सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आफ्नो डम्फु आफै बजाउन थालेँ है

गाउँभरि हल्लै होला मैले उसको आह्रिस गरेँ भन्ने । कि अबदेखि तँ साहित्यिक कार्यक्रममा नजालास् भनी धम्की दिउँकि भन्ने पनि सोच्दैछु । तर त्यसो गर्नुत हो भने ता मेरो जगटा नछरेला भन्ने के ग्याराण्टी छ र ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

आफ्नो आफ्नो डम्फु आफैले नबजाउनु भन्ने उखान भनुँ कि डायलग भनुँ सानामा आमा-बाबा, सर, गुरुमाको मुखबाट सुन्ने गर्थेँ । उनीहरूको कुरामा लागेर मैले जीवनभरि आफ्नो डम्फू आफै बजाउने न कोशिश गरेँ, न त रहर नै । तर हिजोआजको समयमा आफ्नो डम्फू आफैले नबजाएर अरुले बजाइदिने होइन भन्ने कुरो बुझ्न थालेकी छु ।

मैले आफ्नो डम्फू आफै बजाएँ भनेर गाउँभरि कुरा होलान् । मेरो गिल्ला गर्लान् वा मेरो धोती धुलान् । आ… जेसुकै गरुन् मलाई कसैको वास्तै छैन । आखिर यो गाउँ शहरमा जे गरे पनि कुरा हुने नै हो । खोइरो खन्ने नै हो । अझ स्पष्टै भनुँ भने मेरो ब्याकबाइटिङ हुने नै हो । पिठ्यूँपछि जति नै ब्याकबाइटिङ गरे पनि मलाई बाह्र हातको टाङोले छुने होइन क्यारे । मुख सामु आएर तेरो यो भएन, तेरो त्यो भएन, तैँले यस्तो गरिस् तैँले उस्तो गरिस् भन्ने आँट सायद यमराजको पनि नहोला । सारै सारै पर्‍यो भने यमराजले स्वीत्तै टिपेर लैजालान् तर यमराजले तपाईं हामीजस्तो न कसैको ब्याक बाइटिङ गर्छन् नै खोइरो नै खन्छन् ।

जे होस्, हिजोआज आफ्नो डम्फू आफैले बजाउन थालेको छु । मलाई हेर्दा शान्त सोझो देखे पनि अरुले गरेको उन्नति सहन नसक्ने प्राणी हुँ । मलाई पनि कविता लेख्न मन लाग्छ । स्टेजमा माइक्रोफोन समातेर नाँच्दै गाएर प्रशंसा बटुल्नु मनपर्छ । राजनीतिमा झुण्डेर विशाल जुलूसमा नारा भट्याउने नाइके भएर हिँड्नु मन लाग्छ । राजनीतिक मञ्चमा घोक्रो फुटिञ्जेल भाषण दिएर पब्लिकको स्याबासी लुट्न मन लाग्छ । मैले कोशिस नगरेकी होइन । छेउछेउमा पुग्छु तर मेरो अर्काको चियोचर्चा, अर्काको खोइरो खन्ने बानी हुनाले म सागर नजिकै पुगेर पनि आफ्नो तिर्खा मेट्न सक्दिनँ ।

मैले गीत नगाएकी पनि होइन । कुनै तालिम छैन… सरगम ज्ञान छैन । अरुले गाएको सुनेकै भरमा गीत गाउन थालेकी हुँ । शुरुशुरुमा ग्रुपमा गाएँ… ग्रुपमा त जसोतसो गाउँदा पनि हुँदोरहेछ । कुनै कुनै बेला ग्रुपमा अरुले गाउँदा उनैको सहारामा ओँठ हल्लाएर पनि स्टेज गायिका भएँ भन्ने एक किसिमको धाक देखाउन थालेकी थिएँ । एकदिन एक्लै गाउने हुँदा सुर नमिलेर माइक छोडेर जौँ कि गीत सकेर मात्रै जौँ भन्ने भएको थियो । दर्शक दीर्घामा पछिल्लो पट्टि बस्ने तन्नेरी दर्शकहरू एई भयो तेरो… जा.. निस्की… भनेर मलाई कम्ति लाजमर्दो पारेको होइन । तर म आफूलाई भयङ्कर गाइदिएँ भन्ने घमण्ड थिँदै थियो । पछि पछि त मलाई कुनै पनि कार्यक्रममा ग्रुपसँग बाहेक एक्लो गाउने मौका कसैले दिएनन् । यसोसले मैले गाउन छोडी दिएकी हुँ ।

