साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अष्ट महानाग

हाम्रो यो थलमा यहाँ मुलुकमा, बढ्दै गयो सङ्कट। मान्छे भ्रष्ट भएर जोकर बन्यो, देऊ निया कर्कट ।।

Nepal Telecom ad

के.पी.पौडेल :

जागून् नाग अनन्त कर्कट सबै , ती पद्म औ तक्षक।
राजा वासुकि नाग हुन् भुवनका, संसारका रक्षक।।
भन्छन् शङ्ख कुलीर ईश सरि छन्,अर्का महापद्म छन्।
यस्ता रक्षक अष्ट नाग सब ती, पातालमा रम्दछन्।।-१

हाम्रो यो थलमा यहाँ मुलुकमा, बढ्दै गयो सङ्कट।
मान्छे भ्रष्ट भएर जोकर बन्यो, देऊ निया कर्कट ।।
डाँका दुष्ट दलाल उग्र मनुवा, बन्दै गए भक्षक।
अाऊ डस्न डटेर झट्ट पनले, जागा बनी तक्षक।।-२

गर्छौ शासन नाग वासुकि तिमी, अाफनो गणैमा बसी।
देऊ दण्ड दलाल भ्रष्ट खलमा, आभा दिनेछन् शशी।।
अाज्ञा पालन गर्न नाग गणमा, सल्लाह उम्दा बनोस्।
राजा वासुकि अष्ट नाग सबका, चर्चा अझै फैलियोस्।।-३

धेरै कष्ट विलाप झाँगिन पुग्यो, नेपाल यो देशमा।
आऊन् शङ्ख अनन्त पद्म थलमा, ती रुद्रको भेषमा।।
छड्के जाँच कुलीरले गरिरहुन्, भन्छन् महापद्मले।
जाली नास्तिक पातकी नकचरा, गिर्छन् सबै छद्मले।।-४

हाम्रा नायक उच्च शासकहरू, शार्दूल बन्दै गए।
मान्छेमा सब जीव जन्तु भवमा, जाग्यो नराम्रो भय।।
यस्तो कष्ट दशा र चोट थलमा, बढ्दैछ यो बेसरी।
जागून् रक्षक नागराज बहुतै, ह‍ोलान् खुसी श्रीहरि।।-५

०००
बालाजु,काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x