साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

सभामा अड्डामा सदनतिरमा सङ्गठनमा । हजारौँ बाठाका जमघट भए यो मुलुकमा ॥ लुते सेते काले खुसुखुसु गरी नायक भए । यही पारा चल्दा युवक युवती बाहिर गए ॥

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल जस्ताघरे :

(समस्याः बाहिर गए)
युवाजत्था हाम्र नगरतिरका गाउँघरका ।
अझै पाखा कान्ला धुर विकटका दूर थलका ॥
दशा चिन्ता झेल्दै पर मुलुकमा अल्झिन गए ।
नयाँ खाका कोर्दै युवक युवती बाहिर गए ॥

नदी खोला झर्ना भव सगरमा छाल थपियो ।
यहाँ सेता अग्ला हिमशिखरमा कम्पन बढ्यो ॥
झरी वर्षा आँधी विचलित भई मच्चिन पुगे ।
निराशा थोपर्दै युवक युवती बाहिर गए ॥

वधू दादा बाबा सुत हजुरबा भाइ बहिनी ।
दिदी काका काकी अनि हजुरमा मातृ जननी ॥
सबै छन् आशामा सकल घरका आश्रित भए ।
चुलो मेसो धान्ने युवक युवती बाहिर गए ॥

यहाँ राम्रा मान्छे असल गुणका फ्याँकिन पुगे ।
सयौँ हाम्रा मान्छे कुटिल मनका लायक बने ॥
बने सर्वेसर्वा प्रतिनिधि बने शासक बने ।
अनेकौँ कुण्ठाले युवक युवती बाहिर गए ॥

सभामा अड्डामा सदनतिरमा सङ्गठनमा ।
हजारौँ बाठाका जमघट भए यो मुलुकमा ॥
लुते सेते काले खुसुखुसु गरी नायक भए ।
यही पारा चल्दा युवक युवती बाहिर गए ॥

गरी आलोपालो मन मगजमा खेल रचिए ।
लिसो जस्तो बन्दै पद र धनमा टाँसिन पुगे ॥
डुबे डुब्छन् रैती अधमपनका चिन्तन बने ।
रुँदै छाँदो हाल्दै युवक युवती बाहिर गए ॥

०००
वि.न.पा.-४, बट्टार, नुवाकोट ।
हालः का.म.न.पा.-१६, बालाजु, काठमाडौं ।
मोबाइल नं.- ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x