साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोली हजुरको

हाम्रो भन्नु सबै हजुरकै भएको छ हामीलाई कहाँ हो र सम्पत्ति चाहिने ।

Nepal Telecom ad

एम्.पी. कियरलेस :

मौसमनै आएन यस्तो तिमी चाहिने
छैन यहाँ कसैलाई नानाथरी चाहिने ।

सरकारसँग लड्नु छ, कृष्ण कहाँ होला ?
आफ्नासँग लड्दा हो सारथी चाहिने ।

खस्रो ढुंगामा चिप्लिन्छ, बोली हजुरको
खास मेरो बोलीलाई हो नौनी चाहिने ।

आजभोलि मन पनि दुख्दैन नि मेरो
उहिले हो मिठो मिठो बोली चाहिने ।

फकाउन जानेको छु बिन्द्रावनलाई मैले
राधा रिसाइन् भने हो बाँसुरी चाहिने ।

हाम्रो भन्नु सबै हजुरकै भएको छ
हामीलाई कहाँ हो र सम्पत्ति चाहिने ।

ऊ आएको त आफ्नै कारणले हो
यहाँ कसलाई छ र ? एम पी चाहिने ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x