साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

नौलो शासक योग्य भन्नु कसरी, संस्कार उस्तै छ त्यो । सच्चा सेवक राम बन्दछु भनी, साँढे बनेझैँ भयो ।।

Nepal Telecom ad

केपी पाैडेल :

(सन्दर्भ : समकालीन सत्ता, शासन, शासक र शासित)

सौदा भाषण खेलको कपटको, बाढी अनौठो चल्यो ।
सत्ता शासन सान मान पदको, त्यो भागबन्डा भयो ।।
सिङ्गो देश समाज सर्व जनता, चाहे गुमोस् एकता ।
मोर्चा बन्दछ लाभका कहरले, त्याग्छन् बडा सभ्यता ।।-१

मूलीले खल कर्मको कुलतको, बाटो समात्यो भने ।
गर्लान् सन्तति उच्च चिन्तन कहाँ, आफैँ जँड्याहा बने।।
त्यस्तै चाल छ देशमा प्रमुखका, साह्रै खराबी भए ।
गर्छन् शिष्य सिको अनेक पथका, संस्कार त्यस्तै दिए ।।-२

मन्त्री सांसद मान्य छन् मुलुकमा, कर्ता र हर्ता नि छन् ।
नारा गर्जन मात्र छन् सदनमा, आदर्शले खोक्दछन् ।।
चल्छन् ती दलका विभिन्न मतले, सिद्धान्तका खोलले।
चुक्छन् ती व्यवहारमा दिनदिनै, उत्पातका चालले।।-३

गर्छन् शासन देशमा नकचरा, स्वामी बनी दुर्जन।
साह्रै दिक्क भए समस्त जनता,भत्क्यो यहाँ जीवन ।।
सम्झौता पद बाँडफाँड रमिता,जात्रा चल्यो बेसरी ।
कर्ता कर्म खराब छन् यदि भने, होला भलो के गरी ।।-४

चाहिन्नन् गुण योग्यता र क्षमता, पुग्छन् उँचो मानमा।
सेवा गर्न भनेर नाटक गरी, रम्छन् सयौँ काण्डमा ।।
सत्ता ढाल्न र प्राप्त गर्न जहिल्यै, लाग्छन् यता वा उता ।
छैनन् देश विकासका विधि कला, चर्क्यो झनै दासता ।।-५

मन्त्रीका सरकारका सदनका, उम्दा ठुला बात छन् ।
हाम्रा वीरहरू कठै सहिदका, उत्सर्ग को देख्दछन् ?।
नौलो शासक योग्य भन्नु कसरी, संस्कार उस्तै छ त्यो ।
सच्चा सेवक राम बन्दछु भनी, साँढे बनेझैँ भयो ।।६

०००
बट्टार, नुवाकोट हाल: बालाजु, काठमाडौं
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x