साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म बिकेको कथा

यस्तो छ है मेरो म बिकेको कथा साल, सिसौ जस्तै छ मेरो पनि व्यथा ।

Nepal Telecom ad

डा. ऋषभ गौतम :

सयौँको भीड र औजार छन साथमा
कसैको करौँती, खुकुरी छन हातमा ।

‘गर्ल्याम गर्ल्याम’ ध्वनिले मनै थरर भो
साल, सिसौ, खयर कुनै नबच्ने जो ।

त्यहीँ बीच अडिग थियो बूढो एउटा रुख
घोत्लिएर उसलाई हेर्दा हँसिलो थियो मुख ।

वरिपरि अरु सबै काटिएको भेट्दा
‘किन?’ भन्ने प्रश्न उब्ज्यो विचित्रता देख्दा ।

बूढो रुखलाई प्रश्न सोधेँ, “तिमी किन बच्यौ ?”
यत्रा वर्ष बाँचिकन इतिहास रच्यौ ।

प्रतिउत्तर उसले दियो, “काम नलाग्ने भएर”
नत्र रेटिइ मर्न पर्थ्यो पीडा ठूलो सहेर ।

उत्तरमा उसले थप्यो बेकामी छु म त
न त काठ राम्रो मेरो न त कुनै फल ।

बजारको मोलतोलमा मेरो वाहवाह छैन
त्यसैले त निर्भीक छु, कुनै पर्वाह छैन ।

बूढो रुखको कुरोले भएँ म झसङ्ग
क्याम्पसको डिग्री सोहोर्दै पर्थेँ म दङ्ग ।

बजारको मोलतोलमा आफ्नो भाउ बढाउन
पछि परिनँ चाप्लुसीको बिन्ती चढाउन ।

थुपारिँदा सर्टिफिकेट छाती मेरो फुल्थ्यो
“बजारमा बिकूँ” भन्ने यही ठूलो भूल थ्यो।

बिक्ने जति सबैलाई सिध्याउने रैछन्
व्यापारीलाई काम नलाग्ने जति सबै सही छन् ।

लोसे आयोगहरू लाग्छन माझीदाइ जस्तो
टुप्पोमा प्रश्न राखी फाल्छन जाल सस्तो ।

त्यही प्रश्न क्वाप्प खान दिएँ उत्तर भारी
नाम निस्क्यो, जालमा परेँ, म कर्मचारी ।

यस्तो छ है मेरो म बिकेको कथा
साल, सिसौ जस्तै छ मेरो पनि व्यथा ।

बन्न सकिनँ ठूलो बूढो रुख जस्तो म
रुख देखाउँदै छोरोलाई भन्छु, “नबिक्नु है तँ” ।

०००
जिल्ला अस्पताल, रोल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x