साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश खानेहरूका कथा

कोही उडेर आए कोही गुडेर आए भित्रै पसेर खाए खाए डकार लाए छन् उत्तरी दिशाका छन् दक्षिणी दिशाका आवास छन् उनैका उच्चा अहा सिसाका ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

आए अनेक मान्छे नाता बिनेर आए
बाबा दया करेगा झोला भरी गराए
पार्टी यहाँ चलाए पोको ठुलो बनाए
बोको बढेछ साह्रै बित्यास भो गन्हाए ।

खाली लिएर लोटा गम्छा भिरेर आए
नाता यहाँ बढाए ती ज्वाइँ बन्न आए
आमा दिदी बनाए छन् भाइ मित्र साथी
कुम्लो ठुलो बनाए भागे लिएर राति ।

ठेक्का लिने उनै छन् बट्टा लिने उनै छन्
सट्टा लिने उनै छन् कट्टा लिने उनै छन्
लत्ता भिरेर आए पत्ता यहाँ लगाए
जथ्था लिएर आए सत्ता लुटेर खाए ।

सोझा सिधा समाए लाटा चुटी लखेटे
बैना दिएर ऐना त्यो काइयो र पोते
खोक्रो यता बनाए बोक्रो यता छ बाँकी
धोक्रो ठुलो बनाए थोत्रो यता खलाँती ।

किन्दा गरेछ नाफा बेच्दा गरेछ नाफा
रित्तै यता पसेको साँची रहेछ साफा
बाँकी रहेन बस्ती साँच्चै भए अगस्ति
जो जो यहाँ पसेका बस्थे कहाँ र अस्ति ।

कोही उडेर आए कोही गुडेर आए
भित्रै पसेर खाए खाए डकार लाए
छन् उत्तरी दिशाका छन् दक्षिणी दिशाका
आवास छन् उनैका उच्चा अहा सिसाका ।

छन् साधु सन्त कोही ढोँगी यहाँ अनन्त
आफन्त छन् यिनैका सन्तान छन् दिगन्त
पस्ने यहाँ बढेका रैथान ती हराए
हावा यता लगाए नेपाल लाग्छ खाए ।

०००
हाल- बैजनाथ गा पा वार्ड न १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x