साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लतार्ने पार्टी !

कसैको दाँतका जरा चुँडाउँछु कसैको जिउमाथि पाङ्ग्रो गुडाउँछु नेतालाई समेत कात्रोमा बेर्छु, दाइ आजै बेरेँ नि ! अब यो पार्टी सिद्धियो, अैलेबाट अर्को फेरेँ नि !

Nepal Telecom ad

अनिल पाैडेल कीर्ते:

अस्तिसम्म राजनीति खराब हो
साँच्चै यो त सराब हो भनेको सुनेको
नेता जति सबैको खोईरो खनेको सुनेको
तर खै के चाख्न पायो
यौटा चैँ ठीकै हो भन्न थाल्यो
बाँकि सबै पालैपालो खराब भन्दै गन्न थाल्यो
मासु भेटेछ, भात भेटेछ, दारु खाने धोको मेटेछ

लाग्थ्यो…सोझो थियो, सोझै छ, फट्याइँ यसले जानेकै छैन
खासै केही बिग्रेको छैन कसैको मुखमा हानेकै छैन
आज त कमिसनको पाँच हजार तानेँ भन्दै आयो
मनपरी बोल्दै दाइ आज फलानालाई हानेँ भन्दै आयो

बाउआमालाई ढुक्कै खेतबारी खनाउन थालो
के खान्छ, के पिउँछ कुन्नी ! श्वास बेजोड गनाउन थालो
कुरा गर्ने ढङ्ग छैन ठेगान छैन बोलीको
प्रचण्डको भन्थ्यो अस्ति ऐले भन्छ ओलीको
मार्क्स, एङ्गेल्स भट्याउँछ, सोधेँ: के फरक छ यी दुईमा ?
भन्छ: यौटा जन्म्यो गुन्द्रीमाथि, अर्को फ्याट्ट भुईँमा

लेनिनलाई बढाबा भन्छ, स्टालिनलाई मामा
हिलारी क्लिन्टन फूपुसासु, विद्या भण्डारी आमा
सबैलाई साइनो लाउँदै भन्छ, नयाँ कदम चालेको
अैलेसम्म म्याउवादी थिएँ, अब एमालेको
झगडा, लफडा केही नगर, नगर कुनै काम गाल पाउने
भन्छ: त्यत्तिकै यो ज्यानको तागत कसरी समाजले चाल पाउने ?

पाखुरा, तिघ्रा बढे उसका, अरूलाई यसैमा डर छ
नेतै मसँग डराउँछ, मलाई कसको डर छ ?
जता दाम झार्न पाइन्छ, जता झ्वाम पार्न पाइन्छ
म त्यै पार्टीको जता टन्न लतार्न पाइन्छ
ठोक्न पनि मै चाहिन्छ, बोक्न पनि मै
टोक्न पनि मै चाहिन्छ, रोक्न पनि मै
पाखुरामा बल छ, जो नि त्यसै ढल्छ
ढालेर प्रमाण देखाएपछि राजनीति उर्बर चल्छ ।

कसैको दाँतका जरा चुँडाउँछु
कसैको जिउमाथि पाङ्ग्रो गुडाउँछु
नेतालाई समेत कात्रोमा बेर्छु, दाइ आजै बेरेँ नि !
अब यो पार्टी सिद्धियो, अैलेबाट अर्को फेरेँ नि !

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x