साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनबहादुर भर्सेस् मनकुमारी

बिहे गर्नेताका जैसीगाउँका भैरे ज्योतिषीले मेरो र उसको चिना हेरेर यसो भनेको हिजैजस्तो लाग्छ । मेरै राशी भएकी चखेवीले हिजोआज तोरीको फूल देखाइरहेकी छ । बजिनीको बाउले भैरेलाई घुस ख्वाएको शङ्का लाग्यो मलाई ।

Nepal Telecom ad

भोजराज रेग्मी ‘मुखाले’ :

“एस्ता लफङ्गाको लहैलहैमा लागेर आफ्नो एउटो लर्के जोवान पनि उसै घर्केरै जाने भो !”- एकाबिहानको टीट्यामको शुभ मुहूर्त पारेर मनकुमारीले झोँकदोहोरी शुरु गरी ।

“तेसरी हेपेर नबोल् है लुम्री , ऐले भेट्टाउलिस् नि फेरि !”- मनेले पोइ हुनुको पोज देखाउँदै सिँगौरी खेल्यो ।

“समीक्षा र सावित्रीहरूको फेला नपरेको डाम्नो ! चौबीसैघण्टा मोबाइलमा झुण्डिएर कार्जे चल्दैन बाबै ! स्वास्नी सुमर्न नसक्नेले किन फकाउनू नि ?”- मनकुमारी पनि के कम, सिङ सोझ्याउँदै पुच्छर ठाडो पारेर जाईलागी ।

उहिलै- बूढीको बगाल राखेर अनि इन्द्रको ऐस चाखेर बाह्र गाउँ कहलाएका मानेमुखियाको नाति मन्तरे काजीको छोरो पो हो त मने पनि, स्वास्नी जैरीसँग किन डराउँथ्यो ! तिहारको पटकाजस्तै पड्कियो- “अफर चल्या बेलाँ भोकाएकी बिरालीजस्ती थिई, म्याउँम्याउँ गर्थी । मयाँसँगै दशा मिसिएर आएछ र खानेमुखैको माझैमा गोबरको ढिस्कोजस्तो भुत्लेकोठी भएकी भुइँचम्पासँग लहसिएर फ्लाइङ्गम्यारेज गरियो । ऐले आएर कुकुरले पनि नपाएको दुःख पाइयो ।”

“उस् !! हेर, हेर फुर्ती । मैले हरियो बत्ती नदेखाइदेको भए रातो बत्ती हेरेरै तिम्रो जिन्दगी जानेथ्यो । लौरो टेक्ने उमेराँ भेट्टाएकी गलगाँडे सेबेनहेन्ड पनि तिम्रा लागि अप्सरा हुनेथिई । ऐले बडो फूर्ती लाउँछौ !”

“तैँले उसबेलाँ हरियो बत्ती देखाइरस र त ऐले मैले हरिया दाँत देखाएर जोरीपारी हँसाउन पाको छु । धन्ये छ मेरो भाग्गेलाई ।“- मैले आफ्नै पुर्पुरोमा ८४ औँ पटके मुड्की हानेँ ।

ओथारोबाट निस्केको पोथीझैँ फत्फताउँदै थिई, एकैछिनमा कालो चिया ल्याएर अगाडि ट्यास्स पारी – “लु, सुर्क्याइस्यो । हरिया दाँतलाई दुखै हुँदैन ।”

“एउटै राशी भएका कन्या र कुमारको प्रणयबन्धन हुँदा चखेवा-चखेवीको जोडीजस्तै उदाहरणीय हुनेछ । कामदेव र रतीको जस्तै पिरती बस्नेछ । एकार्काको प्रेम- गान गाउँने छन् ।”

बिहे गर्नेताका जैसीगाउँका भैरे ज्योतिषीले मेरो र उसको चिना हेरेर यसो भनेको हिजैजस्तो लाग्छ । मेरै राशी भएकी चखेवीले हिजोआज तोरीको फूल देखाइरहेकी छ । बजिनीको बाउले भैरेलाई घुस ख्वाएको शङ्का लाग्यो मलाई ।

“फेरि टोलाउन पो लागे त बुढा । चिया पनि सेलाएर कोकाकोला भैसक्यो होला ।”- मनकुमारीले पानी छम्केपछि पो झल्याँस्स भएँ छु म त ।

०००
पेप्सीकोला, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x