सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मान्छे

नौलो शासक योग्य भन्नु कसरी, संस्कार उस्तै छ त्यो । सच्चा सेवक राम बन्दछु भनी, साँढे बनेझैँ भयो ।।

Nepal Telecom ad

केपी पाैडेल :

(सन्दर्भ : समकालीन सत्ता, शासन, शासक र शासित)

सौदा भाषण खेलको कपटको, बाढी अनौठो चल्यो ।
सत्ता शासन सान मान पदको, त्यो भागबन्डा भयो ।।
सिङ्गो देश समाज सर्व जनता, चाहे गुमोस् एकता ।
मोर्चा बन्दछ लाभका कहरले, त्याग्छन् बडा सभ्यता ।।-१

मूलीले खल कर्मको कुलतको, बाटो समात्यो भने ।
गर्लान् सन्तति उच्च चिन्तन कहाँ, आफैँ जँड्याहा बने।।
त्यस्तै चाल छ देशमा प्रमुखका, साह्रै खराबी भए ।
गर्छन् शिष्य सिको अनेक पथका, संस्कार त्यस्तै दिए ।।-२

मन्त्री सांसद मान्य छन् मुलुकमा, कर्ता र हर्ता नि छन् ।
नारा गर्जन मात्र छन् सदनमा, आदर्शले खोक्दछन् ।।
चल्छन् ती दलका विभिन्न मतले, सिद्धान्तका खोलले।
चुक्छन् ती व्यवहारमा दिनदिनै, उत्पातका चालले।।-३

गर्छन् शासन देशमा नकचरा, स्वामी बनी दुर्जन।
साह्रै दिक्क भए समस्त जनता,भत्क्यो यहाँ जीवन ।।
सम्झौता पद बाँडफाँड रमिता,जात्रा चल्यो बेसरी ।
कर्ता कर्म खराब छन् यदि भने, होला भलो के गरी ।।-४

चाहिन्नन् गुण योग्यता र क्षमता, पुग्छन् उँचो मानमा।
सेवा गर्न भनेर नाटक गरी, रम्छन् सयौँ काण्डमा ।।
सत्ता ढाल्न र प्राप्त गर्न जहिल्यै, लाग्छन् यता वा उता ।
छैनन् देश विकासका विधि कला, चर्क्यो झनै दासता ।।-५

मन्त्रीका सरकारका सदनका, उम्दा ठुला बात छन् ।
हाम्रा वीरहरू कठै सहिदका, उत्सर्ग को देख्दछन् ?।
नौलो शासक योग्य भन्नु कसरी, संस्कार उस्तै छ त्यो ।
सच्चा सेवक राम बन्दछु भनी, साँढे बनेझैँ भयो ।।६

०००
बट्टार, नुवाकोट हाल: बालाजु, काठमाडौं
मोबाइल नं. ९८४१७५८१८४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमा

आमा

के.पी. पाैडेल
मेरो छ है स्वागत

मेरो छ है स्वागत

के.पी. पाैडेल
आयो वसन्त किन हो बहुतै रमाई

आयो वसन्त किन हो...

के.पी. पाैडेल
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल