साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तो पो त प्रजातन्त्र !

तपाईंले नित्य पुज्ने गरेका भगवानको मात्रै एकलौटी पेवा बनाउन पाइँदैन अब देशलाई आफ्ना भगवानलाई खोपीमा थन्क्याइदिएर समान भागबण्डा गरिदिनु पर्दछ सबैलाई !

Nepal Telecom ad

प्रमोद भट्टराई ‘प्रतीक’ :

हजुरबुवाले मलाई सुनाउनु हुन्थ्यो
सात सालमा प्रजातन्त्र आए’थ्यो अरे
अनि मात्र देशमा अमन चैन भएर
सुख र शान्तिको अनुभूति भए’थ्यो अरे !

उपलब्धिका गाथा सुनाउँदै गर्दाखेरी
मेरो बाल मनोविज्ञान प्रफुल्ल देखेर
हजुरबाको चेहरामा देखिन्थ्यो कान्ति
प्रजातन्त्र प्राप्तिको गौरव झल्किएर !

सायद अब मेरो पालो आएको थियो
हजुरबालाई गाथा सुनाउनु पर्ने थियो
तर वहाँको सौभाग्य मानौं वा दुर्भाग्य
न देख्न पाउनुभयो, न सुन्न पाउनुभयो !

वहाँ हुनुहुन्थ्यो भने अब म सुनाउने थिएँ
मैले भोगेको प्रजातन्त्रको अर्थ बुझाउने थिएँ
तपाईंको पालाको प्रजातन्त्र के प्रजातन्त्र ?
अहिलेको त झनै फराकिलो छ लोकतन्त्र !

लोकतन्त्रमा त दरबारबाट पाखा लाग्नुपर्छ
लोकतन्त्रमा त जङ्गलबाट दरबार पस्नुपर्छ
लोकतन्त्रमा तोडफोड र हड्ताल गर्न पाइन्छ
लोकतन्त्रमा खुलेआम भ्रष्टाचार गर्न पाइन्छ !

आफ्ना नाता गोता र आसेपासेहरु सबैले
उचित स्थान र सर्वोपरि सम्मान पाउँछन्
देउता र नेता एउटै हुन्, रिझाउनु मात्र पर्छ
गाउँमै बसेर सत्ताको स्वाद चाख्न पाउँछन् !

पाकाको संरक्षणमा लोकतन्त्र जोगाउनुपर्छ
यूवाहरू विदेश पलायन हुने बाटो खुलाउनपर्छ
विदेशी धनलाई स्वदेशमा प्रसस्त भित्र्याएर
शासकहरूको हैसियत मजबुत बनाउनुपर्छ !

तपाईंले नित्य पुज्ने गरेका भगवानको मात्रै
एकलौटी पेवा बनाउन पाइँदैन अब देशलाई
आफ्ना भगवानलाई खोपीमा थन्क्याइदिएर
समान भागबण्डा गरिदिनु पर्दछ सबैलाई !

लोकतन्त्रको मूल्य मान्यता नबुझ्नुको परिणाम
हजुरबुवाको सङ्कीर्ण मान्यता अब फेरिएको छ
लोकतन्त्रलाई आहारा बनाउने भक्षकहरुको लागि
लोकतन्त्र जोगाइदिन सबैले मरिमेट्नु परेको छ !!!

०००
कौशलटार, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फलामको पुच्छर

फलामको पुच्छर

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
नयाँ नेपालको दौड

नयाँ नेपालको दौड

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x