साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता मत्ता गज

सेना भ्रष्टै पनि यदि भए दर्जनैभित्र होला बस्तीपिच्छे सय सय जना चुस्न ता हुन्न होला ठोकौँ ठोकौँ डङ डङ गरी साथ तिम्रो छ देश जे जे भन्नन् मतलब नहोस् स्वार्थ खोज्छन् विदेश ॥

Nepal Telecom ad

रमेश खकुरेल :

केही मान्छे असल पनि छन् जेसुकै स्थानमा हुन्
ती खेदिन्छन् लटपट गरी चङ्ख नै सामु हुन्छन्
जो छान्ने हुन् अबुझ जनता दुष्ट नै छान्न पुग्छन्
आफै छान्छन् पछि ठगिन गै धिक् भनी फेरि रुन्छन् ॥१

सेना आओस् पनि यदि भने झन् ठुलो दुःख हुन्छ
संसारैमा कुन मुलुकमा के भयो सामुमै छ
सत्तासाथै जब अझ बली अङ्कुसे सामु हुन्न
कल्ले सक्ला मन कुपथमा जान थामेर रोक्न ॥२

सत्ता मत्ता गजसरि बुझौँ अङ्कुसे रोक केही
आफै जानी असल जन भै बस्न सक्तैन कोही
डण्डा ठोक्ने सबल जनता भै बसेमा सचेत
पक्कै लाग्छन् सुपथतिर यी दुष्ट नेता समेत ॥३

भन्ने ठान्थेँ तर अति भयो दुष्ट यी सुध्रिएनन्
लाटा सोझा विकल जनका दुःख केही घटेनन्
थाक्यो मेरो मन पनि कठै हुन्छ भन्दै सुधार
जे जे होला अब बदलियो सोचको पूर्ण धार ॥४

आऊ सेना मुलुक नधसोस् झन् अझै गर्तभित्र
नेपालीका घर घर पसी फेर्नु पर्ने छ चित्र
भ्रष्टाचारी ठग चुनिचुनी ठोक्नु नै पर्छ गोली
देख्ता देख्तै पनि चुप रहे सुन्नु पर्नेछ भोलि ॥५

सेना भ्रष्टै पनि यदि भए दर्जनैभित्र होला
बस्तीपिच्छे सय सय जना चुस्न ता हुन्न होला
ठोकौँ ठोकौँ डङ डङ गरी साथ तिम्रो छ देश
जे जे भन्नन् मतलब नहोस् स्वार्थ खोज्छन् विदेश ॥६

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x