साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माग्दैछ ऊ दाइजो

पुत्री पुत्र विभेद गर्न नहुने व्याख्या उसैको हुने छोराको मृदु आसमा दस बढी छोरी त जन्माउने । “हट्नै पर्दछ दाइजो अब” भनी नारा लगायो हिजो । “धेरै पर्छ दिनू” भनेर अहिले माग्दैछ ऊ दाइजो ।

Nepal Telecom ad

भानुभक्त कुभिण्डेली :

मान्छेको व्यवहार चाल र कुरा पर्गेल्न गाह्रो भयो ।
राम्रो बोल्दछ किन्तु गर्छ कसरी सिद्धान्त थारो भयो ॥
नारीको हक हित निम्ति जहिले गर्दैछ ऊ भाषण ।
आफ्नै जीवनसङ्गिनी दमन वा गर्दैछ ऊ शोषण ॥

अर्काको ऋण खान्छ तिर्न नसकी जग्गा धितो हान्दछ ।
बाबाको धनमा छ मोज उसको पालेँ बुबा भन्दछ ॥
राम्रो नैतिक ज्ञान बाँड्छ जसले मान्छे उही भ्रष्ट छ ।
मान्छे पण्डित भन्छ किन्तु मदिरा तान्ने कुरा प्रष्ट छ ॥

सारा जात समान हो मनुजको भन्दै फलाक्ला तर ।
खाँदा छेउ मिजार नै यदि पुगे ऊ सर्छ केही पर ॥
आफ्नो गेह समीप मार्ग नजिकै दुर्गन्ध नै पार्दछ ।
कोही प्याच्च थुके त्यही सडकमा झाँको ठुलो झार्दछ ॥

पुत्री पुत्र विभेद गर्न नहुने व्याख्या उसैको हुने
छोराको मृदु आसमा दस बढी छोरी त जन्माउने ।
“हट्नै पर्दछ दाइजो अब” भनी नारा लगायो हिजो ।
“धेरै पर्छ दिनू” भनेर अहिले माग्दैछ ऊ दाइजो ।

०००
भद्रपुर-१०, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र आयो भन्छन्

गणतन्त्र आयो भन्छन्

भानुभक्त कुभिण्डेली
कसले के बिराए ?

कसले के बिराए ?

भानुभक्त कुभिण्डेली
मनको प्यास

मनको प्यास

भानुभक्त कुभिण्डेली
डस्नेहरू छन् यहाँ

डस्नेहरू छन् यहाँ

भानुभक्त कुभिण्डेली
भोकै बस तिमी बरु

भोकै बस तिमी बरु

भानुभक्त कुभिण्डेली
भाने ! तँ लेख्दै नलेख्

भाने ! तँ लेख्दै...

भानुभक्त कुभिण्डेली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x