साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुटकाे खेती

ढाँटकाे खेती चम्कन्छ लम्कन्छ धक धक्धक आँखामा पेटी बाँधेका जनता रहँदा तक । असत्य सत्य हुँदैन बारम्बार रटे पनि खुवाइ स्वार्थको चास्नी केही संख्या घटे पनि ।।

Nepal Telecom ad

रामप्रसाद अर्याल अविराम :

झुटाे बाेलाैं झुटै पाेलाैं झुटकै दरकार छ
झुटाे बाेले मिठो मिल्छ झुटकै सरकार छ ।
भुसुना च्याप् छाेपेर भनाैँ बाघ खाेपाे थुने
भट्टीकाे जल धाेँकेर मुख अमृतले धुने ।।

भाेटाे कछाड टालेर घाक दिऊँ जकेटकाे
उडाइ फिर्फिरेलाई शान दिऊँ रकेटकाे ।
भिक्षापात्र लिइ रित्ताे मागाैँ देश विदेशमा
छात्रलाई दिऊँ शिक्षा भरिपूर्ण छ देशमा ।।

चुनावी खेलमा ढाँटे साटे कपट लम्पट
निल्न बन्दैछ अप्ठ्यारो संघ भल्लुक कम्पट ।
निस्के विरोधमा र्याली मित्रभाव क्या शान छ
चिप्लो घसीघसी बाेलाैँ हजुर्काे जयगान छ ।।

एकाध शीतका थाेपा झर झारेर तप्तप
भन्दिऊँ कविगाेष्ठीमा मै हुँ साहित्य साधक
लगानी हुन्छ आफैकाे पुरस्कार उ पाउँछ
सम्मानित भएँ भन्दै ढाेल पिट्न लगाउँछ ।।

प्वाल पारेर डुङ्गामा भन्छ नदी म तार्दछु
निर्जन हुनगाे गाउँ सानो स्वर्ग उतार्दछु ।
आँसु पुच्छु सधै भन्छ छुरा राेप्छ थरीथरी
विकासे ढाँटकाे स्वप्न पूरा हाेला कसाेगरी ।।

रडाकाे छ ठूलो डाकाे असत्यकाे बजारमा
ढाँटिदै ठगिदै आयाैँ सत्य बाेल्ने हजारमा ।
साधुकाे भेषमा गाए शिवं सत्यं र सुन्दरम्
धर्मको मर्म बिर्सेर देश खाए त के गरम् ? ।।

ढाँटकाे खेती चम्कन्छ लम्कन्छ धक धक्धक
आँखामा पेटी बाँधेका जनता रहँदा तक ।
असत्य सत्य हुँदैन बारम्बार रटे पनि
खुवाइ स्वार्थको चास्नी केही संख्या घटे पनि ।।

अरुलाई सधैँ ढाट्छ आफैलाई कसाे गरी
ढाँटु म कसरी भन्छ साेचिरन्छ सधैंभरी ।
खुलेमा स्वार्थकाे पर्दा नाङ्गिने छ त नाङ्गिन
तबसम्म ढाँटकाे खेती झाँङ्गिने छ त झाँङ्गिन ।।

०००
पाल्पा
२०८१ ।३ ।२६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
चुपचाप

चुपचाप

रामप्रसाद अर्याल ‘अविराम’
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x