साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुचेष्टा

सधैँ भत्ता भन्दै सयतिर लिँदै देश लुट्छन् मिले सम्मन् खाने दशतिर घुमी प्याट्ट फुट्छन् फुटे ज्या है भन्दै कथित पछुतो गर्न पुग्छन् परी आए लड्ने न त छ अगुवा सक्न जुट्छन् ॥

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

सधैँ खाने खाने जति सब मिले दङ्ग पर्दै ।
सयौँ पीडामा छन् गरिबजन ती दुःख गर्दै ।
छ को सास्ती हेर्ने छलफल गरी दुःख हर्ने
बढे ब्वाँसा धेरै हतपत गरी पेट चिर्ने ॥१

ठुला ब्यापारीले कर सब छले देश रित्तो
स-साना ब्यापारी तलतल परे टेक्न खुट्टो
भयो खेती उस्तै कृषकजनको फल्छ थोरै
नयाँ राम्रो फल्ने न छ बिउ कुनै छाड्छ लत्तो ॥२

घट्यो आम्दानी नै मुलुक अहिले चल्छ के ले
बढे स्वार्थी नेता तलब सुबिधाबाट जेले
पर्‍यो गाँठो ठूलो कहर दुखको रुन्छ भित्र
कुरा गर्छन् ठूला मुलुक थलिँदा छैन मित्र ॥३

कुनै भन्छन् गान्धी म त हुँ अहिले धक्कु लाई
कुनै हुन्छन् माओ कथित अहिले पक्कु खाई
कुनै लेनिन्-वादी कथित अहिले दिक्क लाग्दा
कुरा काट्ने जान्ने पतित तलका देख्छु व्याधा ॥४

सधैँ भत्ता भन्दै सयतिर लिँदै देश लुट्छन्
मिले सम्मन् खाने दशतिर घुमी प्याट्ट फुट्छन्
फुटे ज्या है भन्दै कथित पछुतो गर्न पुग्छन्
परी आए लड्ने न त छ अगुवा सक्न जुट्छन् ॥५

भयो कर्ता कस्तो कुकुर र झिँगो मात्र भुक्ने
जता डाक्यो जाने मगज नहुने मात्र टोक्ने
यही बाटो लागे प्रगति कसरी हुन्छ केटा।
दुःखी मर्छन् ठाडै अवसर नभै छन् कुचेष्टा ॥६

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x