साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकार छन् (२)

बोलेको बुझिँदैन भाषण भने सम्भाष बेकार छन् खोजेमा अधिकार मात्र जहिल्यै कर्तव्य बेकार छन् । आम्दानी अनुसार खर्च नगरे हुन् मूर्ख बेकार छन् साँचेको ढुकुटी निखार्न कसिए मस्तिष्क बेकार छन् ॥

Nepal Telecom ad

हृषीकेश बराल :

आफ्नो मूल्य र मान्यता भुलिदिने व्यक्तित्व बेकार छन्
मान्छे मानवता पृथक् नबुझिने सोचाइ बेकार छन् ।
शिक्षा ज्ञान विवेक शिल्प नहुने मानुष्य बेकार छन्
हाँसो आँसु बनावटी यदि गरे ढोँगी त बेकार छन् ॥६

बिर्से गर्न परोपकार नरले उद्धार बेकार छन्
मागे मात्र विकास हुन्छ भनिने नेतृत्व बेकार छन् ।
साह्रै नीच हराम पण्डित भए पाण्डित्य बेकार छन्
बिर्से श्राद्ध पिता दिवङ्गत हुँदा संस्कार बेकार छन् ॥७

पालेका पशुबाट आय नबढे ती जन्तु बेकार छन्
विद्या आर्जनमा विवेक सकिए दीक्षान्त बेकार छन् ।
विद्या ज्ञान दया विवेक नभए ऐश्वर्य बेकार छन्
पापी उच्च पदस्थ मानिस हुँदा सम्पूणर् बेकार छन् ॥८

बोलेको बुझिँदैन भाषण भने सम्भाष बेकार छन्
खोजेमा अधिकार मात्र जहिल्यै कर्तव्य बेकार छन् ।
आम्दानी अनुसार खर्च नगरे हुन् मूर्ख बेकार छन्
साँचेको ढुकुटी निखार्न कसिए मस्तिष्क बेकार छन् ॥९

त्याग्छन् राष्ट्रियता नराधमहरू धिक्कार बेकार छन्
अर्ती हीन कथा निबन्ध कविता साहित्य बेकार छन् ।
आफ्नै मौलिक सभ्यता विधि भुले मान्छे त बेकार छन्
श्रद्धा प्रेम दया विवेक नभए भातृत्व बेकार छन् ॥१०
क्रमशः

०००
पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x