गाउँका साथी युवा भाइ बैनाहरूले कविता लेखी साहित्यिक कार्यक्रमतिर कविता वाचन गरेको म देखी नसहने नारी । मेरो पाला पनि कनीकुथी कविता लेख्न थालेँ… तर कहिले छापिदिएनन् सम्पादकले न त कुनै कवि गोष्ठीतिर कविता पढ्ने चान्स नै दिए । कविता लेख्नु पनि छोडिदिएँ । त्यसपछि राजनीतिमा केही नाप्छु पनि राजनीति पनि गरेँ । राजनीतिमा एक सा एक नेत्रीहरू सामु जहिले पनि म भिजेको बिरालोझैँ भएर बस्नुपरेकीले राजनीतिबाट पनि पन्छिएँ ।

सत्य कुरा, म कतै पनि टिक्न सक्दिनँ । किनभने मलाई अर्काको खोइरो खन्ने बानी लागेको छ । यताको कुरा उता, उताको कुरा यता गर्ने एडिक्ट नै भएको छ हिजोआज मलाई । खासमा मलाई मान्छेलाई चम्काउनु साह्रै आनन्द लाग्छ । कुरा खोतलेर त्यो फेरि सुनाइदिनु जस्तो मज्जा अरु केही लाग्दैन ।

मैले सरकारी नोकरी पाइसकेकी नि । त्यहाँ पनि कुरा यता उता गर्ने हुँदा म आफै नै लुतो लागेको कुकुर जस्तो भई एक कुनामा थन्किरहेकी छु ।

मेरो कुनै क्वालिटी छैन भन्ने मलाई थाहा छ । तर तपाईंहरू मान्नुहोस् कि नमान्नुहोस्… कुरा लाउनमा म जस्तो गाउँमा एक्सपर्ट कोही छैन भन्ने आफैलाई गर्व लाग्छ । कुरा लाउनु र कुरा लिनुमा, आगोमा घिउ हाल्नु चाहिँ मलाई गाउँमा कसैले भेट्दैन । गाउँको साथी साहित्यिक कार्यक्रममा गएर कविता वाचन गरेको देख्दा मलाई खपिनसक्नु हुन्छ । तर गर्ने के ? उपाय नै छैन । मलाई रिस उठ्छ गाउँका साथीहरूलाई साहित्यिक कार्यक्रमतिर देख्दा । म आफैँ मुरमुरिन्छु । अनि किन चाउरिस् मरिच आफ्नै रागले भनी चाउरी परेर रिसलाई हकार्दै उसको स्टेटसमा उसलाई रिस उठाउने कुरा लेखेर सन्तोक मान्छु । तर उसलाई भने बाह्र हातको टाङोले पनि नभेटेको देख्दा मोबाइल नै धुरी कट्टाइदिउँकि भन्ने पनि सोँच्छु । तर सानु रिसले मोबाइल कट्टाएर के गर्नु । नोक्सान त आफैँलाई हुने हो ।

मेरो वस चले त मेरो गाउँको साहित्यिक साथीलाई अबदेखि साहित्यिक कार्यक्रमतिर नगई देऊ न प्लिज भनुँ कि भनी खुट्टा ढोगुँ कि भन्दैछु । तर त्यसो गर्नु पनि राम्रो होइन… गाउँभरि हल्लै होला मैले उसको आह्रिस गरेँ भन्ने । कि अबदेखि तँ साहित्यिक कार्यक्रममा नजालास् भनी धम्की दिउँकि भन्ने पनि सोच्दैछु । तर त्यसो गर्नु त हो भने ता मेरो जगटा नछरिएला भन्ने के ग्यारण्टी छ र ।

खै अर्काको आह्रिस ईर्ष्या गर्ने यो बानी कसरी मलाई लाग्यो लाग्यो… !!

०००
जलपाईगुडी (भारत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाइन

लाइन

नगिता लेप्चा राई
मुड

मुड

नगिता लेप्चा राई
ब्याकबाइटिङ् क्विन

ब्याकबाइटिङ् क्विन

नगिता लेप्चा राई
झिल्के पण्डित

झिल्के पण्डित

नगिता लेप्चा राई
(बी)३ = बी क्यूब बडा

(बी)३ = बी क्यूब...

नगिता लेप्चा राई
डगी

डगी

नगिता लेप्चा राई
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे