साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फट्को मारेछ देशले

भित्रिन्छन् सुनका थैला, जता पर्दछ पायक अल्पिन्छन् बिच बाटामै, पुजिन्छन् धूर्त नायक । नजाने युग नै बित्छ, जान्ने बन्छ निमेषले पँहेलै हुनेभो माटो, फट्को मारेछ देशले !

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

यताबाट उता सर्ने, उताबाट यतातिर
दिनमा दुगुना मात्रै, रातमा चौगुना पिर ।

कहिले चङ्ख वेपारी, कहिले सन्त भेषले
हाँकिरहेछ यो बेडा, फट्को मारेछ देशले !

गलामा सुकिला माला, टीकाचन्दन धर्दछ
स्वार्थका वशमा पर्दै, छिनमै घात गर्दछ ।

हेर्‍यो सधैँ महासाधु, हिँड्छ सात्विक भेशले
लुट्दछ छिनमै हेर, फट्को मारेछ देशले !

धूर्तको आरती गर्दै, उसकै पाउ चाट्दछ
चिन्दैन असली साथी, छिनमै मत काट्दछ ।

चुचुरामा पुगेँ भन्दै, डङ्का मार्दछ बेसले
गफाडीको भयो अड्डा, फट्को मारेछ देशले !

पढी लेखी सिकेको त्यो, विदेशैतिर धाउँछ
गहुँ प्याज मकै आलु, पारिकै बढी आउँछ ।

बनीको अरवौँ लक्कु, पठाउँछ विदेशले
बसीखाने भए धेरै, फट्को मारेछ देशले !

जब ती चप्पले पाउ, सिङ्हमहल पस्दछन्
बोलेको बिर्सिने रोग, लागेर चुप बस्तछन् ।

सञ्जाल ढाकिने गर्छ, पार्टीत्याग प्रवेशले
घरैपिच्छे भए नेता, फट्को मारेछ देशले !

भित्रिन्छन् सुनका थैला, जता पर्दछ पायक
अल्पिन्छन् बिच बाटामै, पुजिन्छन् धूर्त नायक ।

नजान्नेको जुनी फोस्रो, जान्ने बन्छ निमेषले
पँहेलै हुनगो माटो, फट्को मारेछ देशले !

सधैँ दोधारमै हुन्छन्, न्यायका व्याख्यताहरू
भुटानी हो कि नेपाली, चिन्दैनन् नाइकेहरू

व्यवस्था फेरियो हाम्रो, अवस्था छ उतैतिर
नेताका हुलमा देश, छेलिने रैछ आखिर !

आचार या अनाचार, बुझ्दैनन् किन बेसले
भ्रष्टाचार भयो पेसा, फट्को मारेछ देशले !!

०००
इटहरी, सुनसरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x