृद्धि भन्नु यस्तै हो भन्दै धन्दा चलाइयो
मानेन लाज लुट्नेले बरू देख्ने लजाइयो ।

अगस्ती खञ्चुवा गर्छन् खानकै मात्र गन्थन
के दिएँ देशका निम्ति कसैको छैन चिन्तन
आगो ताप्न भनी आफ्नै घर छाप्रो जलाइयो
मानेन लाज झोंस्नेले बरू देख्ने लजाइयो ।

देखेर षोडशी सत्ता चुह्याई र्‍याल तप्तप
बृद्धआश्रममा बस्ने सन्यासी गर्छ यो हठ
जसरी पनि त्यै राम्री षोडशी बधु चाहियो
मानेन लाज माग्नेले बरू देख्ने लजाइयो ।

के गरोस् शिष्यले शिक्षा चोर्ने मात्रै सिकेपछि
कुरा उखानकै मान्दा पनि मह झिकेपछि
चाटिनु पर्दथ्यो हात घारै परन्तु चाटियो
मानेन लाज चाट्नेले बरू देख्ने लजाइयो ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x